मूल लेखकनिकोलाई गोगोल सानो रुसका नामले समेत परिचित युक्राइनको पोल्तामा प्रान्तको मिर्गोरोद जिल्लाको सोरोचिन्जी भन्ने ठाउँमा १८०९ को अप्रिल १ तारिखका दिन जन्मिएका हुन् । उनी रुसी साहित्य र विश्व साहित्य जगत्मा यथार्थवादी साहित्यका जनकका रूपमा ख्यातिप्राप्त साहित्यकार हुन् । १८३० मा उनले पितृभूमिका टिपोटहरू नामक पत्रिकाको मार्च अङ्कमा उनको पहिलो कथा सेन्ट जोहनको साँझ प्रकाशित गरे । त्यसपछि १८३१ सेप्टेम्बर र १८३२ मार्चमा उक्राइनी विषयवस्तुका प्रत्येक खण्डमा चार–चारवटा कथा समावेश भएका दिकाङ्का नजिकको फारामका साँझहरूका दुई खण्ड प्रकाशित गरे । एकजना युवा लेखकका रूपमा सफलताको शिखर चुमिसकेका गोगोल १८३६ मा स्विट्जरल्यान्ड, प्यारिस र रोमको विदेश यात्राका लागि रुसबाट प्रस्थान गरे । उनको बाँकी जीवनको १६ वर्षमध्ये १२ वर्ष उनले विदेशमा बिताए । १८४१ को शिशिरऋतुमा गोगोल उनको मृतात्माको प्रकाशनको पहिलो संस्करण हेर्नका लागि विदेशबाट रुस फर्किए । १८४२ मा पुस्तक प्रकाशित भएपछि गोगोल फेरि बाहिर गए । यस पटक उनी ६ वर्षका लागि बाहिर गएका थिए । पछि, १८४२ मा (मृतात्मा बाहेकका) अरू सबै कृतिहरू एकतृत गरिएको कृति ४ ग्रन्थमा पिटर्सवर्गमा प्रकाशनमा आयो । तेस्रो ग्रन्थमा प्रकाशित उनका पहिला रचनाहरूमध्ये उनको अन्तिम कथा ओभरकोट पनि थियो । यो कथाको सिर्जनापछि गोगोल एक दशक जीवित रहे । तर यति बेलासम्म उनको सिर्जनात्म जीवन पूर्ण रूपमा समाप्त भइसकेको थियो ।
– सम्पा. |
अनुवादक
हरिहर खनाल नेपाली साहित्यका स्रष्टा, द्रष्टा एवम् कुशल अनुवादक हुन् । उनको परिचय साहित्यसागरका अघिल्ला शृङ्खलामा समेटिइसकेको छ । यस श्रृङ्खलामा उनले गरेको निकोलाई गोगोलको ‘ओभरकोट’ कथाको अनुवादको दोस्रो खण्ड समेटेका छौँ । – सम्पा. |
अघिल्लो शृङ्खलाबाट क्रमश :
९.
“नयाँ” शब्द सुनेपछि अकाकिए अकाकिएभित्रको आँखा अगाडि अँध्यारो छायो । कोठाका सबै चिज फनफनती घुम्न थाले । उसले स्पष्ट रूपमा देखेको एउटै मात्र वस्तु पेट्रोभिचको पानसको बिर्कोमा भएको कागजको मुहारसहितको अधिकृत थियो । मानौँ कि अझै पनि सपनामा भएझैँ उसले भन्यो, “किन, त्यसका लागि मसित पैसा छैन ।”
“हो, नयाँ,” पेट्रोभिचले असभ्य मुद्रामा भन्यो ।
“ल, नयाँ नै बनाउनु पर्ने हो भने, यसको कति––?”
“तपाईँको आसय कति दाम पर्छ भन्ने हो ?”
“हो”
“एक सय पचास वा त्यसभन्दा पनि बढी लाग्छ ।” पेट्रोभिचले यति भन्यो र अर्थपूर्ण रूपमा चुप लाग्यो । उसलाई जब्बर किसिमको प्रभाव सिर्जना गर्न, नराम्ररी स्तव्ध पार्न र स्तव्ध भएको त्यस व्यक्तिको अनुहार त्यस कुराप्रति कस्तो छ भनेर हेर्न मन लागेको थियो ।
“एउटा ओभरकोटका लागि एक सय पचास !” बिचरो अकाकिए अकाकिएभिच उसको जीवनमा सायद पहिला पटक चिच्च्यायो, किनभने उसको स्वर सधैँ नम्रताका लागि प्रशिद्ध थियो ।
“हो महासय,” पेट्रोभिचले भन्यो “कुनै पनि किसिमको ओभरकोटका लागि । यदि कलरमा धोबिनी चराको प्वाँख राख्ने हो भने, र त्यसमा रेशमको टोपी गाँस्ने हो भने त्यसको दुई सयसम्म पर्न जान्छ ।”
“पेट्रोभिच, कृपया,” उसको कुरा नसुनी, उसले भन्न चाहेको कुरा सुन्ने प्रयत्न नै नगरीकन र त्यसका सबै नतिजालाई बेवास्ता गर्दै अकाकिए अकाकिएभिचले अनुनयको स्वरमा भन्यो, “कलिकति मरमत गर्दा केही दिनसम्म त चल्छ होला ।”
“हुँदैन, समय र धनको दुरूपयोग मात्रै हुन्छ ।” पेट्रोभिचले यसो भनेपछि ऊ एकदम निराश भएर अकाकिए अकाकिएभिच त्यहाँबाट हिँड्यो । ऊ गएपछि पेट्रोभिचले अर्थपूर्ण रूपमा ओठ बाँधेर एकछिन उभियो र त्यसपछि आपूmलाई आफ्नो कामतिर नलगाई, ऊ आफ्नो निर्णयमा दृढ रहने छ, त्यसबाट टसमस हुने छैन भन्ठान्दै, आपूm एउटा गतिलो कामकाजी सुजिकार भएकोमा सन्तुष्ट भयो ।
अकाकिए अकाकिएभिच सपनामा पो हो कि झैँ गरी सडकमा निस्कियो । “यस्तो मामला,” उसले आफैँसित भन्यो, “यस्तो होला भन्ने मैले सोचेकै थिइन ।” त्यहाँबाट, एकछिनको बिश्रामपछि, उसले भन्यो, “हेरौँ, अब के हुन्छ । तर यस्तो होला भनेर मैले कहिल्यै पनि ठानेको थिइन ।” त्यसपछि धेरै बेरसम्म सन्नाटा छायो । त्यसपछि उसले आश्चर्यचकित भावमा भन्यो, “ठीक छ, आखिर कुरा यस्तो हो ! पहिले नै के भएको ––, अकल्पनीय केही पनि होइन––, केही पनि हुने छैन––, कस्तो अचममको परिस्थिति ––, ” यति भनेर घरको बाटो समात्नुको साटो, ऊ त्यसको ठीक विपरित दिशातिर लाग्यो । बाटामा चिमनी सफा गर्ने एकजना मान्छेसित ठोक्किन पुग्यो, उसको काँध ध्वाँसोले कालो हुन पुग्यो, र बन्दै गरेको घरको छतबाट फालेको एक गङ्गुर फोहोर उसको टोपमाथि पर्यो । उसले त्यो देखेन र त्यहाँबाट दौडँदा भाला र बञ्चरोसहितको आफ्नो हतियार नजिकै राखेर बत्तीको सलेदो आफ्नो खस्रो हातमा झारिराखेको चौकिदारलाई देखेपछि बल्ल त्यसको अलिकति होस सुल्यो । त्यसपछि चौकिदारले भन्यो, “अर्काको काममा किन हस्तक्षेप गरिरहेका छौ ? पदलमार्ग छैन ?” यो सुनेपछि अकाकिए अकाकिएभिचले बाध्यताबस उतिर हेर्यो । त्यसपछि ऊ घरतिर फर्कियो ।
१०.
