SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » ओभरकोट
अनुवाद

ओभरकोट

Sahitya SagarBy Sahitya SagarJuly 7, 2021No Comments18 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email
निकोलाई गोगोल सानो रुसका नामले समेत परिचित युक्राइनको पोल्तामा प्रान्तको मिर्गोरोद जिल्लाको सोरोचिन्जी भन्ने ठाउँमा १८०९ को अप्रिल १ तारिखका दिन जन्मिएका हुन् । उनी रुसी साहित्य र विश्व साहित्य जगत्मा यथार्थवादी साहित्यका जनकका रूपमा ख्यातिप्राप्त साहित्यकार हुन् । १८३० मा उनले पितृभूमिका टिपोटहरू नामक पत्रिकाको मार्च अङ्कमा उनको पहिलो कथा सेन्ट जोहनको साँझ प्रकाशित गरे । त्यसपछि १८३१ सेप्टेम्बर र १८३२ मार्चमा उक्राइनी विषयवस्तुका प्रत्येक खण्डमा चार–चारवटा कथा समावेश भएका दिकाङ्का नजिकको फारामका साँझहरूका दुई खण्ड प्रकाशित गरे । एकजना युवा लेखकका रूपमा सफलताको शिखर चुमिसकेका गोगोल १८३६ मा स्विट्जरल्यान्ड, प्यारिस र रोमको विदेश यात्राका लागि रुसबाट प्रस्थान गरे । उनको बाँकी जीवनको १६ वर्षमध्ये १२ वर्ष उनले विदेशमा बिताए । १८४१ को शिशिरऋतुमा गोगोल उनको मृतात्माको प्रकाशनको पहिलो संस्करण हेर्नका लागि विदेशबाट रुस फर्किए । १८४२ मा पुस्तक प्रकाशित भएपछि गोगोल फेरि बाहिर गए । यस पटक उनी ६ वर्षका लागि बाहिर गएका थिए । पछि, १८४२ मा (मृतात्मा बाहेकका) अरू सबै कृतिहरू एकतृत गरिएको कृति ४ ग्रन्थमा पिटर्सवर्गमा प्रकाशनमा आयो । तेस्रो ग्रन्थमा प्रकाशित उनका पहिला रचनाहरूमध्ये उनको अन्तिम कथा ओभरकोट पनि थियो । यो कथाको सिर्जनापछि गोगोल एक दशक जीवित रहे । तर यति बेलासम्म उनको सिर्जनात्म जीवन पूर्ण रूपमा समाप्त भइसकेको थियो ।

– सम्पा.

हरिहर खनाल नेपाली साहित्यका स्रष्टा, द्रष्टा एवम् कुशल अनुवादक हुन् । उनको परिचय साहित्यसागरका अघिल्ला शृङ्खलामा समेटिइसकेको छ । यस श्रृङ्खलामा उनले गरेको निकोलाई गोगोलको ‘ओभरकोट’ कथाको अनुवादलाई समेटिएको छ ।– सम्पा.

 

…विभागमा, तर यस विभागको नाम उल्लेख नगर्नु नै राम्रो हुन्छ । विभागहरू, सेनाका टुकडीहरू न्यायालयहरू र एक शब्दमा भन्दा सार्वजनिक सेवाका कुनै पनि शाखाको नाम लिनुभन्दा दिक्कलाग्दो अरू कुनै कुरा छैन । ती सेवाहरूसित जोडिएको प्रत्येक व्यक्ति आजकल पूरै समाज व्यक्तिगत रूपमा अपमानित छ भन्ने ठान्दछ । हालसालै शान्तिसंबन्धी एक जना न्यायमूर्तिबाट एउटा गुनासो प्राप्त भएको थियो, जसमा उनले सबै शाही संस्थानहरू कमजोर हुँदै गैरहेका छन् र जारको नाम व्यर्थैमा लिन थालिएको छ भन्ने कुरा सुस्पष्ट रूपमा उल्लेख गरेका थिए, र प्रमाणका लागि उनले उजुरीमा एउटा भाबुक कुरा थपेका थिए जसमा देशको शान्ति सुरक्षाबारे हरेक दश हरफमा उल्लेख गर्नुपर्छ र त्यो कुरा कहिलेकाहीँ अचेतन अवस्थामा पनि त्यस्तो हुन पुग्छ । त्सकारण सबै प्रकारका बैमनस्यलाई पन्छाउनका लागि यहाँ चलाइएको प्रशङ्गको विभागलाई केवल विभाग मात्रै भनेर उल्लेख गर्नु उपयुक्त हुनेछ ।

यसरी, कुनै एक विभागमा कुनै एक अधिकृत थियो जो धेरै माथिल्लो तहको होइन– कति कुरा उल्लेख गर्न अनुमति दिनु उपयुक्त हुन्छ भने होचो कदको, अनुहारमा खत भएको, रातो कपाल भएको, र दृष्टि कमजोर भएको, तालुखुइले, चाउरी परेका गाला, रातो वर्णको थियो ऊ । यसो हुनुमा सेन्टपिटस्बर्गको जलवायु जिम्मेवार थियो । आधिकारिक रूपमा ऊ काम चलाऊ अधिकृत थियो, यो सबैलाई थाहा भएको कुरा हो, केही लेखकहरू प्रतिउत्तर दिएर आफ्नो बचाउ गर्न नसक्ने मानिसलाई हँसिमजाक गरेर उडाउने परम्पराको अनुसरण गर्दै ठट्टा गर्छन् ।

