यसपालिको दशैँमा
नयाँ नाना चाहिन्न
पहाड घर गइन्न
मामा घर गइन्न ।
बाआमाको आशीर्वाद
घरमै बसी लिनेछु
हजुरबा र आमालाई
इन्टरनेटमा भेट्नेछु ।
दाजुभाइ दिदीबहिनी
सँगै रमाउँन
मन थियो लिङ्गेपिङ
खेल्दै रमाउन ।
कोरोनाको कहरले
मा¥यो मनको इच्छा
कैले जाला कोरोना यो
गर्दैछु प्रतीक्षा ।
अक्षरा स्कुल,काँडाघारी, काठमाडौँ
कक्षा : ५