मूल लेखक
अल्फ्रेड लर्ड टेनिसन ( सन् १८०९–१८९२) बेलायतका प्रसिद्ध कवि हुन्। उनी बेलायतको लिङ्कन सहरमा जन्मेका थिए। उनले क्याम्ब्रिज विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गरेका थिए। उनी विद्यार्थी जीवनमा उम्दा विद्यार्थीको समूहमा पर्थे। उनका सहपाठी आर्थर ह्यालम् पनि तेजी विद्यार्थी थिए। टेनिसन र यिनको घनिष्ठता थियो। अप्रत्यासित रूपमा आर्थरको सन् १८३३ मा असामयिक निधन भयो। यसले टनिसनलाई आहात बनायो। उनको मृत्युले टनिसनलाई “इन मेमोरियम” शोक कविता लेख्न प्रेरित गर्यो। उनको यही शोक कविता पहिलो बेजोड रचना मानिएको छ। सन् १९५० मा टेनिसनको इमिली सेल्वुडसित विवाह भएको थियो। उनी आफ्ना अमर रचनाकै कारण विलियम वर्डस्वर्थपछि वेलायतकाच कविशिरोमणि भएका थिए। १८८४ मा उनलाई पियरको (Poet Laurate) उच्च पदवी दिइएको थियो। टेनिसन आफ्नो समयका प्रख्यात कवि थिए। उनी अङ्ग्रेजी साहित्य परम्परामा भिक्टोरियन कालको प्रमुख कवि मानिन्छन्। त्यो समयको काव्यधारा, संस्कार र प्रवृत्तिलाई राम्ररी प्रस्तुत गर्न सफल भएका कविका रूपमा चिनिन्छन्। उनका थुप्रै गीतिकविताहरू प्रकाशित छन्। उनको In Memoriam शोककविता धेरै पढिएको र विश्वप्रसिद्ध भएको कविता हो। टेनिसन गीतिकविताका अमर स्रष्टा भनेर चिनिन्छन्। साहित्यसागरको प्रस्तुत शृङ्खलामा टेनिसनको Tears Idle Tears शीर्षकको कविताको नेपाली अनुवाद प्रस्तुत गरिएको छ। यो अनुवाद कवि सीताराम अधिकारीले गरेका हुन्। यस कवितालाई नेपाली साहित्यका राष्ट्रकवि माधवप्रसाद घिमिरेको गाैरीसँग तुलनात्मक अध्ययन गर्न सकिन्छ।
-सम्पा.
|
अनुवादक
सीताराम अधिकारीको परिचय साहित्यसागरका अघिल्ला शृङ्खलामा समेटिइसकेको छ। उनी नेपाली साहित्यका राम्रा स्रष्टाका साथै नेपाली र अङ्ग्रेजी दुवै भाषामा दोहोरो अनुवाद गर्न सक्ने सामथ्र्यसम्पन्न अनुवादक हुन्। यस शृङ्खलामा उनको प्रसिद्ध बेलायती कवि अल्फ्रेड लोर्डटेनिसन (Alfred Lord Tennyson) को Tears Idle Tears शीर्षकको अङ्ग्रेजी कविताको नेपाली अनुवाद बल्झिएका आँसुहरू शीर्षकमा समेटिएको छ। -सम्पा.
|
उर्ले आँसु प्रतिपल यहाँ मर्मभेदी बनेर
चस्क्यो छाती चररर अहो वेदना बल्झिएर
भुल्भुल् गर्दै अतल उरमा भुल्भुलाएर भारी
तातो पोल्ने बररर झरे आँसुका भेल भारी।१हुन्थे प्यारो तरुण वयमा कुक्कुको कुक्कु खेल
हेर्दै मीठो कलरव गलाभित्रको हेलमेल
छैनन् भागे दिन किन अहो शारदी यै धराका
तातो पोल्ने बररर झरे भित्रका अश्रु धारा।२पैलो झुल्का जल–वह घुमी आउँदा चुप्प चुम्छ
बोकी साथी क्षितिज परका ल्याउँदा हर्ष हुन्छ
भन्थे पाएँ अब सह्दयी फर्किए पारिबाट
किन्तु स्वप्नासरि हुन गयो आँसुकै भो ललाट।३पीडा बुल्बुल् मन उदरमा बल्किने गर्छ चर्को
काला मैला दिन गरम छन् ग्रीष्मको भार अर्को
सुन्दै गाना वियुत मनमा अर्ध–जागा चरीको
प्राणान्त श्री श्रव नयनमा झर्छ झर्ना झरीको।४बर्सिन्छन् ती सुखद वयका दृश्य आलोक भर्दै
पाएँ भन्दै प्रमुदित बनूँ अल्पिने मोह भर्दै
हेर्दै दैलो अलिअलि खुली वैलिने आर्त जस्तै
भोगूँ भन्दा दिन धमिलिने अँसुको धार उस्तै।५

बैंसालु ती प्रिय दिन बिते आज कालो तुवाँलो
वैल्यो आशा अब मिलनको जिन्दगी नै धुँवालो
उम्रेको त्यो अमर बिरुवा या छुकी प्रेम पैलो
छैनन् ऐले सब पर भए आँसुकै भेल भैलो।६