- समसामयिक
भोजराज समाजसचेत नागरिक हुन् । पाध्यापन पेसामा संलग्न भोजराज अहिले बेलायतमा बस्दै आएका छन् । उनी समसामयिक विषयमा आफ्ना विचारहरू व्यक्त गरिरहन्छन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको फेसबुक स्टाटसलाई जस्ताको तस्तै प्रस्तुत गरिएको छ।
-सम्पा. |
तपाईंको गाउँ वा नगरमा कति वटा वारुणयन्त्र छन् ? कति वटा एम्बुलेन्स र शववाहन छन्, हिसाब गर्नु भएको छ ? अनि त्यही गाउँ वा नगरमा सरकारी बजेटले किनिएका कति वटा वा कति करोडका नेता र कर्मचारीलाई सरकारी गाडी छन्, त्यो पनि हिसाब गर्नु भएको छ ? अनि कति वटा अस्पताल भवन छन् र कति वटा नेताका क्वार्टर छन् हिसाब गर्नु भएको छ ?
यदि हिसाब गर्नुभएको छैन भने अबदेखि गरौँ । तपाईंले तिरेको करबाट पहिला अस्पताल बन्नुपर्छ, नेताको क्वार्टर होइन । त्यस्तै तपाईंले तिरेको करबाट पहिले वारुणयन्त्र, एम्बुलेन्स र शववाहन आदि किन्नुपर्छ, नेता र कर्मचारी चढ्ने करोडौँका सवारी साधन होइन ।
नेता र कर्मचारीलाई जागिर गरेबापत तलब भए पुग्छ । विलासिताका साधन त्यही तलबले किन्ने हो, जनताले तिरेको करले उनीहरूलाई विलासिताका सुविधा दिने होइन ।
दूरी राख्दै गरौँ, शुभ दिन !