मलाई कथाको खरायो छ राम्रो
मलाई चराको पखेटा छ राम्रो
खरायो त हा¥यो सुतेको थियो रे
नसुत्ने म आमा उज्यालो भयो रे ।
मलाई दिएमा पखेटा चरीले
लगाएर नाच्थेँ घुमेझैँ परीले
म उड्थेँ कता हो कता घुम्न जान्थेँ
म यो विश्व घुम्थेँ र आनन्द मान्थेँ ।
म आएँ तिमी छेउ टाढा नजाऊ
बनौँ मित्र हामी कुरा गर्न आऊ
भने मान्छ भन्थ्यौ चरीले त आमा !
न आयो चरी त्यो दियो खै त जामा ।
म दौडेर आमा ! कहाँ पुग्न सक्छु ?
नहार्ने छ इच्छा जहाँ पुग्न सक्छु
नबन्ने नबन्ने खरायो म आमा
लगाई पखेटा चरा बन्छु आमा ।