उता बालुवाटारेहरु बट्टारिँदैमा ठिक्क छन
यता सिंहदरबारेहरु गर्जिंदैमा ठिक्क छन
असुरक्षा अनिँदो भोकोपेट बोकेर दिनरात
भुइँ मान्छेहरु सडक नापेरै दिक्क छन ।
अध्यादेश अपहरण मिलाउँदैमा ठिक्क छ्न
हान थाप र ठूङा ठुङ गर्दैमा ठीक्क छन
राहत नपाएर आहत बनेका दीन दु:खी र
अवोधहरु भोक प्यासले हिक्क हिक्क छ्न।
न मान्ने न आफैंले जान्ने अट्टेरी हुँदै ठिक्क छ्न
बेमौसमका बाजा र तिघ्रा ठट्टाउँदै ठिक्क छ्न
लकडाउनले देशै लक भएर आत्तिएको बेला
प्राणदाता र सुरक्षादाता ज्यान दिँदै ठिक्क छन ।
छिर्के दाऊ र जुँगामा ताऊ लाउनैमा ठिक्क छन
न निष्ठा न भरका थेत्तराहरु हसुर्दैमा ठिक्क छ्न
थुक्क माताङ् कस्तालाई नेता बनाइएछ भन्दै
आफुलाई धिक्कार्दै जनता वाक्क र दिक्क छ्न ।
खड्ग न्यौपाने
लेटाङ , मोरङ
हाल: म्युनिख, जर्मनी