उसको पारिवारिक नाम बास्मात्खिन । यो नाम स्पष्ट रूपमा “बास्माख” (जुत्ता)बाट लिइएको हो, तर कुन समय र कसरी भन्ने कुराको जानकारी छैन । उसका बाबु र हजुरबुवालगायत सबै सधैँ बास्मात्खिनहरू बुटजुत्ता लगाउँथे, जसले बर्षमा केवल दुई वा तीन फेर मात्र नयाँ जुत्ता लगाउँथे । उसको नाम अकाकेई अकाकिएभिच थियो । पाठकहरूका लागि यो अनौठो र अविश्वासनीय लाग्न सक्छ, तर कति कुरा निश्चित हो भने झन्डै अविश्वासनीय नै हो, र परिस्थिति कस्तो थियो भने उसलाई यसभन्दा बाहेक अरू नाम दिनु असम्भव भएको हुनुपर्छ ।

यो कसरी हुन गयो त्यो यस्तो छ ।

अकाकेई अकाकिएभिच, मेरो स्मरणले मलाई धोका दिएको छैन भने, मार्च महिनाको २३ तारिख साँझमा जन्मेको थियो । उसकी आमा एक जना सरकारी अधिकृतकी पत्नी र असल नारी थिइन् । उनले छोराको न्वारान गर्ने सबै आवश्यक प्रबन्ध मिलाएकी थिइन् । उनी ढोकाको पल्लोपट्टि ओछ्यानमा पल्टिरहेकी थिइन् । उनका पुरोहित इभान इभानोभिच इरोश्किन, एक जना आदरणीय व्यक्ति थिए जसले सिनेटको सभापतित्व गर्ने कार्य समालिसकेका व्यक्ति थिए । गुरुआमा अन्ना सेमेनोभ्ना ब्येलोबुस्कोभा, जो आवासगृहमा बस्ने एक जना अधिकृतकी पत्नी थिइन् र दुर्लभ गुणहरूले सुम्पन्न नारी थिइन्, उनको दाहिनेतिर उभिइरहेकी थिइन् । तिनीहरूले आमालाई रोज्नका लागि तीनवटा नाम दिए, मोकिया, सोस्सिया वा बालकलाई सहिद खोज्दाजातको नामबाट बोलाउनुपर्छ भने । “हुँदैन ।” ती गुणवती महिलाले भनिन् । “यी सबै नामहरू सामान्य प्रकारका छन् ।” उनलाई खुसी पार्न उनीहरूले पात्रो पल्टाए । अरू तीनवटा नाम देखा परे । चिफिलिए, डुला र वाराखासिए । “यो एउटा कुरा हो ।” महिलाले भनिन् । “क्या काइदाका नाम । यस्तो त मैले कहिल्यै सुनेकै थिइन । साँच्चै वारदा वा वारुख त अरू पनि जन्मेका होलान्, । तर त्रिफिलिए र भारकासिए भने जन्मेका छैनन् !” उनीहरूले अर्को पाना पल्टाए र पाव्सिकाखिए र भाख्तिसिए फेला पारे । “अब मलाई के लाग्छ भने,” वृद्ध महिलाले भनिन्, “यो विलकुलै भाग्यको खेल हो । र, यदि यस्तो हो भने, उसको नाम उसको बाबुको नामबाट राख्न बेश हुने छ । उसको बाबुको नाम अकाकिए थियो । यसैले उनको नाम पनि अकाकिए नै हुन दिऊँ ।” यसरी ऊ अकाकिए अकाकिएभिच भयो । उनीहरूले विधिवत् बालकको न्वारान गरे जसपछि मानौं कि ऊ नाममात्रको परिषद् सदस्य हुने पूर्वाभ्यास पाएको थियोझैँ गरेर ऊ फेरि एकपटक मुख बिगारेर रोयो ।

२.

यसरी यी सबै कुरा भए । यो आवश्यकताको कुरा भएको भए, र उसको नाम अर्को राख्न विलकुलै असम्भव थियो भन्ने कुरा पाठकले आफैँ जानुन् भन्ने उद्देश्यले हामीले यसलाई यहाँ उल्लेख गरेका हौँ । ऊ विभागमा कहिले प्रवेश गर्‍यो र उसलाई कसले नियुत्त गर्‍यो भन्ने कुरा कसैलाई पनि सम्झना छैन । सबै किसिमका धेरैजसो अधिकारीहरू फेरिइसकेका भए पनि ऊ सधैँ एकै ठाउँमा उही मुद्रामा उही काममा लागिरहेको देखिन्थ्यो जसबाट पछि के कुरा पक्का भयो भने ऊ नाङ्गै तालुखुइले टाउको लिएर जन्मिएको थियो । विभागमा उसलाई आदरसम्मान गरिँदैनथ्यो । ऊ कार्यालयभित्र पस्दा एउटा माखो उडेभन्दा बढी केही होइनझैँ ठानेर चौकिदार बसेको आशबाट नउठ्ने मात्र होइन कि उसलाई कसैले पनि पुलुक्कसम्म हेर्दैनथे । उसका माथिल्लो तहका अधिकारीहरू उसप्रति तानाशाही शैलीको तुच्छ ब्यवहार प्रदर्शन गर्दथे । तल्लो तहका अधिकृतहरू मानौँ कि ठूलाडाहरूको काम नै यही नै हो कि झैँ गरी ‘यसको प्रतिलिपि उतार’ वा ‘यहाँ एउटा राम्रो काम छ’ सम्म नभनेर वा अरू कुनै प्रकारको पाच्य कुरो नगरेर कागज उसको नाकमा ठोकिने गरी पाल्थे । उसले त्यो कागज कसले फालेको थियो वा यसो गर्न उसको अभिकार छ कि छैन भन्नेतिर नसोची कागजफाल्नेतिर हेर्दासम्म पनि नहेरी कागज टिप्थ्यो र त्यसलाई उतार गर्न थाल्थ्यो ।

