गङ्गा कर्माचार्यको परिचय साहित्यसागरका अघिल्ला शृङ्खलामा समेटिइसकेको छ । उनी मूलतः बालसाहित्यका क्षेत्रमा सुपरिचित प्रतिभा हुन् । उनका कविता र गजल सिर्जना पनि निकै राम्रा छन् । यहाँ उनको नयाँवर्षसम्बन्धी जगल रचना समेटिएको छ ।
सम्पा. |
रिस,राग, अहङ्कार सब छोडी आऊ नयाँ वर्षमा
इर्ष्या, डाहसँग नाता तोडी आउ नयाँ वर्षमा
नुतन जून, घाम उदाउनुपर्छ अब यो देशमा
कुसंस्कार, कुरीतिको पर्खाल फोडी आऊ नयाँ वर्षमा
तेरो मेरो भनी आपसमा लड्नुको के अर्थ छ र
फाटेका मनलाई पुनः जोडी आऊ नयाँ वर्षमा
अक्षर रोपे अक्षरै फल्छ झ्याँगिन्छ ज्ञानको लहरा
धेरै धेरै अक्षरका विरुवा गोडी आऊ नयाँ वर्षमा
शुभ रहोस् नववर्ष २०७८ हरावस् कोरोना भाइरस
बादल पन्छाइ सफा आकास ओढी आऊ नयाँ वर्षमा ।