त्यहाँबाट मात्र, एउटा समझदार साथी, जससित निजी र व्यक्तिगत समस्याका विषयमा परामर्श गर्न सकिन्छ, त्यसरी नै उसले यथार्थ र सुस्पष्ट रूपमा उसको अवस्थाबारे परीक्षण गर्न र आफैँसित तर्क गर्नका लागि आफ्ना विचारहरूलाई एकत्रित गर्न सुरु गर्यो । “होइन, अब पेट्रोभिचलाई सम्झाउन असम्भव छ । ऊ यस्तो मान्छे हो – उसलाई उसकी स्वास्नीले पिटेको स्पष्ट छ । म त्यसकाहाँ आइतबार बिहान जान राम्रो होला । अनिबार रातिदेखि ऊ बटारिएका आँखासँगै निद्राले लद्दु परेको हुने छ, किनभने त्यति बेला ऊ रक्सीले मातेको हुने छ र उसकी स्वास्नीले उसलाई एक पैसा पनि दिने छैन । र त्यस्तो बेलामा उसको हातमा दश कोपेक पर्दासमेत– ऊसित कुराकानी गर्न उपयुक्त हुने छ, र त्यसपछि ओभरकोट र त्यो––” यसरी अकाकिए अकाकिएभिचले आफैसित तर्कवितर्क गर्यो र उसको साहसलाई पुनर्ताजगी गरायो र पहिलो आइतबारसम्म पर्खेर बस्यो । पेट्रोभिचकी स्वास्नीले उसलाई एक्लै छोडेर हिँडेको टाढैबाट देखेपछि ऊ सोझै उसको कोठातिर हानियो ।
पेट्रोभिचको आँखा आइतबारपछि वास्तबमा नै निकै टेढो देखिएको थियो र उसको टाउको पनि लत्रेको थियो । ऊ निद्राले झुम परेको थियो, तर त्यति हुँदाहुँदै पनि विषय के हो भन्ने थाहा पाउने बित्तिकै, कुनै शैतानले उसको स्मरणलाई जगाइदिएझैँ गरी उसले भन्यो, “असंभव, कृपया नयाँ बनाउने अर्डर दिनुस् ।” त्यसपछि अकाकिए अकाकिएभिचले उसको हातमा दश कोपेक राखिदियो । “धन्यवाद महाशय, तपाईँको सुस्वास्थको लागि म पिउँला, तर जहाँसम्म ओभरकोटको सवाल छ, यस विषयमा आपूmलाई दु:ख नदिनुस् । त्यो काम लाग्दैन । म तपाईँकधा लागि एकदम काइदाको नयाँ कोट बनाउँला । त्यसकारण यस विषयमा कुराकानी टुङ्ग्याऊँ ।”
अकाकिए अकाकिएभिच अझै पनि पुरानो ओभरकोटलाई टालटुल गर्नै पक्षमा थियो, तर प्ट्रोभिच उसको कुरा सुन्नेवाला थिएन, र उसले भन्यो, “ तपाईँका लागि निश्चित रूपमा मैले नयाँ ओभरकोट बनाउनुपर्छ, र त्यसलाई राम्रो बनाउन मैले हरसंभव प्रयास गर्ने छु । अहिलेको चलनचल्तीअनुसार, कलरलाई एउटा फितामुनि चाँदीको अङ्कुसेले बाँध्न सकिन्छ ।”
त्यसपछि अकाकिए अकाकिएभिचले के देख्यो भने नयाँ ओभरकोट बनाउन असम्भव छ, र त्यसपछि उसको उत्साह नराम्ररी सेलायो । वास्तवमा यसलाई कसरी गरिनुपर्छ होला ? दाम कहाँबाट आउँछ ? के हुनसक्छ भने, आंशिक रूपमा, ऊ क्रिसमसका समयमा प्रप्त हुने उपहारमा भर पर्न सक्छ । तर त्यो पैसा त धेरै पहिले नै अर्कै कामलाई छुट्याइसकिएको थियो । उसले केही नयाँ पाइन्ट किन्नुपर्ने छ र पुरानो बुटको माथिल्लो भाग मरमत गरेको यस अघि नै सार्कीलाई दिनुपर्ने बाँकी दाम तिर्नुपर्ने छ र उसले दमिनीकाहाँ तीनवटा कमिजका लागि पनि बैना गर्नुपर्छ र एक दुई थान तन्ना र टेबलपोस बनाउने कपडा पनि किन्नु छ । सङ्क्षेपमा, उसको सबै पैसा खर्च हुने छ, यद्यपि चालीस रुबलको सट्टा पैँतालीस रुबल वा अझै पचास रुबलसम्म पनि उसले पाउने गरी आदेश दिन निर्देशक धेरै दयालु हुनसक्थ्यो, त्यसले, ओभरकोट किन्ने प्रबन्ध मिलाउनका लागि, समुद्रमा एक थोपा पानी भनेजस्तै त्यसबाट केही पनि हुनेवाला थिएन । यद्यपि पेट्रोभिच रिस उठ्ने किसिमको दाम झट्ट भनिहाल्ने कुरामा गलत किसिमले पेस हुन्छ भन्ने कुरा उसलाई थाहा थियो, जसबाट उसकी स्वास्नी समेत, “तिमीले होस गुमायौ कि क्या हो मूर्ख ?” भनेर चिच्याउने कामबाट आफूलाई रोक्न सक्तिन थी । एकै पटकमा ऊ कुनै पनि दाममा ऊ मञ्जुर हुनेछैन, र अब विल्कुलै के संभव थियो भने ओभरकोटलाई जति पर्ने हो उसले त्यसभन्दा निक्कै बढी दाम भनेको हुनसक्थ्यो ।
११.
