टङ्क कार्की राजनीतिकर्मी एवम् कुटनीतिज्ञ समाजसचेत व्यक्तित्व हुन् । उनी नेपालका तर्फबाट चीनका पूर्वराजदूत हुन् । यस पटक उनले फेसबुकमा साझा गरेको नेपालका राजनीतिक पार्टीका अन्तरसङ्घर्षको परिणतिलाई महाभारत मिथकका विम्बबाट अभिव्यक्त विचारलाई हामीले समसामयिक सामग्रीका रूपमा प्रस्तुत गरेका छौँ ।
-सम्पा. |
– धृतराष्ट्र पुत्रमोहमा अन्धो हुँदैनथे भने,
– भिष्म, द्रोणाचार्य, कृपाचार्य, कर्णहरु हस्तिनापुर प्रतिका आफ्ना दायित्वलाई सत्ताका उर्दीमा मात्र तामिल गर्न सिमित न भ’र न्यायको पक्षमा खरो उत्रिन सकेका भए,
– घर भित्रको झगडा निषेधबाट होइन, संवाद र पारस्परिक हित र गरिमाको सम्मानबाट सुल्झाको भए, सामाजिक मिसनलाई केन्द्रमा राखेको भए …
न कोही महाभारत युद्धको विभीषिका कतै उतार्थ्यो न त त्यत्रो सम्राज्यको त्यस्तो कन्तबिजोक हुन्थ्यो !
महाभारत सम्झ्यो कि मन त्यसै त्यसै भारि भएर आउँछ | तर उ युगको ‘सामाजिक, राजनीतिक र बौद्धिक जीवनको आम चरित्र’ सायद, त्यति नै थियो | हो त र’छ, इतिहासमा ट्रेजेडी पनि हुन्छ, मन बुझाउन यसरी पनि त पर्छ |