चट्याङ मास्टर हास्यव्यङ्ग्यकार हुन् । उनका रचनाहरू पाठकले निकै रुचाएर पढ्दै आएका छन् भने उनको मञ्चीय व्यङ्ग्य प्रस्तुति पनि लोभलाग्दो छ । साहित्यसागरको प्रस्तुत शृङ्खलाा उनको फेसबुक स्टाटसलाई जस्ताको त्यस्तै राखेका छौँ ।
सम्पा. |
नेपाली समाजमा छोरा हुर्किएपछि शिक्षा, कामको खोजी या अन्य कारणले जन्मघर छोडेर जाने र छोरी हुर्किएपछि बिहे गरेर जाने गर्दछन्। जसका कारण मूल घरमा आमाबुवा मात्र बाँकी रहने र उनीहरूको बुढ्यौली जीवन बेसहारा र दिक्क अनुभव गर्दै बित्ने गर्छ।
पुरुषको दाँजोमा महिलाको औसत आयु लगभग ५ वर्ष बढी हुन्छ। त्यसैले ६० वर्ष उमेर माथिको जनसंख्यामा महिलाहरूको सङ्ख्या बढी हुन्छ। अहिले ६० वर्ष नाघेका महिलाहरूमध्ये ९०% भन्दा बढी निरक्षरी छन् । जसले सावाँ अक्षर र अङ्क पनि चिन्दैनन् । त्यसैले हाल उपलब्ध भएका मोबाइल इन्टरनेट जस्ता सूचना र सञ्चारका प्रविधिका साथै उपलब्ध बिध्युतीय घरेलु सामान पनि प्रयोग गर्ने क्षमता राख्दैनन् ।
त्यस्ता ज्येष्ठ नागरिकलाई सावाँ अक्षर र अङ्क चिनाउन सकियो अनि मोबाइल फोन या कम्प्युटर प्रयोग गर्न पनि सिकाउन सकियो भने उपलब्ध नयाँ प्रविधिको प्रयोगबाट उनीहरू पनि लाभान्वित हुन सक्छन् । आफूलाई मन लागेको बेला टाडा गएका आफ्ना छोराछोरीसँग कुरा गर्न पाउँछन् । अझ फेसबुक या स्काइप अथवा त्यस्तै अन्य सरल प्रविधिको प्रयोग गर्न पनि सिकाइयो भने सूचना, सञ्चार र साहित्य जगतमा समेत उनीहरूको पहुँच पुर्याउन सकिन्छ। यसरी हाम्रा ज्येष्ठ नागरिकहरूको जीवन सुखी बनाउनुको साथै उनीहरूलाई देश र समाजको मूलधारमा समावेश गर्न सकिन्छ। चित्रमा ७४ वर्षीय आमा घर छोडेर टाडा गएका आफ्ना सन्तानसँग मोबाइल फोनमा कुरा गर्दै । @ganeshbi2020