काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानको ६४औँ वार्षिकोत्सवका अवसरमा राष्ट्रिय कविता महोत्सव हुने भएको छ । महोत्सवका लागि प्रतिष्ठानले कविता पठाउन सूचना मार्फत् आह्वान गरेको छ ।
महोत्सवका लागि जेठ २५ गतेसम्म कविता पठाउन सकिने सूचनामा भनिएको छ । ‘नेपाली भाषामा लेखिएको १५० शब्दसम्मको’ कविता कम्प्युटर टाइप गरी प्रतिष्ठानमा पठाउनुपर्नेछ ।
कविता महोत्सव सम्पन्न नभएसम्म कुनै पनि विद्युतीय वा छापा माध्यमबाट प्रकाशित वा प्रशारित नभएको हुनुपर्नेछ ।
महोत्सवमा प्रथम हुनेले नगद रु. ५० हजार, द्वितीय हुनेले ४० र तृतीय हुने तीन जनाले ३० हजार पुरस्कार पाउने प्रतिष्ठानले जनाएको छ ।