तर पेट्रोभिचले असी रुबलमा ओभरकोट तयार गर्ने जिम्मेवारी लिने छ भन्ने कुरा उसलाई थाहा थियो, तथापि, उसले असी रुबल कहाँबाट पाउँछ होला ? सम्भवत उसले आधाजति जुटाउन सक्ला । अँ, आधा व्यवस्था गर्न सकिएला, तर बाँकी आधा कहाँबाट आउँछ होला ? तर पाठकलाई पहिलो आधा कहाँबाट आउँछ भन्ने कुरा भनिदिनु पर्छ । अकाकिए अकाकिएभिचले जति रुबल खर्च गथ्र्यो त्यसबाट एक ग्रोउसन (रुबलको इकाई, एक पैसा भनेजस्तै, अनु.) पैसा खसाल्नका लागि बिर्कोमा सानु लाम्चो प्वाल भएको एउटा सानु बाकसजस्तो खुत्रुके थियो र खुद्रा पैसा त्यसैमा खसाल्ने र त्यसलाई बन्द गरेर साँचो लगाउने उसको बानी थियो । प्रत्येक ६ महिनाको अन्त्यमा उसले ती तामाका सिक्का गन्थ्यो र तिनलाई चाँदीका सिक्कासित साटेर राख्थ्यो । धेरै अगाडिदेखि उसले यसो गर्दै आएको थियो र समयको दौरानमा त्यो रकम चालीस रुबलभन्दा बढी भैसकेको थियो । यसरी ऊसित आधा रकम ऊसितै थियो, तर बाँकी रहेको आधा रकम कहाँ पाउने होला ? उसले अर्को चालीस रुबल काहाँबाट ल्याउने होला ? अकाकिए अकाकिएभिचले सोच्नसम्म सोच्यो र अन्त्यमा उसले एक वर्षका लागि उसको सामान्य खर्चमा कटौती गर्नु आवश्यक छ भन्ने निर्णय गर्यो । साँझको चियापानी घटाउनु, अँध्यारोमा मैनबत्ती नबाल्नु, र त्यसको ठाउँमा घरबेटी आमाको कोठामा गएर त्यहीँको बत्तीको उज्यालोमा आफ्नो काम गर्नु थियो । जब ऊ सडकमा निस्कन्थ्यो, सकेसम्म गेगरमा कुर्कुच्चाले नटेकीकन सकेसम्म हल्का किसिमले सतर्कतापूर्वक, खुट्टाका पञ्जाले टेकेर बिस्तारै हिँड्थ्यो जसबाट उसको जुत्ताको हिल खिइनबाट जोगिन्थ्यो । उसले धोबीलाई धुन दिनुपर्ने कपडा पनि कम गर्ने र लगाउने कपडा चाँडै नफाटुन् भन्नाका खातिर घर पुग्ने बित्तिकै लगाएको पोशाक फुकालेर धेरै अगाडिदेखि जतनसाथ राखिएको सुतीको गाउन लगाउनु पर्छ ।
साँचै भन्नुपर्दा, सुरुमा यी बन्देजहरूको सामना गर्न उसलाई निकै मुस्किल परेको थियो, तर ती सबै कुराहरूमा बिस्तारै बानी पर्न थाल्यो र सबै कुरा सहज हुँदैगयो । उसलाई साँझपख भोक लाग्ने बानी नै परेको थियो, तर मानौं, भविष्यको ओभरकोटको कुरा मनमा राखेर, हिम्मतका साथ, उसले त्यसलार्य बिस्तारै आफै नियन्त्रण गर्ने प्रयत्न गर्यो । मानौँ ऊ विवाहित मानिस हो कि झैँ गरी, वा एक्लै बसेको थिएन वा कुनै खुसमिजास मित्रले जीवनको बाटोमा ऊसित सँगै हिड्ने स्वीकृति प्रदान गरेको थियोझैँ गरी खुसी देखियो । त्यो मित्र बाक्लो गद्धासहितको र फाट्तै नफाट्ने किसिमको बलियो भित्री भएको ओभरकोटभन्दा अरू कोही होइन । त्यसपछिका दिनमा उसको जीवन कुनै किसिमले पूर्ण भएको जस्तो देखियो । ऊ अरू बढी सक्रिय भयो र उसको स्वभावसमेत कुनै लक्षमा पुग्न दृढतापूर्बक हिँडेको मानिसकोजस्तै अरू बढी दृढ देखियो । उसको अनुहार र हिँडाइको चालढालबाट, उसको दुविधा र संशय, सबै प्रकारका हिचकिचाहट र अस्थिरपनका लक्षणहरू आफैँ हराएर गए । उसका आँखा चम्किला देखिए र बेलाबेलामा, उदाहरणका लागि, कलरमा धोबिनी चराको प्वाँख किन नराखने ? जस्ता एकदम सुस्पष्ट र दृढ विचारहरू उसका मनमा प्रस्फुरण हुन थाले । यस्तो विचारले उसलाई लगभग भुलक्कड बनायो । एक पटक, एउटा चिडीको प्रतिलिपि उतार्दा, यसले झन्डै गल्ती गरेको ! त्यति बेला उसले सुनिने गरी “ओ हो” भन्यो र छातीमा क्रस चिन्ह बनायो । ओभरकोटका विषयमा प्रत्येक महिनाको एक पटक पेट्रोभिचसित कपडा कहाँ, कुन रङको र कति दामको किन्दा ठीक होला भन्ने विषयमा कुराकानी हुन्थ्यो । यद्यपि उसलाई कठिनाईको सामना गर्नु परेको थियो, अन्त्यमा सबै कुरा किनिने छ र कोट तयार गरिने छ भन्ने कुराको प्रतिविम्बन उसको अनुहारमा प्रदर्शन गर्दै ऊ फर्कन्थ्यो ।
१२.