यो कामले उसलाई यति धेरै मुस्किलमा पर्‍यो कि त्यो असिनपसिन भयो, उसले निधार खुम्च्यायो र अन्त्यमा भन्यो, “होइन, मलाई यस्तोभन्दा कुनै कुरा उतार गर्ने काम नै दिनुस् ।” त्यसपछि उनीहरूले उसलाई सदाका लागि प्रतिलिपि उतार गर्ने काम दिए ।

युवा अधिकृतहरू हाँस्थे र तिनीहरूले जानेसम्म उसको उपहास गर्थे । उसका अगाडि उसको र लगभग सत्तरी वर्षकी बुढी उसकी घरबेटी मालिक्नीका विषयमा कथिएका अनेक प्रकारका कथाहरू भन्थे । उनले उसलाई पिट्थिन्, विहे कहिले गर्छस् भनेर सोध्थिन् र हिउँ परेको भन्दै उसको टाउको माथि कागजका टुका्रहरू छरिदिन्थिन्, तर अकाकिए अकाकिएभित्र मानौं उसको नजिकमा कोही पनि छैन कि झैँ गरी एक शब्द पनि नबोली बस्थ्यो । यसले उसको काममा पनि कुनै प्रकारको असर गर्दैनथ्यो । यी सबै प्रकारका परेसानीका बाबजुद प्रतिलिपि उतार गर्दा उसले कुनै पनि अक्षरमा कत्ति पनि गल्ती गर्दैनथ्यो । तर तिनीहरूले उसलाई घच्च लगाएर उसको काममा बाधा पुर्‍याउँथे । तिनीहरूको ठट्टा विलकुलै सहनै नसकिने भएको खण्डमा ऊ चर्को स्वरमा भन्थ्यो, “मलाई एकलै बस्न देऊ । तिमीहरू किन मेरो बेइज्जत गर्छाै ?” र उच्चारण गरिएका शव्दहरू र स्वरमा यस्तो केही चिज थियो । त्यहाँ यस्तो केही चिज थियो जसले उसलाई दया गर्ने मार्गतिर डोर्‍यायो । कतिसम्म भने एकजना नवागन्तुक युवक जो अरूहरूसित स्वरमा स्वर मिलाएर अकाकिएलाई उडाउँथ्यो, मानौं उसमा अकस्मात परिवर्तन आएझैँ गरी रोकियो र त्यसलाई अर्कै किसिमले लियोे । राम्र्रो खानदानी पारिवारिक पृष्ठभूमिबाट आएका र उसले सज्जन ठानेका उसका केही घनिष्ठ साथीहरूप्रति कुनै अदृश्य शक्तिले उसमा घृणा उत्पन्न गरायो । धेरै पछि गएर, ऊ असाध्यै प्रफुल्ल भएको समयमा तालुखुइले त्यो तल्लो तहको अधिकृतका हृदयविदारक शव्दहरू “मलाई एक्लै बस्न देऊ, तिमीहरू किन मेरो बेइज्जत गर्छौ ?” भन्ने शब्दहरू “म तिम्रो भाइ हुँ” भनेझैँ गरी उसको मनमा गुञ्जन थाले र युवकले उसको अनुहार हातले ढाक्यो र पछि धेरै पटक, जीवनको गोरेटोमा हिँड्दै जाँदा, मानिसमा कति धेरै अमानवता हुँदोरहेछ, एउटा असाध्यै संवेदनशील, सभ्य र परिस्कृत, भौतिकताले सम्पन्न, त्यसमा पनि अझ दुनियाँले मानेको सम्माननीय र आदर्श व्यक्तिका रूपमा चिनेको मानिसमा समेत, हे दैव ! यस्तो क्रुर र घटिया खाले प्रवृत्ति हुँदो रहेछ भन्ने देखेर उसलाई असाध्यै दिक्क लाग्यो ।

३.

