Maheshwar pant
Parbat Nepal
now
Boston USA since 2001
Boston USA since 2001
interested in Music composer, Poems, songs, Gazals, short stories and Novels
Published books and musics
फुर्लुगं उपन्यास कान्छो प्रकाशित
फुर्लुगं उपन्यास कान्छो प्रकाशित
किर्ति
Maheshwar Pant
maheshwarpant@gmail.com
Maheshwar Pant
maheshwarpant@gmail.com
चाल्स रिभर टक्क रोकिएको छ
मानौॅ कसैलाई पर्खि रहेको छ
यताउता नजर दौडाएर
सायद कसैलाई खोजि रहेछ
उसको वरिपरि घुम्ने ती कुईनेटाहरू
आज खालि खालि उदाङ्ग देखिएका छन्
उसलाई ढाडस् दिन चारैकाल
कुदि रहने भरिभराऊ स्टोरो ड्राईभ
नाङ्गो देखिएको छ
मानौॅ लम्पसार नग्न शरिरजस्तै
ऊ दङ्ग पर्छ
भन्न सक्दैन यहाॅ के भई रहेछ।
ऊ आजकल खालिखालि महसुस् गर्छ
कस्तो कस्तो खल्लो खल्लो !
ऊ टक्क रोकिएको छ र
सम्झि रहेको छ
ती सुन्दर स्वर्ण षोडशीहरू
ती अर्ध नग्न सुन्दरीहरू
जो ऊ सङ्गै जल क्रिडा गर्थे
ऊ बिलक्षण काउकुतिले अतालिन्थ्यो
अनि उत्तेजित हुन्थ्यो
सम्झने प्रयास गर्छ
त्यो रोमाञ्चक क्षण
आहा! कति सुन्दर हुन्थे
ती पलहरू हिजोका
कैले आउलान् फिर्ता?
ऊ निसासिन्छ, अतालिन्छ
माथि आकाशमा सूर्य छ
जुनेलीमा जून पनि छ
तर ब्यर्थ कस्का लागि?
कोहि त छैन यहाॅ
निरास् देखिन्छन् ती पनि आजभोलि
खै कता गए ती ऊमाथि खेल्ने
रमाउने मान्छे
ऊ माथि धुईरिने ती मानवहरू?
मानौ कतै बलियो हुरि बतासले
लग्यो तिनलाई कहिलै नफर्कने गरि
पारी क्याम्रिज सहर
सहरको छाती माथि उभिएका ती
गगन चुम्बि भवनहरू पनि
थकित, निरास र भयवित देखिएका छन्
खै त्यो चहल पहल
ऊ छक्क पर्छ
हारबर्ड वरिपरि मुसुक्क हाॅसेर
सबैलाई स्वागत गर्ने क्याफेहरू खै?
कता गए ती उच्च शिक्षाको खोजीमा
हिड्ने यात्रिहरू?
एमआईटीमा बसेर गणितका सुत्र कोर्ने
ओहोर दोहोरगर्नेहरू कता गए?
चाल्स सम्झिने प्रयास गर्छ
ती आफ्नो वरिपरि
कथाको खोजिमा हिॅड्ने यसएलआर
क्यामराहरू खै?
के तिनीहरूले खोजेको कथा भेटियो त?
कता गए ती सेल्फि किङ्गहरू
जो ऊ सङ्ग सेल्फि खिचेर थाक्दैनथे
बस्टन सहर भरि कुद्ने त्यो
कमनवेल्थ एभेन्यु पनि टक्क रोकिएको छ
यात्रा टक्क छ उस्को।
एक्ले घाईते ह्येला झै लडेर
मात्र बिलौना गरि रहेछ
मानौॅ कसैलाई डाकि रहेछ
त्यो चहल पहल बोकेर
लहरे पिङ्झै
मच्चिई रहने वलियो यात्रि
आज डङ्ग रित्तै लम्पसार छ
चाल्सरिभर आशाको र
प्रश्नहरूको नजर
एटलान्टिक एभन्यु तिर फ्याल्छ
एटलान्टिक आफै जिल्ल छ
कुनै भयभित शून्यताको रहस्य
केलाई रहेछ
आफ्नो छेउमा चमचमाई रहने
बस्टन हारबरलाई हेर्छ
निस्तब्ध छ।
मानौ उस्ले एटलान्टिक समुन्द्रमा
आत्म दाहा गरि सक्यो।
फर्केर नआऊने गरि!
चाल्सले एक्लो महसुस गर्छ
उस्ले कतै देख्दैन ती
गोधुली साॅझमा
आफूमा तैरिन आउने
प्रूडेन्सियल र जोन हेन्ककहरू
आफ्नो छेवैमा बसेर लाजै नमानि
ओठमा ओठ जोडेर
तातो यौन भावना बाड्ने
जोडिहरू
ऊ चलबलाउने मन गर्दैन
मानौॅ कसैलाई पर्खि रहेछ ऊ
उतिनै खेर एक हुल मान्छेहरू
लखेटिएका हुन्छन।
कुनै ठूलो अदृश्य त्रासले
उनिहरूको पछि पछि दौडिरहेको छ
एउटा अदृश्य किरो “कोरोना”