उसले आशा गरेभन्दा छिटो गतिमा काम अगाडि बढ्यो । चालीस वा पैँतालीस रुबल पाउने उसको अपेक्षाभन्दा अति धेरै, अकाकिए अकाकिएभिचलाई निर्देशकले साठी रुबल पुरस्कार दियो । उसले अकाकिए अकाकिएभिचलाई एउटा ओभरकोटको आवश्यकता परेको छ भन्ने अनुमान गरेर हो कि यत्तिकै संयोगबस हो, बीस रुबल थप दिएको थियो । यो बातावरणले कामलाई अति छिटो गतिमा अगि बढायो । दुई वा तीन महिनाको उपबासपछि अकाकिए अकाकिएभिचले झण्डै असी रुबलजति जम्मा गरेको थियो । सामान्य गतिमा चलिरहेको उसको मुटुको धड्कन बढ्न थाल्यो । पहिलो संभाव्य दिनमा नै ऊ पेट्रोभिचसँगै सामान खरिद गर्न गयो । उनीहरूले उचित दाममा धेरै राम्रोखाले कपडा किने । जस्तोकि, त्यो काम तिनीहरूले छ महिनाभित्रमा पूरा गर्ने योजना बनाइरहेका थिए, र तिनीहरू त्यस विषयमा सोधखोज गर्न पसलमा नगएको केबल एक महिनाजति मात्र भएको थियो, पेट्रोभिचले यसभन्दा राम्रो कपडा पाउन मुस्किल थियो । भित्रीको लागि तिनीहरूले सुतीको कपडा रोजे । तर त्यो यस्तो बाक्लो र कडा खालको थियो कि पेट्रोभिचले त्यसलाई रेशमको भन्दा पनि अझ राम्रो र चिप्लो छ भन्यो । उनीहरूले धोबिनीचराको प्वााख किनेनन्, किनभने त्यो वास्तवमा मह«्गो थियो । त्यसको सट्टा तिनीहरूले त्यस पसलमा पाइने एकदम राम्रोखाले बिरालाको छाला खरिद गरे जुन अलिकति परबाट हेर्दा धोबिनीचराको प्वाँखजस्तै देखिन्थ्यो ।
पेट्रोभिचले ओभरकोट सिउने काम गर्नका लागि पूरा दुई हप्ता काम गर्यो, किनभने त्यसमा तग्नुपर्ने थुप्रै काम थियो । नभए त त्यो धेरै पहिले सकिने थियो । उसले त्यसका लागि १२ रुबल लगायो । त्यसभन्दा कम्ती दाममा त्यो काम गर्न सकिने थिएन । त्यसमा सबैतिर सानो मसिनो नेफा हालेर रेशमको धागोले सिलाइएको थियो; र पेट्रोभिचले पछि प्रत्येक नेफामा बिभिन्न प्रकारका बुट्टा पर्ने गरी आफ्ना दाँतले च्यापेर मिलाएको थियो ।
कुन दिन हो, त्यो स्पष्ट रूपमा भन्न गाह्रो छ, तर अकाकिए अकाकिएभिचको जीवनमा त्यो एउटा महत्वपूर्ण दिन थियो–– अन्त्यमा जुन दिन पेट्रोभिचले ओभरकोट अकाकिए अकाकिएभिचको घरमा लिएर आयो । उसले त्यसलाई बिहानको समयमा, अकाकिए अकाकिएभिच विभागमा जानुभन्दा ठीक एक घण्टा अगाडि लिएर आएको थियो । एकदम ठीक बेलामा ओभरकोट कहिल्यै पनि आइपुगेको थिएन, किनभने जाडो सुरु भैसकेको थियो र अझै बढ्र्छ कि जस्तो लाग्थ्यो । एकजना सुजिकारका लागि उचित हुने गरी पेट्रोभिचले ओभरकोट आफैँले लिएर आएको थियो । उसको मुहारमा एक प्रकारको अर्थपूर्ण भाव थियो, जस्तो कि अकाकिए अकाकिएभिचले त्यस्तो भाव कहिल्यै पनि देखेको थिएन । उसले सानो काम गरेको थिएन भन्ने कुरामा ऊ पूर्ण विश्वस्त देखिन्थ्यो, र उसले एउटा खोल्सो पार गरेर आएको थियो जुन खोल्साले भित्री मात्र राख्ने र मर्मत गर्ने सुजिकारहरूलाई नयाँ पोशाक बनाउने सुजिकारहरूसित छुट्ट्याउँथ्यो । उसले हाते रुमालमा बाँधेर ल्याएको ओभरकोटलाई रुमाल फुकालेर बाहिर निकाल्यो । रुमाल भर्खरै धोएर ल्याएको थियो र उसले त्यसलाई आफ्नो प्रयोजनका लागि गोजीमा राख्यो । ओभरकोट बाहिर निकालेर उसले त्यसलाई सगर्व हेर्यो, दुवै हातले माथि उचाल्यो र अकाकिए अकाकिएभिचको काँधमा जतनपूर्वक घुसारिदियो । त्यसपछि उसले त्यसलाई तानतुन गर्यो र टाँक नलगाइकन उसका आफ्नै हातले अकाकिए अकाकिएभिचको शरीरमा तानतुन गरेर मिलाइदियो । अकाकिएभिचले, एउटा अनुभवी मानिसले झैँ, बाहुला जाँच्न खोज्यो । पेट्रोभिचले उसलाई त्यस काममा सघायो, र के देखियो भने बाहुला पनि सनतोषजनक थिए । सङ्क्षेपमा, ओभरकोट मौसमअनुसारको र एकदम ठीक किसिमको देखियो । पेट्रोभिचले ऊ एउटा साँगुरो गल्लीमा बसेको थियो, साइनबोर्ड थिएन र अकाकिए अकाकिएभिचलाई धेरै पहिल्यैदेखि चिनेको भएर मात्र यति सस्तो मूल्यमा तयार गरिदिएको थियो भन्ने कुरा बताउन मात्र छुटाएको होइन कि नेभ्स्कीजस्तो विकसित अपार्टमेनटमा बसेको भए ऊसले सिलाएको मात्र ७० रुपियाँ ज्याला लगाउँथ्यो समेत भन्यो । यस विषयमा अकाकिए अकाकिएभिचलाई पेट्रोभिचसित तर्कबितर्क गर्न मन लागेन । उसले पेट्रोभिचलाई भन्यवाद दियो र विभागमा जानका लागि नयाँ ओभरकोट लगाएर तत्कालै हिँड्यो । पेट्रोभिचले ऊसलाई पच्छ्यायो, र गल्लीमा रोकिएर अलिकति टाढाबाट धेरैबेरसम्म ओभरकोटतिर हेर्यो, त्यसपछि विशेष उद्धेश्यसहित, ओभरकोटलाई एक पटक फेरि अर्कोतिर, अगाडिबाट हेर्ने विचारले किनारतिर लागेर घुमाउरो बाटाको घुम्तीबाट छेकारो काटेर पछाडिबाट फेरि सडकमा निस्कियो ।
१३.
