अमूल्य बस्तुको ब्यर्थ
मूल्य खोज्नेहरू छन्।
स्वर्गमैं रहेरै आजकल
नर्क भोग्नेहरू छन् ।।
पढेर कहिल्यै नसकिने
के किताव दियो जिन्दगीले?
मिलाउनै गाह्रो यो हिसाब
बेहिसाब दियो जिन्दगीले !!
कसरी गुड्छ यो रथ खै
पांग्रा सानो,ठूलो भए?!
डुब्ला त्यो जहाज पक्कै
एउटा सानो दूलो भए!!
कोल्टे नफर्किई मान्छे
त्यसै कहाँ निदाऊँछ?
जति गद्दा बाक्लिईन्छ
उति बढ़ी बिझाऊँछ!!
थोरै तिमीले सहे हुन्छ
थोरै मैले सहे पछि।
समुन्द्र मैं मिल्छ नदी
ठक्कर खाँदै बहे पछि!!
बासु ढकाल
डेभिस, क्यालिफोर्निया
डेभिस, क्यालिफोर्निया