लेखक
गोविन्द गौतम प्रवासी नेपाली साहित्यकार हुन् । उनी एन.आर. एन. ए नेपाली भषा साहित्य एवम् सम्पदा समितिका संयोजक हुन् । उनी गैरआवासीय नपालीका तर्फबाट साहित्यिक सांस्कृतिक प्रतिनिधित्व गरिरहेका छन् । उनकै संयोजनमा प्रथम अन्तराष्ट्रिय नेपाली भाषा–साहित्य सम्मेलन २०१९ सम्पन्न भइसकेको छ । उको परिचय साहित्यसागरका अघिल्ला शृङ्खलामा समेटिइसकेको छ । यस शृङ्खलामा उनको एउटा गजल रचना समेटिएको छ । यस रचनाले प्रेम र गृहस्थी जीवनबाट टाढा रहेकाहरूलाई यसको अनुभव गरेर हेर्न आग्रह गरेको छ । |
मायामा खस्न नसक्नेहरू नडराई खसेर हेर
मायाको तालमा त डुबेर मरिदैन पसेर हेर ।
करकर गरेर दायाँ र बायाँ दौडिरहनु भन्दा
सदाका लागि एउटै मायाको जालमा फसेर हेर ।
रात दिन नभनी भौतारिएर महल खोज्नुभन्दा
कति आनन्द हुन्छ मायाको झुप्रो बास बसेर हेर ।
आखिर जीवन, जीवन नै हो दरार आउन सक्छ
फुत्केर जाला फेरि मनलाई मनमा कसेर हेर ।
प्रकृतिको नियम नै त्यस्तै हो माया नि पुरानो हुन्छ
चिन्ता नगर चम्किलो बनाउन रङ घसेर हेर ।