यसरी दिलोज्यान लगाएर आफ्नो कर्तव्य पूरा गर्ने मानिस पाउन मुस्किल छ । अकाकिएले मन लगाएर काम गर्‍यो भन्नु मात्र पर्याप्त हुँदैन त्यति मात्र होइन । उसले प्रेमपूर्वक काम गर्‍यो । प्रतिलिपि उतार गर्ने कार्यमा उसले विविधतायुक्त र आफ्नो रूचि अनुसारको काम पाएको थियो । उसको अनुहारमा सन्तोष छाएको देख्न सकिन्थ्यो । अझ केही अक्षरहरू त उसका लागि अति प्रिय थिए । उसले ती अक्षरहरू भेट्दा मुसुक्क मुस्कुराउँथ्यो, आँखा झिम्क्याउँथ्यो र हरेक अक्षर उसलाई मुखाग्र नभएसम्म धमरधुस लगाएर काम गथ्र्यो । उसको मिहिनेत अनुसारको उसको पारिश्रमिक भएको भए, संभवत: उसको आकांक्षाका वावजुद उसलाई राज्यको पार्षद बाइन्थ्यो होला । तर उसले उसका साथीहरूले जसरी नै उसको विवेकअनुसार मिलमा जोतिएको घोडाझैँ काम गथ्र्यो ।

त्यसबाहेक उसप्रति कुनै ध्यान दिइएको थिएन भन्नु असम्भव थियो । एकजना दयालु हृदय भएका निर्देशकले उसको दीर्घसेवाका लागि उसलाई पुरस्कृत गर्ने चाहना राखेर उसलाई प्रतिलिपि उतार गर्ने काम मात्र दिनुभन्दा अल्लि बढी महत्वपूर्ण काम दिनका लागि उसले आदेश दियो । यसरी, उसलाई अर्को विभागबाट पहिले नै तयार गरिसकिएको प्रतिवेदनलाई अन्तिम रूप दिन आदेश दिइयो । त्यो काम केवल शीर्षक फेर्ने र प्रथम पुरुषलाई तृतीय पुरुष बनाउन केही शब्दहरू थपथाप मात्र गर्ने काम थियो । यो कामले उसलाई यति धेरै मुस्किलमा पर्‍यो कि त्यो असिनपसिन भयो, उसले निधार खुम्च्यायो र अन्त्यमा भन्यो, “होइन, मलाई यस्तोभन्दा कुनै कुरा उतार गर्ने काम नै दिनुस् ।” त्यसपछि उनीहरूले उसलाई सदाका लागि प्रतिलिपि उतार गर्ने काम दिए ।

यस्तो लाग्थ्यो, उसका लागि प्रतिलिपि उतार गर्ने काम बाहेक कुनै कुरा पनि अस्तित्वमा थिएन । ऊ आफूले लगाउने पोशाकप्रति कुनै ध्यान दिँदैनथ्यो । उसको अनौपचारिक पोशाक हरियो रङ्को थिएन । त्यो एक प्रकारको ढुसी परेको खानाजस्तै थियो । कल्लर छोटो थियो, त्यसकारण उसको गर्धन लामो नहुँदानहुँदै पनि, ढालिएका मूर्तिहरू जसले टाउको यताउति हल्लाउँछन्, र मूर्ति बेच्ने ब्यापारीहरू तिनीहरूलाई टाउकामा बोकेर हिँड्छन्, त्यस्तै अस्वाभाविक रूपमा बाहिर निस्केर मुन्टो हल्लाइरहेको जस्तो देखिन्थ्यो । उसको पोशाकमा सधैँजसो परालका त्यान्द्रा वा यस्तै केही ससाना कुरा टाँसिएका देखिन्थे । त्यसबाहेक, उसको एउटा विचित्रको विशेषता थियो । जब ऊ सडकमा हिँड्थ्यो, कुनै एउटा झ्यालमुनि पुग्नैलाग्दा, सबै किसिमका फोहरहरू त्यहाँबाट फालिइरहेका हुन्थे : यसैले उसको टोपको बिटमा खरबुटाको बोक्रा वा अरू कुनै चिज टाँसिएको देखिन्थ्यो । सडकमा के भैरेको छ भन्ने कुरामा उसले कहिले पनि ध्यान दिँएन । के कुरा सबैले जानेका थिए भने उसको कान्छो भाइजस्ता अधिकृतहरूले सडकपारिको पैदलबाटोमा कसैको पतलुनको फिता फुत्किएको सम्म देख्ने कुरामा आफ्नो दृष्टिबिन्दुलाई अभ्यस्त बनाइसकेका थिए, जसले तिनीहरूको मुहारमा सधैँ एउटा विकृत मुस्कान ल्याउँथ्यो । तर अकाकिए अकाकिएभिचले उसले लेखेका रेखाहरू समेत सबै कुरा हरूलाई सफा देख्यो । जब एउटा घोडाले कुनै नजानिएको ठाउँबाट उसको नाक काँधमाथि घुसार्छ र पूरै हावाको झोक्का नाकबाट घाँटीतिर धकेल्छ, त्यसरी नै, कुनै लिखतको बीचमा होइन कि बरु एउटा सडकको बीचमा छु भन्ने कुरा उसले ठान्यो ।

४.

