SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » जुका
हास्यव्यङ्ग्य

जुका

Sahitya SagarBy Sahitya SagarJuly 8, 2021No Comments4 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

दाहिने गोडाको बूढी औँला र माहिली औँलाको कापमा छिरेर तनतनी रगत चुसी ढाडिएर पुटुस्स भएको जुकालाई एकपटक नमस्कार गरी विनित भावमा मैले सोधेँ– ‘जुको महोदय १ तपाइँ अब त तृप्त हुनु भो ?’ उसले कुनै जवाफ दिएन । बरू जुको आफ्नो कमैयासँग रिसाएर बसेको परम्परागत जिम्दार जस्तै गजक्क परेर बसिरह्यो । उसको सुँढ मेरै आलो रगतले भिजेर निखुर रातो भएको थियो । म घरी रगत रसाएको मेरो औँलाको काप र घरी मेरै आलो रगत लतपतिएको जुकाको मुख हेर्दै एकोहोरो टोल्हाइरहेँ ।

पाँच दशक टेक्न लागेको मेरो जीवनले धेरै जुकाहरूबाट निर्मम डसाइको सामना गर्नु पर्‍यो । बाल्यकाल एकथरी जुकाको डसाइबाट हायलकायल भएको सम्झना स्मृत्तिमा ताजै भएर बसेको छ । मेरो चञ्चल किशोर अवस्था अर्काथरी जुकाहरूसँग जुद्धाजुद्धै सकिएको याद अझै गाढा छ । जवाँमर्द भएर जीवनगाडा धकेलिरहँदा पनि मलाई कुनै न कुनै प्रकृतिका जुकाले डस्न छोडेनन् । जीवनको यो उत्तरार्ध खण्ड पनि जुकाकै निर्मम आक्रमण र डसाइबाट प्रताडित भइरहेको छ । लाग्छ म जुके साम्राज्यको एउटा निरीह रैती हुँ, जसको पुनित कर्तव्य भनेकै आफ्नो शरीरको ताजा रगत हर्दम जुकाहरूलाई समर्पण गर्नु हो ।

भिन्न भिन्न नाम र स्वरूपमा जुकाहरू मेरो जीवन नजिक आउँछन् । मेरो सोझोपन, इमान्दार र कर्तव्यनिष्ठ व्यवहारप्रति प्रशंसाको पुल बाँद्धै र सहानुभूति जताउँदै आफ्नो चुसाहा सुँढ गाड्न थाल्छन् । कोही प्रिय साथीको रूपमा आउँछन् । कोही साझा सहयात्रीको रूपमा देखा पर्छन् । कुनै सहकार्यको अंशियारका रूपमा उपस्थित हुन्छन् । कोही आफ्नै जात, थर र गोत्रका रूपमा र कोही नजिकको आफन्तका रूपमा मसँग हार्दिक र आत्मीय हुँदै प्रस्तुत हुन्छन् । म सबैलाई मेरै हितचिन्तक र शुभेच्छु देख्छु । विश्वासले मभित्र जरा गाडिहाल्छ । म कसैप्रति कुनै शंका सन्देह पटक्कै राख्दिनँ । अरूको समस्याप्रति आवश्यकताभन्दा बढी नै सम्वेदनशील हुनु मेरो मौलिक र मानवीय गुण हो । यस अर्थमा म गुणग्राही स्वभावको मनुस्य हुँ । मेरो यही प्रकृति र स्वभावलाई कमजोरी ठानेर जुकाहरू मैले चालै नपाइ मेरा अङ्ग प्रत्यङ्गमा प्रवेश गर्छन् अनि मेरो जीवन–रस चुसेर मग्न र आल्हादित हुने गर्छन् ।

भरखरैको कुरा हो– वर्षौ पुरानो मित्रको खोल ओढी ममाथि घातक आक्रमण मार्फत शरीरको रगत चुसेर समढन्न भएको जुकाको सक्कली अनुहार देख्दा म नराम्रोसँग रन्थनाएँ । घनघोर रिस उठ्यो, आवेग र उत्तेजनाले मलाई छोप्यो र म ऊमाथि खनिएँ । बदलामा मलाई पनि उसकै रगत तनतनी पिउन मन लाग्यो । तर मसँग उसको जस्तो रगत चुस्ने सुँढै थिएन । सुँढ नभएको अनुभूतिले मलाई सिताङ्ग बनायो । अनि मेरो अन्तस्चेतना चिच्यायो– ‘यस धर्तीका महान् जुकाज्यू १ के तपाइँ मेरो रगतले तृप्त हुनुभो ? हुनुभएको छैन भने आफ्नो दुष्ट सुँढ गाडेर अझै मलाई चुस्नुहोस् ।’ प्रतिक्रिया विहीन जुको महोदय मेरै रगतले पुटुस्स भएको पेट सुमसुम्याइरह्यो ।

