सुरेन उप्रेती परदेशमा विविध बाध्यतामा रहेर पनि निरन्तर साहित्य सिर्जना गरिरहने प्रतिभा हुन् । उनको कलम कविताका कविता, गीत, गजल, मुक्तक जस्ता उपविधामा निरन्तर चलिरहेको छ । उनको परिचय अघिल्ला शृङ्खलामा समेटिइसहेको हुँदा यहाँ सारभूत परिचयसहित उनको एउटा देशभक्तिभावनालाई समेट्ने ‘पुर्खाहरूको साहससँग’ गीतिरचना समेटिएको छ । यस रचनाले इतिहासलाई साक्षी रागेर नेपालको राष्ट्रिय स्वाभिमान उजागर गरेको छ ।
-सम्पा.
|
पुर्खाहरूको साहससँग तोपगोला झुक्यो
खुकुरीका सामु पर्दा पराय सैन्य झुक्यो ।अरिङ्गालको गोला बन्दै युवा बाल वृद्ध
देशको रक्षा गर्नुपर्दा बन्छौँ एकबद्ध
पुर्खाहरूको साहससँग तोपगोला झुक्यो
खुकुरीका सामु पर्दा पराय सैन्य झुक्यो ।घुँयत्रो र भाला, पर्छा, भरुवाको भरमा
देश बचाउने बहादुर हौँ हामी संसारमा
पुर्खाहरूको साहससँग तोपगोला झुक्यो
खुकुरीका सामु पर्दा पराय सैन्य झुक्यो ।
खुकुरीका सामु पर्दा पराय सैन्य झुक्यो ।अरिङ्गालको गोला बन्दै युवा बाल वृद्ध
देशको रक्षा गर्नुपर्दा बन्छौँ एकबद्ध
पुर्खाहरूको साहससँग तोपगोला झुक्यो
खुकुरीका सामु पर्दा पराय सैन्य झुक्यो ।घुँयत्रो र भाला, पर्छा, भरुवाको भरमा
देश बचाउने बहादुर हौँ हामी संसारमा
पुर्खाहरूको साहससँग तोपगोला झुक्यो
खुकुरीका सामु पर्दा पराय सैन्य झुक्यो ।
रगत बग्छ हामी मर्छौं तर देश छुन दिन्नौँ
स्वाभिमानी स्वतन्त्र छौँ दास कहिल्यै हुन्नौँ
पुर्खाहरूको साहससँग तोपगोला झुक्यो
खुकुरीका सामु पर्दा पराय सैन्य झुक्यो ।