घर पुगेपछि ऊ सरासर भान्छामा पस्यो, बन्दागोभीको रस पियो, प्याजसित अलिकति गाईको मासु निल्यो तिनमा भएका झिँगासिँगाको समेत वास्ता नगरी, राम्ररी स्वाद पनि नलिइकन, हतारपतार गर्दै फेला पारेका जति खाने कुराहरू खायो । उसको पेट भरियो । ऊ कुर्चीबाट उठ््यो र घर ल्याएका उतार गर्न थाल्यो । उतार गर्ने केही चिज नपाउँदा, विशेष रूपमा यदि कागजपत्र पमहत्वपूर्ण भएको खण्डमा, त्यसको शैली होइन कि त्यो यदि विशिष्ठ व्यक्तित्वलाई सम्बोधन गरेर लेखिएको थियो भने,, उसले त्यसलाई आफ्नै लागि, आफ्नो आत्मसन्तुष्टिका लागि उसले त्यो पत्रको प्रतिलिपि उतार गथ्र्यो ।

बिहान नौ बजेतिर अफिस जाने मानिसहरूको घुइँचो हुन्छ । चिसोले सबैका नाकका टुप्पामा बिना भेदभाव चसचसती घोच्न थाल्छ र ती बिचरा कर्मचारीहरू के गर्ने भन्ने कुरा जान्लैनन् । चिसोले गर्दा उपल्लो दर्जाका कर्मचारीहरूको समेत टाउको दुख्न र आँखाबाट बरबरती आँसु खस्न थाल्छन्, नाममात्रका पार्षद्हरू कहिलेकाहीँ विलकुले असुरक्षित हुन्छन् ।

सेन्ट पिटर्सबर्गको खैरो आकाश बिलुप्त भैसकेको र सबै कर्मचारीहरू आफ्नो आय र रुचिअनुसार खानपिन गरिसकेको बेलामा; जब सबै आफ्नो र अरू मानिसहरूको अति जरुरी पेसाबाट, यता र उता दौडने कामबाट र एकजना असहज मानिसले जब कुनै काम आवश्यकताले भन्दा पनि स्वेच्छाले आफैँ गर्न चाहन्छ, ती सबै कलमको विभागीय कामबाट मुक्त भएर आराम गरिरहेका हुन्छन् र जब कर्मचारीहरू बचेको समय मनोरञ्जनको लागि समर्पित गर्न हतारिन्छन्, रङ्गमञ्चमा जाने सबैभन्दा साहसी एकजना, अर्काे चिउँडोमा फिता अड्काएर टोप लगाउने सबैलाई हेर्ने, अर्के राम्री तरुनीहरूको प्रशंसा गर्दै साँझको समय बरबाद गर्ने सानो समूहको नायक, अर्को एउटा सानो बैठककोठा वा भान्छाको बाटो चौथो वा तेस्रो तलामा बस्ने साथीहरूलाई भेट्ने, र बेलुकीको खाना मायाँ मारेर वा मोजमस्तीलाई तिलाञ्जली दिएर देखाउनका लागि मात्र राखिएको बत्ती वा त्यस्तै प्रकारका सामान्य बस्तुहरूको सजावट,– यो कुरा सबैका लागि सामान्यजस्तै भएको छ । एक शब्दमा भन्दा, कर्मचारीहरू जब उनीहरूका साथीका डेरामा तास खेल्न छरिएको समयमा, एक कोपेकको चिनी राखेर चिया सुक्र्याउँछन्, लामो चिलिममा धुमपान गर्छन्, एकजना रुसीले कुनै पनि अवस्थामा कहिल्यै पनि गर्न नहुने प्रकारका खासखुसे कुरा गर्छन्, र जब गफ गर्ने कुनै कुरा फेला पर्दैन,‘पाल्कन स्मारकमा रहेका घोडाका पुच्छर काटिएका थिए‘ भन्ने तिनीहरूले अधिकारीहरूलाई पठाएका किस्साहरू दोहोर्‍याउँथे, र जब अरू सबैजना आफूलाई अन्तैतिर मोड्न प्रयास गर्थे, अकाकिए अकाकिएभिच कुनै पनि प्रकारको उल्झनमा अल्झिँदैनथ्यो । उसलाई कसैले पनि साँझको भोजभतेरमा देखेको कुरा गर्न सक्तैनथे । आफ्नो हृदयले आदेश दिएको कुरा लेखेर– भोलि नियतिले उसलाई के कुरा उतार गर्न लगाउने हो ? – भन्ने आगामी दिनको विचारमा मुस्कुराउँदै ऊ ओछ्यानमा पल्टियो ।

५.

यदि नाम मात्रका पार्षद्हरूको र त्यसरी नै, निजी, वास्तविक, अदालत र परिषद्का हरेक अन्य वर्गका मानिसहरू, जसले कहिल्यै पनि अरूलाई सरसल्लाह दिँदैनन्, न त आपूmले नै लिन्छन्, तिनीहरूको जीवनको बाटोमा तिनीहरू अनेक प्रकारका समस्याहरूले घेरिएका नभए, चार सय रुबलको तलबमा, आफ्नो नियतिप्रति कसरी सन्तुष्ट हुने भन्ने कुरा जसले बुझेको थियो, त्यो मानिसको जीवन यसरी शान्तपूर्वक बितिरहेको थियो र सम्भवत: त्यो अवस्था उसको सुदूर बृद्धावस्थासम्म कायम रहनेवाला थियो ।

