रमेश शुभेच्छुको परिचय साहित्यसागरको माधव घिमिरे विशेषाङ्कमा समेटिइसकेको छ । उनी युवा पुस्ताका सक्रिय समीक्षक, सर्जक एवम् सङ्गठक पनि हुन् । उनका रचनामा बहुमुखी समस्या समेटिएको हुन्छ । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको एउटा गीतिरचना समेटिएको छ । ‘विदेशको खुसी’ शीर्षकको यस रचनामा वैदेसिक रोजगारीले खोसेको युवाको खुसीको अन्वेषण गरिएको छ ।
सम्पा. |
कहाँ मिल्थ्यो खुसी हजुर स्वदेश जस्तो विदेश
खुसी भन्नु स्वर्ग भन्नु हुन्छ आफ्नै स्वदेश
घर देशको खुसी कहाँ दिन्थ्यो सित्तै परदेश ?
गुँड छोडी उड्या चरी गुँड नफर्किई
घार छोडी उड्या मौरी घार नफर्किई
कहाँ खान्थ्यो पेटभरि परिवार छोडी
न्यानो हुन्न दुई दिने स्वप्ना नायानो ठानी ।
सुन–हीरा फलाममा मूल्यविना साटी
उच्चो शिर हुँदा हुँदै, निहुरेर बाँची
मातृभाषा लुकाएर अर्के भाषा बोली
गाँस काटी इच्छा मारी आफन्तलाई ढाँटी ।