यसै बिचमा अकाकिए अकाकिएभिच बिदामा भएको मनस्थितिमा थियो । उसको काँधमा नयाँ ओभरकोट परेको छ भन्ने कुरामा ऊ हरपल सचेत थियो र आन्तरिक सन्तुष्टी सहित ऊ धेरै पटक हाँसेको थियो । वास्तबमा त्यसबाट दुईवटा फाइदा थिए, एउटा त्यसको न्यानो र अर्को त्यसको सुन्दरता । उसले सडकका केही चिज पनि देखेन र आँपूmलाई एक्कासी विभागमा पुगेको पायो । उसले ओभरकोट फुकालेर सानो कोठामा राख्यो, त्यसलाई राम्ररी हेर्यो र चौकीदारलाई त्यसको रेखदेख गर्न लगायो । विभागका प्रत्येक कर्मचारीले अकाकिए अकाकिएभिचको टोपीरहितको नयाँ ओभरकोटका विषयमा एकै छिनमा कसरी थाहा भन्ने कुरा ठीक ठीक किसिमले बताउनु असम्भव छ । र त्यति नै बेला, उसको कोट हेर्नका लागि सबैजना त्यतै दौडिए । तिनीहरूले उसलाई बधाई दिए र उसको मन प्रसन्न हुने कुरा गरे जसबाट ऊ मुस्कुरायो र त्यसपछि लज्जित भयो । जब सबैले उसलाई घेरे र नयाँ कोटको न्वारन गर्नुपर्छ र त्यसका लागि उसले त्यो साँझ पूरै त्यसैका लागि बिताउनु पर्छ भने, अकाकिए अकाकिएभिचको पूरै होस गुम भयो । ऊ रातोपिरो भएर उभिइरह्यो । अब के उत्तर दिने वा यसबाट कसरी पार पाउने त्यो उसले खुट्टयाउन सकेन । उसले त्यो कारणले यो नयाँ होइन, पुरानै ओभरकोट हो भन्ने कुरा तिनीहरूलाई अत्यन्त सामान्य किसिमले भनेर विश्वास दिलाउने प्रयत्न गर्यो ।
कर्मचारीहरूमध्ये एकजना सहायक हाकिमले ऊ घमण्डी छैन र उसका साथीहरूसित यसको राम्रो सम्बन्ध छ भन्ने कुरा देखाउनका लागि विस्तारपूर्वक भन्यो, “ल, अब यस कुरालाई यहीँ रहन दिऊँ । अकाकिए अकाकिएभिचको तर्फबाट भोज म खुवाउँछु । आज बेलुकी तपार्इंहरू सबैलाई मसित सँगै चिया खानका लागि मेरोतर्फबाट निम्तो छ । यसको विषेश : कारण छ, आज मैले नियुक्ति पाएको दिन हो ।” कर्मचारीहरूले स्वाभाविक रूपमा उसलाई धन्यवाद दिए र खुसीसाथ उसको निमन्त्रणलाई स्वीकार गरे । अकाकिए अकाकिएभिचले त्यो अस्वीकार गर्ने विचार गरेको थियो, तर सबैले त्यसो गर्नु अशिष्ट, अशोभनीय र लज्जाजनक हुन्छ र उसले त्यो प्रस्ताव अस्वीकार गर्नु हुँदैन भनेपछि, साथै साँझमा समेत उसलाई उसको नयाँ ओभरकोट लगाउने अबसर मिल्ने छ भन्ने कुराको स्मरण भएपछि त्यो विचार उसलाई आनन्ददायक लाग्यो ।
अकाकिए अकाकिएभिचका लागि त्यो पूरै दिन वास्तवमा एउटा अत्यन्त विजयोत्सवपूर्ण चाडजस्तै भयो । मन अत्यन्त खुसी भएको समयमा ऊ घर फर्कियो । ओभरकोट फुकाल्यो र त्यसको कपडा र भित्रीलाई आदरभावमा हेर्यो । त्यसलाई जतनपूर्वक भित्तामा झुण्ड्यायो । त्यसपछि तुलना गर्नका लागि उसले पुरानो फाटेको ओभरकोट ल्यायो । उसले त्यसलाई हेर्यो र हाँस्यो । एकदम धेरै फरक थियो । खाना खाएको धेरैबेरपछि जब उसको मनमा ओभरकोटको अवस्थाबारे फेरि सम्झना आयो, ऊ फेरि हाँस्यो । उसले उल्लासपूर्ण वातावरणमा बेलुकीको खाना खायो र खानापछि केही पनि लेखेन, बरु अँध्यारो नभएसम्म ओछ्यानमा त्यत्तिकै पल्टियो । त्यसपछि उसले विस्तारै लुगा लगायो ओभरकोट उन्यो र सडकतिर सोझियो । आतिथ्य पैदा नगर्ने मान्छे कहाँ बस्थ्यो, त्यो उसलाई थाहा थिएन । उसको स्ममरणशक्तिले उसलाई नराम्ररी धोका दियो । त्यसप्रति उसलाई खेद लाग्यो । सेन्ट पिटर्सबर्गका घरहरू मानिसहरूका दिमागमा यति धेरै छ्यासमिसे भएका थिए कि कुनै पनि चिजलाई त्यही रूपमा फेला पार्नु निकै कठिन भइसकेको थियो । कति कुरा निश्चित थियो भने खातिरदारी गर्ने त्यो अधिकारी सहरको एकदम राम्रो क्षेत्रमा बसेको थियो । त्यस कारण त्यो जे भए पनि अकाकिए अकाकिएभिचको बासस्थानभन्दा धेरै पर थिएन भन्ने चाहिँ निश्चित थियो । अकाकिए अकाकिएभिचले मधुरो प्रकाश छरिएको एउटा सुनसान गल्ली र बञ्जरभूमि पार गर्नुपर्ने भयो । तर जब ऊ शहरमा अधिकृतको क्वार्टर नजिक पुग्यो, बाटोघाटो तुलनात्मक रूपमा अरू बढी जीवन्त र अझ बढी झिलिमिली हुँदै गयो । पैदलयात्रीहरू भेट हुन थाले । राम्रो सिँगारपटार गरेका महिलाहरू घरिघरि भेट हुन थाले । पुरुषहरूका कोटका कलरमा सामुद्रिक जनावर अटरको भुवादार छाला राखिएको थियो; खुरमा पित्तलका खोल ठोकिएका आगोजस्ता स्फुर्तिला घोडाहरूले तानिएको घोडागाडीका चालक किसानहरू टाढा टाढा हुादै गैरहेका थिए, जब कि, अर्कोतिर, रातो मखमलको टोपी लगाएका धेरै चालकहरू, टलक्क टल्किएका चिल्ला घोडागाडीहरू र भालुको छालाबाट बनेको कोट लगाएका मानिसहरू, देखिनथाले –चालकको आशन राम्रो कपडाले मोरिएका घोडाका बग्गीहरू तिनका पाङ्ग्राले सडकमाथि फैलिएको हिउँमा गुड्दै सुलुत्त उडेर गैरहेका थिए । अकाकिए अकाकिएभिचले यी सबै कुराहरूलाई अपूर्व दृश्य देखेजस्तै किसिमले हेर्नथाल्यो ।
ऊ साँझको समयमा सडकमा वर्षैदेखि आएको थिएन । ऊ एउटा पसलको झ्यालअगाडि उएटी सुन्दरी महिलाको प्रतिनिधित्व गर्ने एउटा दृश्य हेर्ने उत्सुकताले रोकियो । त्यस महिलाले जुत्ता लगाएकी थिइन र उसले पूरा खुट्टालाई बिलकुलै राम्रो किसिमले नाङ्गो पारेकी थिई । गालामा गलमुछ र ओठमाथि आकर्षक जुँगा भएको मान्छेको टाउको अर्को कोठाको डोकाको बाटोतिर चियाइरहेको थियो । अकाकिए अकाकिएभिचले उसको टाउको निहुर्यायो र हाँस्यो, र त्यसपछि आफ्नो बाटो लाग्यो । ऊ किन हाँस्यो ? किनभने या त उसले विलकुलै अपरिचित वस्तु, तर जसलाई सबै मानिसहरू माया गर्छन्, तथापि, कुनै किसमको भावना, वा धेरै कर्मचारीहरूले झैँ, उसले अरू केही उसले सोच्यो, जो यस्तो हुनसक्छ : “अँ, ती फ्रान्सेलीहरू ! के भनिन्छ रे ? यदि तिनीहरू त्यस प्रकारको कुनै चिजमा जान्छन् नै भने, किन ––” तर संभवत: उसले त्यस्तो सबै सोचेन ।
१४.
