मणि नेपाली पनेरु
क्यालिफोर्निया, यु एस् ए
कस्तो तिम्रो मित्रता हो
कस्तो तिमी साथी
निर्वल छैनौ हामी पनी
हेरीराछन माथि
भुईंचालोले घर लड्यो
गोही आसुँ बगाई
नूनचुक छर्केउ घाउमा
नाकाबन्दी लगाई
कुन साइतमा जन्मियौ तिमी
दिन्छौ धोका मात्र
रोटी बेटी नाता भन्छौ
फुट्ने फोका मात्र
कस्तो दाजु भाई तिमी
मात्र धस्छौ छूरी
संसारलाई झुक्याउँछौ
आफ्नै चूरी फूरी
हुँदा हुँदै तिमी हाम्रो
चौटा लूछन लाग्यौ
आफ्नै गल्ती छोप्न लाई
वार्ताबाट भाग्यौ
विर्स्यौ तिमीले वीर गाथा
बिर्स्यौ नालापानी
निल्यौ तिमीले लिपुलेक
खायौ कालापानी
साथी भन्दै लिन्छौ सधैं
कमजोरीको फाईदा
कस्तो तिम्रो मानवता
कस्तो तिम्रो काइदा
जानी जानी कुरी कुरी
तिम्रो नाङ्गो नाच
दुनियाँले थुकी सके
मान्छे बनी बाँच
सानो हुन्न कैले पनि
आगो अनी भाई
पछुताउनु पर्ला फेरी
भोली तिमीलाई
लिपुलेक कालापनी
गरीहाल्दे फिर्ता
पुण्यभूमी तेरो होइन
हैन बाउको बिर्ता