Prakash Lama
San Jose, CA
चूनाब अघिका धूस्रे फूस्रे
आज चिल्ला भएछन्
भोट लिने चिल्ला भएछन्
भोट दिने चिल्लै परेछन्
छोटो कोट फाटेको जुत्ता
नमस्कार गर्दै घर घर आउॅथे
जनताका गीत गाउॅथे
राम्रै सम्झी भोट दिए
आखिर यो त
कान चिरे को जोगी पो परेछ
चुनाव अघि धूस्रे फूस्रे
आज चिल्ला भएछन्
चुनाव अघि दाउरे चाउरे
आज कस्तो फुलेको
भुॅडी हेर्दा घ्याम्पो जत्राे
गाला कत्रो फुलेको
खानु ….खाए………….
७२ सालको राहत खाए
३३ किलो सुन खाए
लौडा खाए,वाइड बड़ी खाए
कोसी खाए ,महाकाली खाए
मेलम्ची खाए ,कोरोना खाए
खानु…….खाए………
के के खाए खाए कति खाए खाए
अब त भूॅडी फ़ुट्न मात्र बाँकी छ
समवेदना दिन मात्र बाँकी छ
चुनाव अघिका धूस्रे फूस्रेहरु……