सेन्ट पिटसबर्गमा वर्षको चार सय वा लगभग त्यति नै जसो रुबल तलव पाउने जोसुकैका लागि एउटा बलवान् शत्रु छ । त्यो शत्रु अरू कोही नभएर उत्तरी जाडो हो, यद्यपि यसलाई धेरै स्वस्थकर हुन्छ भनिन्छ । बिहान नौ बजेतिर अफिस जाने मानिसहरूको घुइँचो हुन्छ । चिसोले सबैका नाकका टुप्पामा बिना भेदभाव चसचसती घोच्न थाल्छ र ती बिचरा कर्मचारीहरू के गर्ने भन्ने कुरा जान्लैनन् । चिसोले गर्दा उपल्लो दर्जाका कर्मचारीहरूको समेत टाउको दुख्न र आँखाबाट बरबरती आँसु खस्न थाल्छन्, नाममात्रका पार्षद्हरू कहिलेकाहीँ विलकुले असुरक्षित हुन्छन् । तिनीहरूको एक मात्र मुक्तिको बाटो तिनीहरूका पातला साना ओभरकोटका भरमा पाँच–छवटा सडक पार गरेर जति सक्यो छिटो त्यो ठाउँ पार गर्नु र चौकिदारको कोठामा पुगेर हातखुट्टा सेकाउनु र बाटामा जमेका तिनीहरूका योग्यता र क्षमतालाई कार्यालयको काममा लगाएर पगाल्नु हुन्थ्यो ।

अकाकिए अकाकिएभिचले बाटोको दूरी सकेसम्म छिटो पार गर्ने उसको लागेपुगेको प्रयत्नका बावजुद केही समयदेखि अति संवेदनशील किसिमले भित्रैसम्म असर गर्ने गरी उसको ढाड र काँध दुखेको अनुभव गर्न थालेको थियो । अन्त्यमा, त्यो कुरा उसको कोटको खराबीका कारणले त्यसो भएको त होइन ? भन्ने ठान्यो । घर पुगेपछि उसले कोट राम्ररी जाँच्यो, र के कुरा थाहा पायो भने उसको कोटको काँध र पछाडिपट्टिको कपडा वारपार देखिने गरी पातलो भएको थियो र त्यसको भित्री धुजाधुजा परेको थियो । अकाकिए अकाकिएभित्रको ओभरकेट कर्मचारीहरूका बीचमा हाँसोको विषय भैसकेको भन्ने कुरा जोसुकैलाई पनि थाहा थियो । तिनीहरू यसलाई कोटजस्तो आदर्श नाम दिन समेत इन्कार गर्थे र त्यसलाई बाहुलाबिनाको खुकुलो बस्तु भन्न थालेका थिए । यथार्थमा त्यो फरक किसिमले बनाइएको थियो । त्यसको कलरमा बर्षैपिच्छे ह्रास उत्पन्न हुँदै गएको थियो । त्यति मात्र होइन, अरू ठाउँमा पनि टालटुल गर्नुपर्ने भएको थियो । टालेको ठाउँमा पनि सूचिकारको राम्रो कला प्रदर्शन भएको थिएन । बरु त्यो धोक्रे र कुरूप हुन पुगेको थियो । कोटको अवस्था कस्तो भएको छ भन्ने देखेपछि अकाकिए अकाकिएभिचले त्यसलाई सुजिकार पेट्रभिचकहाँ लिएर जाने निधो गर्‍यो । सूचिकार अँध्यारो भर्‍याङ् भएको चौथो तलामा बस्थ्यो । उसको एउटा मात्र आँखा थियो र अनुहारभरि बिफरका दाग थिए । तथापि, ऊ अफिसरहरूका कोट पाइन्ट मरमत गर्ने काममा आफूलाई व्यस्त राख्थ्यो । यसको अर्थ के हो भने ऊ नमातेको बेलामा र अरू कामका योजनाबारे नसोचेको बेलामा ऊ लुगाफाटा मरमत गर्ने काम गथ्र्यो ।

६.

यस सूचिकारका विषयमा धेरै भन्नु आवश्यक छैन, तर जस्तो कि एउटा उपन्यासमा हरेक प्रशिद्ध व्यक्तिको चरित्रका विषयमा सुस्पष्ट रूपमा वर्णन गर्ने चलन छ, यसबाट उम्कने उपाय छैन, त्यसकारण यहाँ सूचिकार पेट्रोभित्रका विषयमा बताइन्छ । सुरुमा उसलाई ग्रिगोरी मात्र मनिन्थ्यो र ऊ कुनै एक राजपरिवारको दास थियो । उसले आपूm दासताबाट मुक्त भएको कागजपत्र प्राप्त गरेपछि आपूmलाई पेट्रोभिच भन्न सुरु गरेको थियो र त्यसपछि उसले बिदाका दिनमा सधैँ रक्सी खान थाल्यो । सुरुसुरुमा ठूला चाडबाडका दिनमा र पछि गएर विनाभेदभाव, पात्रोमा बिदा अङ्कित दिनका सबै चाडपर्वहरूमा पिउन थाल्यो । यस मामलामा ऊ पूर्खाहरूको चालचलनप्रति इमानदार थियो । जब ऊ उसकीस्वास्नीसित बाझ्न थाल्थ्यो, उनलाई ऊ तल्लो स्तरकी आइमाई र जर्मन भन्दै गाली गथ्र्यो । जस्तो कि यहाँ हामीले उसकी जहानको बारेमा कुरा गरेका छौँ, उनका विषयमा पनि एकाध शब्दहरू उल्लेख गर्न आवश्यक छ । दुर्भाग्यवस्, पेट्रोभिचकी एउटी जहान छन् जो टेपी र लुगा लगाउँछिन् भन्ने तथ्यबाहेक उनका विषयमा कम जानकारी छ, तर उनको सुनदरताका विषयमा केही पनि भन्न सकिँदैन । कम्तिमा पनि, अरू कसैले नहेरे पनि चौकिदारीमा बसेका सिपाहीहरूले उनलाई भेट्दा तिनको शिरपोसमुनि हेर्थे ।