जुका जातको मूल धर्म भनेकै अर्काको रगत चुसेर आफू मोटाउनु हो । आफ्नो चुसाइका कारण कोही रक्तअल्पताको शिकार भएर मर्छ कि भन्ने हेक्का जुकाले कहिल्यै राख्दैन । निष्ठुरताको पर्याय हो जुको । रगत चुस्नु नै उसको जात, धर्म, पेशा, व्यवसाय हो । थाहै नपाइ मान्छेको र राष्ट्रको गोप्य अङ्गसम्म पुगेर जुकाहरू रगत चुस्नमा तल्लिन छन् ।

‘जति चुसे पनि कहिल्यै नअघाउने तपाइँको कस्तो तिर्खा हो जुकाज्यू ?’

धमनीमै प्रवेश गरी राष्ट्रको रगत तन्काउनमा खप्पिस अनेकन जुकाहरू मध्येको एउटा जुकासँग हिजैमात्र मेरो अनपेक्षित जम्काभेट भएको थियो । मेरो प्रश्नमाथि उसले बेवास्ता गरेपछि मैले फेरि दोहोर्‍याएँ । अहँ फेरि पनि ऊ गजक्क परिरह्यो । मभित्र आक्रोशको आगो बल्न थाल्यो र एक लप्का ऊतर्फ हुत्याएँ–

‘जुकाज्यू, यहाँको मुखमा टिम्मुर हाल्ने परिस्थिति सिर्जना भयो भने अवस्था के होला रु कहिल्यै सोच्नु भएको छ ?’

टिम्मुरको कुरा सुन्नासाथ जुको एकपटक तिल्मिलायो । तर मुखमा लतपतिएको राष्ट्रको रगत पुछपाछ पार्दै जुको बोल्यो–

‘जङ्गलभरिको टिम्मुर फँडानी भइसकेको जानकारी पाएको छैनस् मनुवा ?’

म हतप्रभ भएँ । मेरो मथिङ्गलको संसार एक पटक फनन्न घुम्यो । ‘के हाम्रा बारी, खोल्सा र पखेरातिर झुप्पाका झुप्पा फल्ने टिम्मुरको बिउ नै नासियो त अब रु’ यो आफ्नै प्रश्न बडेमाको घन बनेर आफ्नै मस्तकमा ठोकिन थाल्यो । पेट फुलाएर गजक्क बसेको जुकालाई लल्कार्दै म चिच्याएँ–

‘तेरा मुखमा नून छर्नु पर्ने।।।।।’

‘नेशनल ट्रेडिङ लिमिटेडपछि लगत्तै, नून आयात गर्ने नेपालको एकमात्र निकाय साल्ट ट्रेनिङ कर्पोरेसनलाई मैले निजिकरण गरिसकेँ मनुवा ।’ चुसेको रगत छाद्नु पर्ने जुको त समढन्न भएको पेट मुसार्दै मतर्फ मन्द मुस्कान छादिरहेको थियो ।

‘पाजी जुकाको यत्रो हैसियत ? यत्रो पहुँच ? यो कसरी सम्भव भयो हँ ?’

यो देशका ए चालक सञ्चालकहरू हो ! दुष्ट जुकाको सर्वनाश नगरी राष्ट्रको समृद्धि सम्भव छैन । जुकाको मुखमा टिम्मुर हाल्न पुग्ने गरी यसको राष्ट्रिय उत्पादन आवश्यक छ । ढिलो नगरी देशै भरिका कृषकहरूलाई टिम्मुर खेतीतर्फ प्रोत्साहन गर । घातक जुकाहरूको डसाइबाट आजित भएको म चाहिँ बिना अनुदान टिम्मुर नर्सरी निर्माण गर्ने अभियानमा समर्पित भएको घोषणा गर्दछु ।

  • Sahitya Sagar
    Sahitya Sagar
Sahitya Sagar
Sahitya Sagar
Post Views: 252
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

सुस्ताएको हास्यव्यंग्य साहित्य

August 24, 2021

गाईजात्रामा हास्यव्यंग्य : सेलायो प्यारोडी

August 23, 2021

जुका

July 20, 2021

सडक

July 8, 2021

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.