मणी नेपाली पनेरु,
क्यालिफोर्निया, USA
मेरो एक सपना छ साथि
मरियाना खाइदेखि सगरमाथासम्म
चुलिएको सपना
ख्रिष्टको मनभरि उब्जेको सपना हो यो
बुद्दको आँखाले देखेको सपना
घाम झै उज्यालो, आमा झै न्यानो
प्रियषीको अँगालो हो मेरो सपना
छलकपटले लत्पतिएको बीशालु
सकुनी पासा फ्याँक्नेहरुले
सपना देख्न रोक लाएका छन मलाई
तर म सपना बिना बाँच्न सक्दिन
एक मात्र ऐश्वर्य सपनै हो मेरो
सपना आशा हो भरोशा हो
सपना उर्जा हो लाल पूर्जा हो
त्यसैले बाउन्न हन्डर त्रिपन्न ठक्कर खाए पनि
जताततै निराशा छाए पनि
सपनाका पाइलाहरु पछ्याइ रहेको छु
म मरे पनि मेरो सपना मर्ने छैन
जिवित हुने छ मेरो सपना
तव म मरे पनि नेपाल र नेपाली पुनर्जिवित हुने छ
आत्मा हाँसेको सपना हो साथी
मेरो यस्तै सपना छ
हो मेरो एक सपना छ
बोस्टन देखि भाद्गाउँ सम्म
डलास देखि दाङ सम्म फैलेको
हाकुचा र सुन्तलीको
आँखा भित्र पुलपुलिएको सपना
रगतका टाटा परेका बाटाहरु पखालिएका छन् आज
कान्तीपुरदेखि कालिकोटसम्म बिकाशको मूल फुटेको छ
अब लाली गुराँसमा बारुद गनाउँदैन
चारकोशे झाडीदेखि माईलाको मकैबारीसम्म
शान्ति हाँसेकीछे बल्ल
नालापानी देखी खुलेखानी सम्म
भक्ती बलभद्र र अमर सिंह हरु
नाङगा खुकुरी चम चम गर्दै
पुनर्त्थान भएको सपना
अनी नेपाल र नेपाली पनका सत्रुहरुलाई
मुला काटे झैँ काटेको सपना
जाती धर्म भाषाका कृतिम पर्खाल उभ्याउनेको
हात काटिएको सपना
भित्र बाहिर बसेका स्वाभिमानी नेपालीहरु
आफ्ना तिक्तता भुलेर
आमाको लागि एक भएको सपना
सधैं भरिको गाई जात्रा होइन
साँच्चिकै मिलन बिन्दुमा महाजात्रा भएको सपना
देवकोटाको कल्पना, अरनीकोको शिप
बुद्दको शान्ती र अमर बलभद्र भक्ती झैँ
महाविरहरुको पौरखले बनेको
महा नेपाल नगरिमा
सिङ्गो अमेरिका ओईरिएको सपना
मम सुकुटी र सेकुवाको स्वादमा रम्दै
मादलको घिन्ताङ र बाँसुरीको धूनमा
नेपालीको लागि स्याबासी दिएको सपना
प्रसँशाको ताली पड्काएको सपना
खुट्टा तान्न छोडेर मायालु अँगालो हालेको सपना
एउटा असफल राष्ट्र शक्तिशाली भएको सपना
तिमिले जितेको सपना, मैले जितेको सपना
जय मातृभूमी नेपाल!