राजधानीमा भव्य अन्तरराष्ट्रिय कविता गोष्ठी आयोजना, आर्थिकसँगै भाषा र साहित्य पनि समृद्ध बनाउनुपर्नेमा जोड
  

  

काठमाडौं । गैरआवासीय नेपालीहरुको कुरा आउने वित्तिकै लामो समयदेखि आर्थिक लगानीसँग जोड्ने गरिएको छ । तर, शुक्रबार राजधानीमा भएको एक कार्यक्रममा सहभागीहरुले आर्थिक समृद्धिका लागि भाषा, साहित्य, कला र संस्कृति पनि साथै समृद्ध बनाउँदै लैजानुपर्ने बताएका छन् । गैरआवासीय नेपाली संघ, भाषा साहित्य प्रवर्द्धन समितिले राजधानीमा गरेको भव्य अन्तर्राष्ट्रिय कविता गोष्ठीका सहभागी स्रष्टाहरुले आर्थिक समृद्धिका लागि भाषा, साहित्य, कला र संस्कृतिको विकासलाई पनि साथै अघि बढाउनुपर्ने बताएका हुन् ।

समितिले नेपाल प्रज्ञा प्रतिष्ठानसहितको संयोजनमा भएको अन्तर्राष्ट्रिय कविता गोष्ठीमा बोल्दै गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष एवं संरक्षक जीवा लामिछानेले मुलुकको आर्थिक समृद्धिका सघाउन सुरु भएको गैरआवासीय अभियानका क्रममा आर्थिक समृद्धिका साथै भाषा, साहित्य, कला, संस्कृतिको विकास पनि हुनु पर्ने महशुस गरिएकाले नै नेपाल प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा संघका एउटा समिति बनाएर भए पनि काम सुरु गरिएको बताउनुभयो । उहाँले अपेक्षा गरिएअनुसार कामहरु नभए पनि भविष्यका लागि सुरुवात भने भएको बताउनुभयो।

गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टले हाइकु बाचन गरेर सुरु गरिएको कार्यक्रममा चर्चित तथा ख्यातिप्राप्त कविहरुले कविता बाचन गर्नुभएको थियो । कार्यक्रममा बोल्दै संघका अध्यक्ष भवन भट्टले आर्थिक विकासमा लागि भाषा, साहित्य, कला र संस्कृतिको विकास पनि साथै अघि बढाउनुपर्ने बताउनुभयो ।

अन्तर्राष्ट्रिय कविता गोष्ठीमा बरिष्ठ कवि तुलसी दिवस, रामप्रसाद ज्ञवाली, अशेष मल्ल, शैलेन्द्र साकार, धिरेन्द्र प्रेमर्षि, रत्न शम्शेर थापा, सन्ध्या पहाडी, प्रभा भट्टराई, विमला तुम्खेवा, रमेश पौडेललगाएत नेपालका चर्चित कविहरुले आफ्नो उत्कृष्ट रचना बाचन गरेका थिए । कार्यक्रममा प्रवासी कवि एवं गैरआवासीय नेपाली संघका कोषाध्यक्ष हिक्मत थापाले पनि आफ्नो सिर्जना प्रस्तुत गर्नुभएको थियो। कवि थापाको सिर्जनाहरुको संगोलो ‘चोबोकका केटीहरु’ सार्वजनिक भएको छ।

अन्तर्राष्ट्रिय गोष्ठीमा प्रवासी स्रष्टाहरु जानकी गुरुङ, गोविन्दप्रसाद गौतम, युवराज गुरुङ र भगवती बस्नेतले पनि आआफ्नो सिर्जना प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति डाक्टर गंगाप्रसाद उप्रेतीले नेपाली, भाषा, साहित्य, कला र संस्कृतिको विकास र विस्तारमा विश्वभर छरिएर रहेका नेपालीहरुसँग सहकार्य गर्न पाउँदा प्रतिष्ठानले गवै महशुस गरेको बताउनुभयो । उहाँले गैरआवासीय नेपालीहरुसँगको सहकार्यमा केही महत्वपूर्ण कामहरु भएको भन्दै अब त्यसलाई अझ व्यापकता दिन आफू लागिपर्ने बताउनुभयो ।

कार्यक्रममा गैरआवासीय नेपाली संघ, भाषा साहित्य प्रवर्द्धन समितिका संयोजक एवं गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका युरोप उपसंयोजक गोविन्द्रप्रसाद गौतमले गैरआवासीय नेपालीको लगानीको प्रसंग उठ्दा आर्थिक पक्षलाई मात्र जोड दिने गरिएको भन्दै अब भाषा, साहित्य, कला संस्कृतिको क्षेत्रमा पनि लाग्नुपर्ने बताउनुभयो । उहाँले नेपालीहरु विश्वका जुनसुकै कुनामा पुगे पनि आफ्नो भाषा, साहित्य, कला र संस्कृतिमा दिलोज्यान दिएर लाग्ने गरेको भन्दै त्यसलाई अझ व्यवस्थित ढंगले अघि बढाउनुपर्ने बताउनुभयो ।

Grand International  Poetry  Symposeum in Kathmandu, Nepal 
  
NRNA ICC भाषा तथा साहित्य प्रवर्धन उपसमितिको दोश्रो बैठक महत्वपूर्ण निर्णयहरु साथ सम्पन्न 

