तीस वर्षको उमेरमै निधन भएका मोतिराम भट्टबारे (१९२३-१९५३) धेरै कुरा अप्राप्य छ । उनलाई नेपाल सरकारले राष्ट्रिय विभूतिसमेत घोषणा गरेको छ ।
कुशे औंसीमा जन्मेका भट्टको यही दिन निधन भएको संयोग पनि नेपाली साहित्यमा चर्चित छ । नरेन्द्रराज प्रसाईंको जीवनी–लेखअनुसार मोतीराम भट्टले ५ वर्षको उमेरमा अक्षरारम्भ गरे । छ वर्ष भएपछि उनी अध्ययनका लागि काशी पुगे । त्यसैले मोतीराम भट्टको शिक्षाको जग काशीमा नै बस्यो । त्यहाँ उनी फारसी स्कूलमा भर्ना भएर फारसी र उर्दू सिके ।
यही पुस्तकको भित्री पृष्ठमा ठेगानाको रुपमा रामघाट बनारस सहर भनेर लेखेका छन् । अर्थात् यो लेख्दा उनी बनारस सहरको रामघाटमा बस्ने गर्दथे ।
छोटो समय, अथक योगदान
मोतिराम भट्ट आफ्ना समयकासक्रिय युवा थिए । साहित्य सृजनाका दृष्टिले मात्र नभई सामाजिक कार्यमा पनि उनको सक्रियता उस्तै बाक्लो देखिन्छ । उनले पढ्दै, पुस्तक लेख्दै, सम्पादन गर्दै, पत्रिका चलाउँदै, पुस्तकालय खोल्दै, छापाखानाको स्थापना गर्दै युवाकाल बिताएको पाइन्छ ।
१९४५ ताका नै उनले काठमाडौंको ठहिटीमा मोतिकृष्ण कम्पनी नामको पुस्तकालय खोले । आफ्ना मामा नरदेव पाण्डे र कृष्णदेव पाण्डेको सहयोग लिएर उनलेयो पुस्तकालय खोलेका थिए ।
उनका मोतीराम भट्टका उपलब्ध ग्रन्थावली’, ‘गजेन्द्रमोक्ष’, ‘प्रह्लाद भक्ति कथा’, ‘पिकदूत’, ‘भानुभक्तको जीवन चरित्र’ लगायत कृति प्रकाशित छन् । आदिकवि भानुभक्त आचार्यले नेपालीमा अनुवाद गरेको रामायणको पाण्डुलिपिको खोजी गरी भट्टले नै वि.सं. १९४१ मा प्रकाशन गरेका थिए ।
केही साहित्यकार नेपाली साहित्यजगतमा पहिलो जीवनी लेखक मोतीरामलाई नै मान्छन् । १९४८ सालमा भट्टले भानुभक्त आचार्यको जीवनीको पुस्तक लेखेका थिए । यस्तै नेपाली साहित्यका प्रथम समालोचकको पगरी पनि मोतीराम भट्टलाई नै जान्छ । उनले सर्वप्रथम भानुभक्तका रचनाको समालोचना गरी नेपाली साहित्यमा समालोचना विधाको आरम्भ गरेका थिए । ‘भानुभक्तको जीवनचरित्र’मा उनले भानुभक्त आचार्यको जीवनीसहित आचार्यको कवित्वशक्तिको समालोचना पनि गरेको भेटिन्छ ।
भट्टका ‘मोतीराम भट्टका उपलब्ध ग्रन्थावली’, ‘गजेन्द्रमोक्ष’, ‘प्रह्लाद भक्ति कथा’, ‘पिकदूत’, ‘भानुभक्तको जीवन चरित्र’लगायत कृति प्रकाशित छन् ।