विपिन अगस्ति (वेदप्रसाद ढुङ्गेल) को परिचय साहित्यसागरका अघिल्ला शृङ्खलाा समेटिइसकेको छ । यहाँ उनको एउटा जगल रचना समेटिएको छ । यस रचनाले आशावादी जीवनदृष्टि सञ्चार गरेको छ ।
– सम्पा.
म तिम्रै मायाको पुजारी पुरानो
भुल्यौ कि त हाम्रो चिनारी पुरानो ।
आहा कस्तो चल्थे ती तीर नयनका
म शिकार तिमी शिकारी पुरानो ।
थियौ नि बनेको जिन्दगीको आशा
थियो छाती शिरको चौतारी पुरानो ।
अझै म त उस्तै तिमीले भुले नि
भोको छु मायाको भिखारी पुरानो ।
साँची राखेको छु तिम्रै लागि खाली
यो दिलमा मायाको छहारी पुरानो ।