पेट्रोभिचको कोठातिर जाने भर्‍ङ चढ्दैगर्दा– जुन भर्‍ङ जुठेल्नाको पानीले पूरै भिजेको हुन्थ्यो र रक्सीको दुर्गन्ध जसले आँखालाई असर गथ्र्यो, धेरै गनाएको हुन्थ्यो, र सेन्ट पिटसबर्गका अँध्यारा भरेङ्का बाटामा त्यो अवस्था ब्याप्त थियो– भरेङ् चढ्दा पेट्रोभिचले कोट मरमत गरेको ज्याला कति भन्ला भन्ने विषयमा मनमनै प्रश्न गर्‍यो, र दुई रुबलभन्दा बढी नदिने निधो गर्‍यो । ढोका खुलै थियो । पेट्रोभिचकी दुलही भान्छामा माछा पकाउँदै थिइन् र त्यसले गर्दा भान्छामा यति धेरै धुवाँ भरिएको थियो कि केहीजात देखिँदैनथ्यो । अकाकिए अकाकिएभिच उनले थाहा नपाउने गरी भान्छाबाटै गयो र अलिकति पर पुगेपछि पेट्रोभिचको कोठामा पुग्यो जहाँ ऊ रङ् नलगाएको कुर्चीमुनि टर्कीको शासकले जस्तै खुट्टा घुसारेर बसिरहेकोे थियो । उसका खुट्टा काममा लागेका अरू सूचिकारहरूका जस्तै खाली थिए र सबभन्दा पहिले स्वरूप बिग्रिएको कछुवाको खबटाजस्तै बलियो उसको बुढीऔँलोमा पर्न पुगे । पेट्रोभिचको गर्धनमा रेसम र धागाको डल्लो झुन्डिइरहेको थियो र उसका घुँडामाथि केही पुराना कपडाहरू थिए । तीन मिनेट अघिदेखि ऊ सियोमा धागो घुसार्ने प्रयत्न गर्दै थियो, तर सकिरहेको थिएन र अँध्यारो र धागो देखेर समेत उसलाई रिस उठिरहेको थियो र ऊ सानो स्वरमा भुत्भुताइरहेको थियो, “यो छिर्ने छाँट छैन । स्साला, मलाई घोचिस् । मा झ्याँक्ने ।”

७.

पेट्रोभिच रिसाएको यस्तो क्षणमा अकाकिए अकाकिएभिचलाई दिक्क लाग्यो । ऊ पेट्रोभिच अल्लि शान्त भएको समयमा वा उसकी दुलहीले “यो कानोले ब्रान्डी कति बेला घुट्क्याएछ” भनेको बेलामा काम गराउन चाहन्थ्यो । त्यस्तो बेलामा पेट्रोभिच तत्परताका साथ काम गर्न तयार हुन्थ्यो, शिर निहुर्‍याएर नमस्कार गथ्र्यो र धन्यवाद दिन्थ्यो । कति कुरा पक्का थियो भने उसकी दुलही लोग्नेले रक्सी खाएको बेलामा उसले कम दाममा काम सकारेको थियो भनेर कचकच गर्थी, तर दश कोपेक थपिदिएपछि मामला सुल्झन्थ्यो । तर अहिले कस्तो देखियो भने पेट्रोभिच ठीकठाक अवस्थामा थियो र त्यसकारण ऊ रुखो, अल्पभाषी र माग गर्न उद्यत देखिन्थ्यो । कति माग गर्ने हो दैव जानोस् । अकाकिए अकाकिएभिचलाई यस्तो लाग्यो र खुसीसाथ पछि हटेको भए हुन्थ्यो भन्ने ठान्यो, तर उसलाई काम नगराई भएको थिएन । पेट्रोभिचले उसलाई एकाग्रतापूर्वक हेर्‍यो र अकाकिए अकाकिएभिचले मन नलागि नलागि भन्यो, “के खबर छ पेट्रोभिच ?”

“तपाईँको बिहान शुभ होवोस् महाशय !” अकाकिए अकाकिएभिचले कस्तो किसिमको कोट लुटेर ल्याएको छ भनेर हेर्नलाई छड्के आँखाले पेट्रोभिचले उसको हाततिर छड्के आँखाले चियायो ।

“ए !, मैले–– तपार्इँलाई–– पेट्रोभिच, यो––” के कुरा जानीराख्नु आवश्यक छ भने अकाकिए अकाकिएभिच आपूmलाई मूख्य रूपमा कुनै अर्थ नभएका अव्यय, विशेषण र वाक्यांशका टुक्राटाक्रीहरूद्वारा अभिव्यक्त गथ्र्यो । विषय धेरै गाह्रो भएको खण्डमा कहिल्यै पनि पूरा वाक्य नबोल्ने उसको स्वभाव थियो जसबाट धेरैजसो “यो, वास्तवमा, विलकुलै” जस्ता शव्दहरूबाट वाक्यांश सुरु गरेर कुरा गर्न थाल्थ्यो र बोल्दै जाँदा भन्न लागेका पहिल्यै भनिसकिएको छ भन्ठानेर वाक्य पूरा गर्न बिर्सन्थ्यो ।

