युवराज संग्रौला नेपालका विशिष्ट कानुनविद् हुन् । उनी नेपालका पूर्व महान्यायाधिवक्ता पनि हुन् । उनको साहित्यकार व्यक्तित्व पनि उल्लेख्य छ । साहित्यसागरको समसामयिक स्तम्भमा उनको फेसबुक स्टाटसलाई जस्ताको तस्तै प्रस्तुत गरिएको छ ।
-सम्पा. |
राजनीति भेनेको पानी बग्ने खोला हो, पानी चैं विचार हो। यदि यो उपमा प्रयोग गर्ने हो भने, पानी बग्न पायो भने स्वच्छ हुन्छ। जब पानी तलाउमा थुनिन्छ, र निकास बन्द हुन्छ त्यो पानी दुर्गन्धित हुन्छ। स्वच्छ पानीमा स्वस्थ जल्चर रमाउछन, तर दुर्गन्धित पानीमा भ्यागुत्ता, भ्यात्लुङ्ग, गंगटा इत्यादि। माछा बस्लान तर हिले जो आफै गन्हांउँछ। २००७ साल देखि नेपाली समाज निरन्तर यस्तै दुर्गन्धित हुँदै आएको छ। राणा शासनले पाँच पुस्ता समाप्त पार्यो र २००७ साल देखि फेरि पांच पुस्ता समाप्त हुने क्रममा छ। यो १८० बर्षमा नेपालमा दुस्चक्रपुर्ण अवस्था निर्माण गर्ने प्रवृत्तिहरूको ब्यापकता रह्यो। के के देखिए?
१. समालोचनाहिन विचार जस्ले चेतना निर्माण गर्दैन, बरु अन्धबादको निर्माण गर्छ त्यो प्रवृत्ति समाजको एउटा रोगका रूपमा रह्यो। आज पनि मानिसको ठूलो हिस्सा यहि प्रवृतिको घेरा भित्र छ। उस्ले तर्कलाइ कुतर्कमा परिणत गरेको छ।उ सत्यको खोजी होइन भ्रमको हावामहलमा बांच्द्छ। यो प्रबृत्तिले मानिसलाई स्वार्थी बनांउंछ। नेपालमा अहिले यो रोग दुर्गन्धित पानीका जल्चरमा लागेको संक्रामक रोग जस्तै छ। समाजमा दिनेपिच्छे प्रक्षेपित हुने सुचना हेरौं। मानिसलाई भ्रमित पार्ने भाषण, झुट्टो सपना, र आफ्नो अपराध छोप्ने चलाकी बाहेक केही हुन्न।
२. नैतिकता र सदाचारको बस्त्रहरण अर्को प्रवृत्ति हो। लाग्छ नेपाली समाजमा कोहि सद्धे छैन। सबै कठ्पुतली बनिसके। प्रधानमन्त्री, मन्त्री, नेता, न्यायाधीश, वकिल, पत्राकार, प्राध्यापक, कर्मचारी कसैप्रती श्रद्धाको शिर निहुरिदैंन। एक किसिमको घृणा हुन्छ। नागरिकलाई अनुकरणीय उदाहरण पाउन संभब छैन। जस्ले जे गरेपनी हुन्छ। निरंकुश शासनमा मानिस पुलिस सङ्ग डरांउथे। आज मानिस पत्राकार सङ्ग डराउछन, वकिललाई अनैतिक ब्यापारको पुलिन्दा मानिन्छ, डाक्टर उपचारको होइन रोगको ब्यापारी मानिन्छ, इन्जिनियर भ्रष्टाचारको मसिहा मानिन्छ, नेता अस्लिलता र ठगीको पर्याय मानिन्छ। यस्तै यस्तै।
३. सम्पूर्ण राज्य संयन्त्र जनबिरोधि देखिन्छ। राज्यको धन सीमित मानिसको पेवा बनेको छ। न्याय अन्यायमा रूपान्तरीत भएको छ। न्यायाधीश जागीरमा परिणत भएको छ, वकालत मदारीको गफमा परिणत भएको छ। चिकित्सा कानुनी अपराधमा परिणत भएको छ। यस्तै यस्तै।
४. एकथरी मानिस सधैं झ्यांउकिरी कराए जस्तो फोहोर अलापि रहन्छ्न। उनीहरूको दिमागमा विचार होइन बिक्रीती मात्र फुर्छ। उनिहरूले भाषाको पनि बस्त्रहरण गरीसके। नेपालमा अब नत कुनै शब्द अस्लिल छ न त बोल्न बांकी। यी मानिसका दिमागहरूमा गहिरो कुण्ठा छ, त्यो कुन्ठा सुकिला लुगा लगाएर, महंगो गाडी चड्न र हाकिम हुन नपाएको जलनको परिणाम वा रोगबाट सिर्जना भएको छ। एक्थरीमा भबिष्यबाट डराउने र अतीत तिर जाने रोग लागेको छ किनकी अतितमा उनीहरूकोको रजगज थियो। उनिहरूलाइ लाग्छ, अतीत फर्कियो भने फेरि त्यो रजगज प्राप्त हुन्छ। तर उनीहरूको दुर्भाग्य अतीत फर्कीएर कहिल्यै आउँदैन। अर्काएकथरीमा सबै भत्काउने र रमाउने रोग छ, त्यो महत्वकाक्षां पूरा नहुदां पलाएको लघुताभाषको परिणाम हो। अर्काएकथरी अफनो जात निचिन्ने रोगबाट ग्रस्त छ्न। उनिहरू आफुलाइ नेपाली नै देख्दैनन। तेसैले कोहि बिदेशीको दलाली, कोहि भारतीय साधुको दलाली, कोहि कालबजारीको दलाली गर्छ्न।
अब नेपाली समाजको विगतको सामाजिक संरचनाको पट्टाक्षेप हुनुपर्ने समय आएको हो। अब नेपालले १८१४ देखि भोगेको अपमानित इतिहासलाई समाप्त गर्नु पर्छ। अब नेपालले १८० बर्षदेखिको चेतनाविहीन समाजको इतिहास समाप्त गर्नुपर्छ। अब मालिक हुने सत्ताको राजनीति समाप्त हुनुपर्छ। अब समस्या गिजोल्ने होइन मानिसको समृद्धि निर्माण गर्ने राजनीतिको निर्माण हुनुपर्छ। अब दुर्गन्धित पोखरी फुट्नु पर्छ। अब बैज्ञानिक चेतनाको जागरणको स्याहार गर्नु पर्छ। अब ब्यक्ती पुजाको युग समाप्त हुनुपर्छ। गणेशको पुजागरेर आफ्नो धोक्रो भर्नेहरूको कालो इतिहास लेख्नु पर्छ। अब मैले के पांए होइन के दिंए भन्ने सोचले विचारको पालण पोषण हुनुपर्छ।