गोविन्दप्रसाद गौतम
संयोजक
गैह्रआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समिति,
भाषा तथा साहित्य उपसमिति २०१७ – २०१९
गैह्रआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद, भाषा तथा साहित्य उपसमितिको उत्तर अमेरिका स्थित अमेरिकाको क्यालिफोर्निया राज्यका हाम्रा सदस्य श्री मणी नेपाली पनेरु जीको सक्रिय नेतृत्व र भिजनमा यो कार्य भएको हो । नेपाली भाषा र साहित्यको श्रीबृद्धीका लागि भएको यो प्रयाश प्रसंसनिय र सह्रानिय छ । यो वेवसाइडले NRNA को पहिलो अन्तर्राष्ट्रिय नेपाली भाषा तथा साहित्य सम्मेलनका प्रमुख अतिथि साहित्यकार नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति डा श्री गंगाप्रसाद उप्रेतीज्यूका बाहुलीबाट अनावरण हुने अवशर पाउनु अर्को गौरवको कुरा हो । गत सेप्टेम्वर महिनाको १ र २ तारिखमा अमेरिकाको बोस्टनमा भएको सम्मेलनमा यसको समुद्घघाटन भएको थियो ।
यस वेवसाइडले नेपाली हिन्दि अंग्रेजी साहित्यका पाठकहरुलाई एकै ठाउँमा बसेर आफुले इच्चाएका बिबिध साहित्यक बिधाहरुको अध्यन गर्न सरल र सहज ढंगले पाउनेछन । यसले अध्ययन र अध्यापन गराउँनेहरुलाई र सोधकर्ताहरुलाई समेत श्रोतको रुपमा सहयोग पुर्याउने छ भन्ने मैले विश्वार लिएको छु । यसले नाम अनुसारकै साहित्यको सागर भएर सन्सार घुम्न र यात्रुहरुलाई संसार घुमाउन सफल होस। हार्दिक शुभकामना दिन चाहान्छु ।