पहिलेको विश्वासमा तुसारो भो ऐले
के जानूँ म विश्वास नै थिएन कि पैले ?
धेरैचोटि छोडिएँ म सहयात्रीवीच
पर्दापछि अल्झिएँ म रङ्गमञ्चवीच
मैदानमा ठेलिएँ म जुध्नु भिड्नु पर्दा
मैदानभन्दा पाखै रहेँ खुसी साट्नु पर्दा।
धेरैचोटि अल्झिएँ म पासा तगारामा
पीडासँग बल्झिएँ म रह भँगालामा
ज्यान दिन तयार म उनलाई भने
मेरो दुःख मैसँग छ छैन साथ दिने।
***
काठमाडौँ, नेपाल