अकाकिए अकाकिएभिच अन्त्यमा उपप्रमुख बसेको घरमा पुग्यो । उपप्रमुख राम्रो किसिमले बसेको थियो । उसको कोठा दोस्रो तलामा रहेको हुनाले त्यहाँ जानका लागि भर्याङमा बत्ती बालेर उज्यालो पारिएको थियो । मटानमा प्रवेश गरेपछि अकाकिए अकाकिएभिचले पानी नछिर्ने जुत्तााहरूको पूरै लहर देख्यो । कोठाको बिच भागमा भक्लकभकलक गर्दै उम्लिएर बाफ निस्किइरहेको सामोभोर वा चियाको भाँडो थियो । भित्ताामा किसिम किसमका ओभरकोटहरू झुन्ड्याइएका थिए । तीमध्ये केही खैरो ओतको भुवादार कलर र मखमलको अग्रभाग भएका ओभरकोट थिए । पछाडितिरबाट आएको गफगाफको गुनगुन ध्वनी सुनिन्थ्यो । जब सेबकहरू रित्ता गिलासहरू, क्रिमको जग र चिनीका कचौराले भरिएको ट्र् लिएर बाहिर आए, भित्तातिरको ध्वनि प्रष्ट बुझिने भयो । आगन्तुकहरू धेरै पहिले आइसकेका थिए भन्ने कुराको यो एउटा प्रमाण थियो ।
अकाकिए अकाकिएभिच उसको ओभरकोट झुन्ड्याएपछि भित्रपट्टिको कोठामा प्रवेश गर्यो । उसका अगाडि बत्तीहरू, कर्मचारीहरू, सिगरेटका पाइपहरू र तासका टेबुलहरू सबै एकैचोटी देखिए । सबै टेबुलहरूबाट तिव्र गतिका गफगाफका आवाज र यताउता तानिएका कुर्चीहरूका घारघुर सुनेर ऊ छक्क पर्यो । के गर्नुपर्छ होला भनेर वाक्क पर्दै ऊ कोठाको बिच भागमा धेरैबेरसम्म असमञ्जस्यता पूर्वक वाल्ल परेर उभिइरह्यो । तर उनीहरूले उसलाई देखेका थिए । तिनीहरूले ठूलो स्वरमा कराएर उसलाई स्वागत गरे र सानो कोठाको भीड र ओभरकोटलाई सबैले एक पटक फेरि हेरे । यद्यपि अकाकिए अकाकिएभिच केही अलमलमा परेको थियो, तथापि ऊ खुला हृदय भएको मानिस थियो र उनीहरूले उसको ओभरकोटको कसरी प्रशंसा गरे भनने देखेपछि उसले आनन्द लिने कामबाट आपूmलाई रोक्न सकेन । र त्यसपछि तिनीहरूले उसलाई र उसको काृटलाई छाडेर तास खेल्नका लागि ािलाएर राखिएको टेबुलमा गए, जुन उपयुक्त थियो ।
अकाकिए अकाकिउभिचका लागि हलला, गफ र मानिसहरूको भीड, त्यो सबै विह्वल तुल्याउने खालको थियो । ऊ कहाँ उभिएको छ र उसका हात, खुट्टा र पूरै शरीर कहाँ ारख्ने उसले जान्न सकेन । अन्त्यमा ऊ खेलाडीहरूको नजिक गएर बस्यो, सबै तासका पत्तीमा हेर्यो, खेलाडीहरूका अनुहारमा चियायो, र एकछिनपछि छक्क परेर मुख बाउन थाल्यो र त्यो सबै उसका लागि दिक्क लगाउने कुरा थियो भनेर अनुभव गर्न थाल्यो । यसअघि नै ऊ सुत्ने बेला टरिसकेको थियो । ऊ आतिथ्य प्रदान गर्नेसित बिदा हुन चाह्यो । तर तिनीहरूले उसको नयाँ पोशाक आएको उपलक्षमा एक गिलास स्याम्पेन नखाई जान पाईँँदैन भन्दै उसलाई उमकन दिएनन् । एक घण्टाको समयावधीमा सागसब्जी मिश्रित सलाद, चिस्याइएको बाच्छाको मासु, पेस्ट्री चकलेट, पिठो र मासु मिलाएर तयार गएिको परिकारसहित बेलुकीको खाना स्यामपेनसँगै प्रदान गरे । उनीहरूले अकाकिए अकाकिएभिचलाई दुई गिलास स्याम्पेन पियाइछाडे, त्यसपछि उसले सबै कुरा जिवन्त भएको अनुभव गर्न थाल्यो ।
१५.
