टङ्क कार्कीको परिचय साहित्यसागरका अघिल्ला शृङ्खलामा समेटिइसकेको छ । उनी नेपाली समाजका बौद्धिक एवम् सचेत नागरिक हुन् । चिनका लागि पूर्वराजदूत कार्कीले ग्रामीण भेगका विषयमा फेसबुकमा पोस्ट गरेको स्टाटसलाई साहित्यसागरको समसामयिक स्तम्भमा जस्ताको तस्तै प्रस्तुत गरेका छौँ ।-सम्पा. |
पूर्वी पहाड घुम्दै छु– धेरै अघिदेखि हुनु पर्ने योजनाबद्ध विकासको अभावमा हिजोका गुल्जार जस्तो लाग्ने हाम्रा गाउँ बस्ती बिराना, परित्यक्त र उजाड हुँदै छन् । बसाईं सराई र शहरीकरणले मितेरी ला’का छन् ।
बू..ढा बू..ढी, केटाकेटी, धेरै आइमाई । खोटाङ्गमा हामीलाई भनियो वर्षमा ३५ करोडको मादक पदार्थ किनिँदा ३ लाखको किताब बिक्री हुन्छ । झोलामा विकासको बिगबिगी छ । बजेट ग’को छ तर लक्षित काममा अनुवाद हुँदैन या चुहिने नालीमा बजेट प्रवाह भ’को छ । आत्मनिर्भर गाउँ परामुखी बन्दै गइरहेका छन् । लवाई, खवाई हेर्दा खासगरी लवाईमा ठुलो परिवर्तन आएको छ । यस परिवर्तनलाई धानेको भनेको ’रिमिटेन्स’ र ’छ्याकन’मा प्राप्त भ’को ’उपार्जन’ हो भनिन्छ । अन्य पूर्वाधारको अभाव बढ्दो छ । अँ, बाटो ग’को छ, जागृति बढेको छ, पैरवी गर्न सक्ने महिलाहरूको विकास भएछ । एकाध पकेटहरूमा सृजत्मक विकासको सिको पनि हुँदै छ ।
भित्र भित्रै सामाजिक विभाजन बढ्दो छ । हाम्रो इतिहास हाम्रो कथा !