Browsing: dreammani

मणी नेपाली पनेरु, ​ क्यालिफोर्निया, USA मेरो एक सपना  छ साथि मरियाना खाइदेखि सगरमाथासम्म  चुलिएको सपना ख्रिष्टको मनभरि उब्जेको सपना हो यो बुद्दको आँखाले देखेको सपना घाम झै उज्यालो, आमा झै न्यानो प्रियषीको अँगालो हो मेरो सपना   छलकपटले लत्पतिएको बीशालु सकुनी पासा फ्याँक्नेहरुले सपना देख्न रोक लाएका छन मलाई तर म सपना बिना बाँच्न सक्दिन एक मात्र ऐश्वर्य सपनै हो मेरो सपना आशा हो भरोशा हो सपना उर्जा हो लाल पूर्जा हो   त्यसैले बाउन्न हन्डर त्रिपन्न ठक्कर खाए पनि जताततै निराशा छाए पनि सपनाका पाइलाहरु पछ्याइ रहेको छु म मरे पनि मेरो सपना मर्ने छैन जिवित हुने छ मेरो सपना तव म मरे पनि नेपाल र नेपाली पुनर्जिवित हुने छ  आत्मा हाँसेको सपना हो साथी …