विपिन अगस्ती (वेदप्रसाद ढुङ्गेल) को परिचय साहित्यसागरको अघिल्ला अङ्कमा समेटिइसकेको छ । उनी अङ्ग्रेजी र नेपाली साहित्यमा उच्च शिक्षा लिई निरन्तर साहित्य सिर्जनामै समर्पित प्रतिभा हुन् । यहाँ उनको गजल सिर्जना समेटिएको छ ।-सम्पा. |
उमङ्ग र खुशी हर्ष नमूना बनोस् ;
शुभ रहोस् नयाँ वर्ष नमूना बनोस् ।
राष्ट्रोन्नति खातिरमा रहोस् एकता ;
सबको राय बिमर्श नमूना बनोस् ।
शहिदको सपना र माग युगको ;
पूर्खाको त्यो आदर्श नमूना बनोस् ।
अब चाँडो फेरियोस् मुहार देशको ;
प्रगतिको सङ्घर्ष नमूना बनोस् ।
अघि बढोस् राष्ट्र यो शान्ति पथमा ;
उन्नतिको उत्कर्ष नमूना बनोस् ।