ॲाफ्नै नाक कान घॅाटी पनि
छुन हुन्न कठै वरा
तिमी पनि परै वस पृय
यो त क्वारेन्टाइनको वेला ।
के आयो कसरी आयो
कहॅा जान्छ कसलाइ खान्छ
कस्को होला यस्तो खेल
थाहै छैन यती वेला।
औषधी नै घरमा वस्ने
नुन तातो पानि पानि खाने
रम्ने रहर भए पनि
भिडभाड तिर जॅादै नजाने।
जानै कतै परे पनि
छ फिट पर वस्न माने
कोला हल छ विश्व भरी
कहिले होला हराइ जाने।
पुतली जस्तो नाॅच्नु पर्ने
थुनियो कोठामा कठैवरी
विश्वमा वलियो जात मान्छे
के विजोगमा पर्यो हरे।
सवै कुरा हचुवा छन्
न डाक्टर न वैज्ञानिक
वडे वडे नेता पनि
आज यस्कै फेला परे।
गर्जने बाघ झै कठै
तिनका नजर पनि झरे
यो कोरोना कहरले भने
सवै चिज थला परे।
रहने हो कहिले सम्म
कहिले पाइएला रम्न
चिन्तै चिन्ता सवै तिर
पाइदैन कतै घुम्न।
ग्लोब मास्क सेनिटाइजर
ल्यायो कोरोनाले कहर
स्वस्थ सास फेर्न पनि
हुने भयो हामीलाइ रहर।
धन्यबाद!
इश्वरी भट्ट
नेपाल – गोरखा- भिमशेन गा. पा. ६
हाल – कंकर्ड न्यूह्यामसायर अमेरीका
अनेसास वोर्ड अफ ट्रष्टी- पुरस्कार समिती सदस्य(२०१८-२०२२)
प्रधान संपादक- अनेसास न्य्ह्यामसायर(२०१५ देखि हालसम्म)
गैर आवासीय नेपाली संघ न्यूह्यामसायरको संस्थापक अध्यक्ष
तथा २०१७- २०१९ अन्तराष्ट्रिय समिती गै. आ. ने. सं. भाषा साहित्य समिती, २०१९-२०२१ संस्कृति तथा संपदा समितीको सदस्य, आपतकालिन कोष संस्थापक/संयोजक- नेपाली समाज न्यूह्यामसायर
कल्ब डाइरेक्टर- एभरेष्ट सेन्टिनेन्टल लायन्स कल्ब
संपादन / प्रकाशन- डाक्टर नभएमा- बाल स्वास्थ्य शिक्षा
प्रदेशी मनका ढुक ढुकीहरू( संकलित कविता संग्रह)
अनेसास स्मारिका र क्यालेण्डर २०१९
आमा र माटो- कविता संग्रह