हरि मञ्जुश्री साहित्यकार, शिक्षासेवी एवम् सञ्चारकर्मी जस्ता बहुमुखी क्षेत्रमा सक्रिय समाज सचेत नागरिक हुन् । उनका फेसबुक स्टाटसहरू ज्ञानबद्र्धक र सूचनामूलक हुन्छन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको स्टाटसलाई समसामयिक सामग्रीका रूपमा प्रस्तुत गरिएको छ ।-सम्पा. |
पाल्पाको रामपुर नगरपालिकामा पर्ने रामघाट भुलादीखोला भुद्रुङघाटमा एउटा गुफा रहेछ । गुफाभित्र मन्दिर, शङ्ख, शिवलिङ्ग, हात्ती, विभिन्न देवीदेवता, धारा, पोखरीलगायतका आकृति देखिँदा रहेछन् । गुफामा तीन तहका कोठा रहेछन् । गुफाको लम्बाइ करिब १ सय ५० मिटर रहेछ । गुफाभित्र १ हजारजति मानिस अट्ता रहेछन् । गुफाको नजिकै वशिष्ठ, कौशिक, दुम्सी, सातपत्रे र चमेरे नामका अरू गुफासमेत रहेछन् । वशिष्ठ गुफाका बारेमा पुराणमा समेत उल्लेख रहेछ । त्रेतायुगका राजा रामसँग जोडिएको रामपुरमा रामघाट, रामचेवन, रानीवन, सीताकुण्ड, रानीवास लगायतका ठाउँहरू रहेछन् । रामले स्नान गरेको, वाण हानेर पानी निकालेको, खाना पकाएको भनिने ठाउँहरू पनि रहेछन् । त्यसैले रामपुरलाई धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सकिने रहेछ ।