त्यसमा थप, बाह्र बजिसकेको थियो र यसभनदा धेरै पहिले ऊ घर गइसकेको हुनुपथ्र्यो भन्ने कुरा उसले बिर्सन सकेन । आतिथ्य प्रदान गर्ने मान्छेले उसलाई रोकिराखेकोमा क्षमा माग्ने छैन भन्ने ठानेर ऊ तत्कालै कोठाबाट लुसुक्क बाहिरतिर लाग्यो, सानो कोठामा पुगेर उसको ओभरकोट खोज्यो, जुन, उसलाई चिनितत पार्ने गरी भुइँमा खसेको थियो । उसले त्यसलाई टिप्यो र झारझुर पार्यो, त्यसमा लागेका फोहोरका सबै टुक्राटाक्री फाल्यो, त्यसलाई काँधमा घुसार्यो र भर्याङ ओर्लेर सडकतिर लाग्यो ।
सडकमा सबैतिर उज्यालो थियो । केही साना दोकानहरू, परिचरहरू र अर सबै प्रकारका मानिसहरूका रोदीघरहरू खुला थिए, अरू बन्द थिए । तर त्यसो भए पनि ढोकाका कापबाट भित्रको उज्यालोको सूरै धर्को देख्न सकिन्थ्यो, जसले मानिसहरू अझै तिनका ब्यवसायबाट मुक्त भैसकेका थिएनन् भन्ने कुराको तिनीहरूका मालिकहरूलाई अनभिज्ञतामा छाड्दै तिनीहरूका कामकाज र कुराकानी टुङग्याउँदै थिए । अकाकिए अकाकिएभिच प्रफुल्ल मुद्रामा थियो । बत्तीको एउटा झलमल्ल उज्यालो सरी उसलाई उछिनेर गएका केटीहरूका पछिपछि, किन होला भन्नेसम्म थाहा नपाइकन ऊ दौडन थाल्यो । तर एकैछिनपछि ऊ रोकियो र उसले आफ्ना पाइलालाइ किन छिटोछिटो चालेको होला भन्ने सोचेर छक्क पर्दै ऊ पूर्ववत् विलकुलै शान्त किसिमले अगाडि बढ्रन थाल्यो । चाँडै नै उसका अगाडि ती निर्जन सडकहरू पसारिन थाले, जुन साँझका विषयमा केही भन्नु नभए पनि, ती दिउसोको समयमा रमाइला लाग्दैनन् । साँझको विषयमा केही भन्नु छैन । अहिले तिनीहरू झन् बढी अँध्यारा र एक्ला देखिए । लालटिनको उज्यालो मलिन हुँदै गएको देखियो । स्पष्ट रूपमा तेल निकुट्याईँ गरेर हालेको देखियो । त्यससपछि काठका घरहरू र बारहरू देखिए । कतै कुनै जिवित प्राणीको सङ्केत छैन । सडकमा सर्बत्र हिउँ मात्र छल्किएको छ र बन्द सटरसहितका होचो छाना भएका घरहरूलाई शोकसन्तप्त पारेर ढाकेको छ । ऊ एउटा त्यस्तो डाउँमा पुग्यो जहाँ घरका पछाडितिरका खण्ड मात्र देखिन्छन्, र सडकले एउटा विशाल चोक पार गर्दछ, र यो चोक त्यस्तो छ जुन एउटा डरलाग्दो मरुभूमि जस्तो देखिन्छ ।
टाढा, कुनै चौकिदारको कोठाबाट उज्यालोको सानु प्रकाश चम्किइरहेको र त्यो पृथ्वीको पललो छेउको अन्तिम किनारमा भएजस्तो देखियो । यहीँनेर अकाकिए अकाकिएभिचको प्रफुल्लपन उल्लेख्य रूपमा एकाएक लुप्त भयो । ऊ चोकमा प्रवेश गर्यो र मानौँ कि उसको हृदयले कुनै अनिष्टको सङ्केत दिएझैँ गरी, अनिच्छित डरको अनुभूति बिना होइन, उसले पछाडि र दायाँ–बायाँ दुवैतिर हेर्यो । त्यो उसका लागि एउटा समुद्रजस्तै थियो । “होइन, नहेर्न ठिक हुन्छ,” उसले यस्तो विचार गर्यो र आँखा चिमम गरेर अगाडि बढ्यो । ऊ चोकको पल्लो छेउमा पुग्यो कि भनेर हेर्न जब उसले आँखा खोल्यो, उसले अकस्मात उसको नाकै अगाडि दारीवाल केही व्यक्तिहरू उभिइरहेको देख्यो । तिनीहरूले कस्तो किसिमको लुगा लगाइरहेका थिए उसले ठीक किसिमले ठम्याउन सकेन । उसको अगाडि अन्धकार छायो र उसको मुटु धड्कन थाल्यो ।
१६.