मिति २०१८ साल सेप्टेम्वर महिनाको २२ तारिक शनिवारका दिन एनआरएनए भाषा तथा साहित्य उपसमितिको दोश्रो बैठक बस्यो । बैठक नेपाली समय अनुसार बेलुकी पाँचबजे उपसमितिका संयोजक श्री गोविन्दप्रसाद गौतमको अध्यक्षतामा सम्पन्न सो  बैठकमा बिभिन्न  बूँदाहरुमाथि गहन छलफल र परामर्स पछि महत्वपूर्ण  निर्णयहरु गरिएका छन। बैठकको संचालन डा लेखनाथ काफ्लेले गर्नु भएको थियो भने बैठकको अभिलेखन सुरेन उप्रेतीले गर्नु भएको थियो ।  बिजिनेस स्काइपको माध्यमबाट बसेको सो विश्वाव्यापी बैठकमा संसार भरका सम्पूर्ण क्षेत्रको प्रतिनिधित्व भएको थियो। सो वैठकमा निम्न उपस्थिती रहेको थियो।

उपस्थिती :  श्री गोविन्दप्रसाद गौतम, श्री हिक्मत थापा,   डा श्री गोविन्द सिं रावत, डा श्री लेखनाथ काफ्ले, श्री मणी नेपाली पनेरु, श्री प्रकाश पौडेल माइला, श्री विमल गिरी, श्री निलम कार्की निहारिका, श्री सुरेन उप्रेती ,  श्री फडिन्द्र भट्टराई, श्री महेन्द्र कडेल,  श्री कमला प्रसाई,  श्री मन भुर्त्याल, श्री इश्वरीप्रसाद भट्ट, श्री रमेश कडेल, श्री शिव चापागाई, श्री महेश्वर पन्त, श्री भगवती बस्नेत ।

सो वैठकले नयाँ सदस्यको रुपमा मनोनित हुनुभएका श्री मणी नेपाली पनेरुलाई समितिमा स्वागत गरिएको थियो भने   समितिका सदस्य निलम कार्की निहारिकालाई योगमाया कृतिकालागि मदनपुरस्कार जस्तो गरिमामय पुरस्कारबाट सम्मानित हुनु भएकोमा समितिले गौरब महषुस गर्दै बधाइ ज्ञापन  गरेको थियो। त्यसै गरी   उत्तरअमेरिकाका संयोजक डा गोबिन्दसिं रावतको ममतामयी आमाको निधन प्रति गहिरो शोक व्यक्त गर्दै दिवंगत आत्माको चिर शान्तिका लागि कामना गर्दै शोकाकूल परिवारजन प्रति उपसमितिले समबेदना प्रकट गरीएको थियो।

सभापतिको आसनबाट श्री गौतमले यूरोपको क्षेत्रिय बैठकमा साहित्यकारहरु र अन्य नेपालीहरुको ठूलो संख्यामा उपस्थिति भई प्रतियोगितात्मक कविता कार्यक्रम भव्य र सभ्यरुपमा भएको तथा भानुजयन्तिलाई नेपाली भाषा र साहित्य दिवशका रुपमा मनाउने कामको थालनी रशिया, क्यानडा लगायत थुप्रै देशमा शुरुभएको जानकारी गराउनु भयो । एशिया प्यासिफिकबाट प्रकाश पौडेल माइलाले कथा र कविता जापानीभाषामा अनुवाद गर्न पहल हुँदै गरेको जानकारी गराउनु भयो । त्यसै गरी  नर्थअमेरिकाका संयोजक डा गोबिन्दसिं रावतले कथा चयनकालागि पूर्वाधारहरु ड्राफ्टभएको र चाँडै बैठकबसी  समिति संख्यामा बृद्धिगरी कार्यान्वयन गर्ने जानकारी गराउनु भयो ।

सो बैठकले एन आर एन दिवसको अवसरमा नव राज पराजुलीको एकल कविता कन्सर्ट हुने समेत सँयोजक गौतम बाट जानकारी प्राप्त भयो भने विश्व भरका महिला कवयत्रिहरुको मुक्तक सँकलन गरी प्रकाशन गर्ने समेत थाह भएको छ।  सो बैठकमा   मणी नेपाली पनेरु द्धारा बडा मेहनतका साथ नेपाली भाषा र साहित्यको विकाशका लागि तयार हुँदै गरेको वेव साइट माथि लामो छलफल भयो । यो प्रशंसनिय र सह्रानियकाम भएकोमा कसैको विमति भएन । यसलाई प्रकृयागत ढंगबाट अगाडी बढाउनकालागि उपर्युक्त भाषा चयन र संसोधन सहित केन्द्रमा पठाउने निर्णय गरियो । त्यसै गरी भाषा र साहित्य भनेको कुनै पनि राष्ट्रको पहिचान गराउने विशिष्ट माध्यम भएको कुरालाई ह्रृदयंगम गर्दै यस उपसमितिलाई समिति बनाउनका लागि केन्द्रलाई अनुरोध गर्ने निर्णय सर्वसम्मतीबाट निर्णय  गरिको छ।

समाचार श्रोत: साहित्य सागर सम्पादक मण्डल

  ​​
  
NRNA ICC भाषा तथा साहित्य प्रवर्धन उपसमितिको दोश्रो बैठक महत्वपूर्ण निर्णयहरु साथ सम्पन्न 

समाचार श्रोत: साहित्य सागर सम्पादक मण्डल

  ​​