गङ्गा कर्माचार्य पौडेल
लघु कथा
“महङ्गी बढेर सगरमाथा छुनै आट्यो ।फलफुल,अन्न,तरकारी जस्ता दैनिक उपभोग्य बस्तुको भाउ बढेर छोइनसक्नु भाछ । तरकारी को भाउ त अचाक्ली बढ्यो । रायो साग एक मुठाको ६० रुपियाँ रे । उता किसानहरुले आफ्नो परिश्रम ,लागानी अनुसारको दाम पाएका छैन भन्छन् । विचौलियाले मनपरि भाउ बढाउँछन् ।नक्कली माललाई सक्कली भनेर भिराउँछन् । भ्रष्टाचार रोकिएको छैन । यसरि नि देशमा सुशासन कहिले आउला र खै ? ।
सरकारले एकदुई पल्ट अनुगमन टोली पठाएर पसलमा छापा मार्छ । कडा कारबहि गर्न सक्तैन । त्यसरिनि बजारभाउ के नियन्त्रण हुन्थ्यो ?। प्रशाशन नै फितलो छ । कस्ताकस्ता अपराधिलाई त कारबाही गर्न सकिरा छैन । पसलेहरुलाई कस्ले कारबाहि गर्ने ?”।
तीलबाहादुरको मनमा यस्तै कुरा खेलीरहेको थियो । भान्छाबाट उनकी पत्नी आएर भनिन् “ए ! हजुर दशैं आइसक्यो यस्पाली त बेलैमा खसीको जोहो गर्नुपर्छ । ढिला गर्नाले पोहोर धेरै महङ्गोमा परियो”।
“सोह् श्राद्धमै ल्याउनु त?”पत्नीतिर हेरेर तीलबाहादुरले सोधे ।
“भै हाल्छनि । बाँध्ने ठाउँ छँदैछ” ।
उसोभए हिंडें म खसी किन्न भनेर तीलबाहादुर जुरुक्क उठे ।खसी बजारमा पुगेर बथानै खसीहरुमाथी सरर्र आँखा डुलाए । ठूला साना विभिन्न साइज र थरिथरि रङ्का खसीहरु थिए त्यहाँ । खसीधनीले एउटा खैरो रङ्को लाम्काने खसी ल्याएर उनको अगाडी उभ्याए ।तीलबाहादुरले त्यो खसीलाई समातेर गर्धन ,ढाड ह्याकुला सबै छामे ।त्यसपछि मनमनै भने“मोटो छैन, दुब्लो पनि होइन यहि खसी ठिक छ । बोसो भएको मासु नखानु भन्नुभएको छ डाक्टर साहेवले”।
मोलतोल छिनीसकेपछि खसी धनीले एउटा डोरीले खसीको घाँटीमा बाँधेर तीलबाहादुरको हातमा थमायो ।देब्रेहातले खसीको डोरी समातेर, पैसा झिक्न दाहिने हात कोटको खल्तीमा
घुसार्दै गर्दा उनले फेरि खसीलाई हेरे । खसीले ढाडसहित पछाडिको भाग लच्काएर शौंच गर्दे गरेको देखि खङ्ग्रङ्गै भए । त्यपछि खसी धनीलाई भने “लौ मा¥यो यो त बाख्री पो परेछ ”।
खसी धनीले बडो गौरवसाथ भन्यो “यो त एक्काइसोै सताब्दी हो हजुर ।यो युग समानताको युग हो । अहिलेको जमानामा लिङ्गभेद गरिनु अशोभनिय मानिन्छ….” ।ऊ अझ के के भनेर फलाक्दै थियो कुन्नी ? ।
तीलबाहदुर एकसासमा घरपुगेर बरण्डामा थ्याच्च बस्दै भने हत्तेरिका कस्तो जमाना आयो ।