”चर, वास्तवमा, यो ओभरकोट त मेरो हो ।” तिनीहरूमध्ये एकजनाले कलरमा समातेर चर्को स्वरमा भन्यो । अर्कोतिर अकाकिए अकाकिएभिच “चौकिदार” भनेर चिच्याउन थालेको मात्र के थियो, दोस्रो चाहिँले “अब गुहार माग्” भन्दै उसको मुखमा मान्छेको टाउको जत्रै मुक्का दियो ।
उसको ओभरकोट फुकालेर उसलाई घुँडाले हानेको अकाकिए अकाकिएभिचले अनुभव गर्यो । उसको ठाउको हिउँमा जोतिन पुग्यो । केही समयपछि उसको होस खुल्यो र ऊ खुट्टाले टेकेर उठ्यो, तर त्यहाँ कोही पनि थिएन । चोकमा जाडो थियो र उसको ओभरकोट लुटिएको थियो भन्ने उसले अनुभव गर्यो । ऊ चिच्याउन थाल्यो तर उसको स्वर चोकभन्दा पर पुगेजस्तो लागेन । निरास भएर तर चिच्याउन नछाडिकन, ऊ चोकबाट दौडन सुरु गर्यो । सोझै चौकिदारको कोठातिर गयो । चौकिदार कोठाको आडैमा हलबर्डमा अडेस लागेर उभिइरहेको थियो । कस्तो किसिमको ग्राहक चिच्याउँदै ऊतिर आइरहेको थियो भनेर जान्न देखावटी रूपमा उत्सुक भएको जस्तो अभिनय गरेको थियो । अकाकिए अकाकिएभिच ऊ भएको ठाउँसम्म दौडेर गयो र रुञ्चे स्वरमा ऊ निदाएको हुनाले उसले कुनै पनि कुरा नहेरेको र आफू कराएको कुरा पनि नसुनेको र कुनै मानिस लुटिएको बेलामा उसले नदेखेको भन्दै चिच्याएर करायो । चौकीदारले के भन्यो भने दुईजना मानिसले उसलाई चोकको बीचमा रोकेको उसले देखेको थियो, तर तिनीहरू उसका साथी होलान् भन्ने ठानेको थियो । त्यसपछि उसले अकाकिए अकाकिएभिचलाई भोलि बिहान पुलिस चौकी पुगेर उजुरी दिएमा उसको ओभरकोट कसले लुटेको थियो भन्ने कुराको खाजताल गर्न सक्लान् भन्ने सल्लाह दियो ।
अकाकिए अकाकिएभिच विलकुलै लथालिङ्ग तालमा घर पुग्यो । उसको निधारमाथि र टाउको पछाडि उम्रेको पातलो कपाल पूरै खजमजिएको थियो । उसको शरीर, पाखुरा र खुट्टा पूरै हिउँले ढाकिएका थिए । उसकी घरबेटी वृद्ध महिला ढोकामा एकदम अस्वाभाविक टकटक आवाज सुनेर ओछ्यानबाट जुरुक्क उठिन् । खुट्टामा एउटा मात्र जुत्ता उनेर समिजको बाहुला काखसम्म तानेर ढोका खोल्न दौडिइन् । तर जब उनले ढोका खोलिन्, अकाकिए अकाकिएभिचलाई त्यसे अवस्थामा देखेर उनी लडिन् । जब उसले त्यो घटनाबारे उनलाई बतायो, उनले दुवै हात खुम्च्याएर छाती अगाडि लगिन् र हात बाँधेर के भनिन् भने ऊ सोझै पुलिसको हाकिमलाई भेट्न जानुपर्छ, किनभने उसका सहायकहरूले वास्ता नगर्न सक्छन्, राम्ररी प्रतिज्ञा नगर्न सक्छन् र मुद्धा यत्तिकै तुहाइदिन सक्छन् । त्यसकारण, गर्नुपर्ने सबभन्दा उत्तम कुरा, जिल्लाको मुख्य हाकिमकहाँ जानु नै हुनसक्छ, किनभने पहिले उनको घरमा काम गर्ने फिनल्यान्डकी महिला अन्ना अहिले उसैको घरमा सेविका थिई । उनले उसलाई प्राय: यही बाटो हिँडेको र हरेक आइतबार चर्चमा प्रर्थना गर्दा रमाइलो मनस्थितिमा सबैलाई हेर्दै प्रार्थना गरेको देखेकी थिइन् । त्यही आधारमा ऊ असल मान्छे हुनुपर्छ भनेकी थिइन् । उनको यो कुरा सुनेपछि अकाकिए अकाकिएभिचले आफूलाई उसको कोठामा लग्यो र त्यहाँ रात कसरी काट्यो, जसले आफूलाई अरूको ठाउँमा राख्न सक्छ, त्यसले मात्र अनुमान लगाउन सक्छ ।
क्रमश : …