रमेश शुभेच्छुको परिचय साहित्यसागरका अघिल्ला शृङ्खलामा समेटिइसकेको छ । उनी युवापुस्ताका सक्रिय स्रष्टा एवम् द्रष्टा व्यक्तित्वका साथै साहित्यसञ्चारका क्षेत्रमा पनि त्यत्तिकै सक्रिय प्रतिभा हुन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको ‘हरियै भो बन फेरि’ जगल रचना समेटिएको छ । यस रचनाले मानिसमा आत्मविश्वास प्रवल हुनुपर्ने भावना अभिव्यक्त गरेको छ ।
-सम्पा. |
हरियै भो वन फेरि जलाएर के भो तिम्ले
सहने छ बानी छुरा चलाएर के भो तिम्ले
अजेय छ जिन्दगानी गल्नु थाक्नु असम्भव
तिमी गल्छौ गल्दिनँ म गलाएर के भो तिम्ले
पिपललाई नछाहारी न त सेप चिन्ता छैन
वेमौसमी साग जस्तो पलाए के भो तिम्ले
यही बाटो हिँड भनेँ बाटो काटी हिँड्यौ आफै
अब बाटो हेर्दिनँ म नआएर के भो तिम्ले
ताल सुर मिल्नु पथ्र्यो रच्ने, गाउँने , बजाउनेको
अन्तै मिल्यो ताल सुर नगाएर के भो तिम्ले ।