हरि मञ्जुश्री साहित्यकार, सञ्चारकर्मी एवम् समाजसचेत नागरिक हुन् । उनका स्टाटसहरू समाजका लागि र पाठकका लागि पनि उपयोगी हुन्छन् । यस पटक उनको फेसबुक स्टाटसलाई जस्ताको तस्तै समसामयिक स्तम्भमा राखिएको छ ।
-सम्पा. |
अमेरिकाको टेक्सास विश्वविद्यालयका प्राध्यापक जेम्स प्याट्रिक एलिसन रोगप्रतिरोधी क्षमता विषयका विशेषज्ञ तथा चिकित्सातर्फको नोबेल पुरस्कार पाएका विद्वान् रहेछन् । टेक्सास विश्वविद्यालयकै प्रयोगशालामा काम गर्ने हिन्दू धर्मावलम्बी पद्मिनी शर्मासँग प्रेमविवाह भएपछि श्रीमतीबाट उनले हिन्दूहरूको जीवनपद्धतिका विषयमा जानकारी पाएछन् ।
पद्मिनी एकादशीको व्रत बस्तिरहिछन् । एकादशी व्रतको वैज्ञानिक कारण पनि छ कि भनेर अनुसन्धान गर्दै जाँदा रोगप्रतिरोधी क्षमताका विषयमा भइरहेको जेम्सको अनुसन्धान हिन्दू जीवनपद्धतितिर मोडिएछ । त्यसपछि जेम्सले निकालेको निष्कर्ष रहेछ— ‘हरेक १५ दिनमा १ दिन १० घण्टासम्म मान्छेले केही खानपिन नगरी बस्ने हो भने रोगप्रतिरोधी क्षमता बढ्छ र क्यान्सर हुने कोषिकाहरू नष्ट भएर क्यान्सर हुने सम्भावना ९० प्रतिशत कम हुन्छ ।’ यही निष्कर्ष निकालिएको शोधका लागि उनलाई सन् २०१८ को नोबेल पुरस्कार दिइएको रहेछ ।
हाम्रा पुर्खाहरूले हजारौँ वर्षअघि हरेक १५ दिनमा एकादशी व्रत बस्नुपर्ने विधान बनाएका थिए । हामीले त्यसको महत्त्व नबुझेर पालना गरेनछौँ । रोगप्रतिरोधी क्षमता बढाउन र क्यान्सर रोगबाट बच्न अबदेखि हामीले पनि एकादशीको व्रत बस्न थाल्ने हो कि !