“यो के हो ?” पेट्रोभिचले सोध्यो र उसको एउटा आँखाले माथि कलरदेखि तल मोतासम्म पछाडिपट्टि, फेरमा र टाँकघरको प्वालसम्म, जुन कुराहरूबारे उसलाई राम्रो जानकारी थियो, जसलाई ऊ आफ्नै हातले बनाउँथ्यो । सूचिकारहरूको बानी यस्तै हुन्छ । कसैसित भेट हुँदा तिनीहरूले गर्ने पहिलो काम त्यही हो ।

“तर, मैले, यहाँ यो––, पेट्रोभिच, ओभरकोट, यहाँ, बुझ्यौ ?, जहाँसुकै बिभिन्न ठाउँमा, यो एकदम बलियो छ– यो अलिकति मैलो र पुरानोजस्तो देखिन्छ, तर यो नयाँ हो । यहाँ एक ठाउँमा अलिकति––, पछाडिपट्टि, र यहाँ उउटा काँधमा, देख्नुभो ? यत्तिहो र एक्कैछिनको काम छ–– ।”

८.

पेट्रोभिचले कपडा लियो, त्यसलाई फुकायो र टेबुलमा फिँजार्‍यो, त्यसलाई राम्ररी हेर्‍यो र टाउको निहुर्‍यायो । पानस पुग्नका लागि झ्यालको पलेँटातिर हात लम्कायो, कोही माथिल्लो दर्जाको अधिकारीको प्रतिमाले त्यसलाई सिँगार्‍यो, यद्यपि त्यो कुन हैसियतको उच्चाधिकारी हो भन्ने कुरा कसैलाई थाहा छैन, जहाँ अनुहार हुनुपथ्र्यो त्यस ठाउँमा औँलाले रगेड्यो र त्यसमा कागजको टुक्रा टाँसिएको ठाउँमा बत्तीको सलेदोले रगेड्यो र बत्तीको एक टुक्रा थुर झारेपछि पेट्रा्भिचले कपडा समात्यो र त्सलाई बत्तीको उज्यालोमा जाँच्यो र फेरि एक पटक टाउको निहुर्‍यायो । त्यसपछि उसले उच्चाधिकारीको प्रतिमा सजाएको ढक्कनलाई कागजको टुक्राको सहाराले उठायो र त्यसको बास्ना सुँघेपछि पानसलाई परतिर धकेल्यो र अन्त्यमा भन्यो, “हेर्नोस्, यो पोसाक मरमत गर्न सम्भव छैन । यो पकडा काम लाग्दैन ।”

यी शब्द सुनेर अकाकिए अकाकिएभिचको मुटुमा चसक्क घोच्यो ।

“कसरी असम्भव छ, पेट्रभिच ?” एउटा बालकको जिद्धी गर्ने लवजजस्तै आवाजमा उसले भन्यो । “कुममा अलिकति फाटेको न हो । टाल्नका लागि तपार्इंसित टालाटुली होलान् नि ?”

“हो, टालाटुली पाउन सकिन्छ । टालाटुली सजिलै पाइन्छन् ।” पेट्रोभिचले भन्यो, “तर सिलाउनु पर्ने कुनै कुरा छैन । हेर्नोस्, यसमा सियो छिराउँदा यो च्यातिन्छ ।”

“च्यातिए च्यातिएला, त्यसमा फेरि अर्को टालो हालौँँला ।”

“तर यसमा टालो हाल्नैमिल्दैन । यसलाई टालटुल गरेर काम छैन । यो झुत्रो भैसकेको छ । सिलाएको कपडा हुनु नै यसको सौभाग्य हो । हावा आयो भने यो उड्छ ।”

“जे भए पनि यसलाई मजबुत बनाउन, वास्तवमा, यसलाई कसरी––”

“हुँदैन ।” पेट्रोभिचले निर्णायक किसिमले भन्यो । “यसमा गर्नुपर्ने केही पनि छैन । यो पूरै काम नलाग्ने भएको छ । बरू अब आउने जाडोमा यसबाट खुट्टा बाँध्ने पट्टी बनाए हुन्छ, किनभने मोजा न्याना हुँदैनन् । जर्मनहरूले धेरै पैसा कमाउन तिनको आविस्कार गरेका थिए ।” पेट्रोभिच जहिले पनि जर्मनहरूप्रति कटाक्ष गर्न रुचाउँथ्यो । “तर यो काम लाग्ने छैन । तपाईंले एउटा नयाँ ओभरकोट बनाउँदा हुन्छ ।”

क्रमश: …

  • Sahitya Sagar
    Sahitya Sagar
Sahitya Sagar
Sahitya Sagar
Post Views: 235
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

सुन्दरता र सन्ताप

April 10, 2023

यज्ञ बनोस् सफल

February 16, 2023

घरको महिमा

January 14, 2023

बा ! मेरो माया मारिदिनोस्, म देशलाई छातीको ढाल थापेर बचाउँछु

March 2, 2022

एउटा स्वप्नचित्र

July 20, 2021

लुसी

July 20, 2021

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.