अनुवादक
सीताराम अधिकारीको परिचय साहित्यसागरका अघिल्ला शृङ्खलामा समेटिइसकेको छ । उनी सफल सर्जक, अनुवादक एवम् समीक्षक हुन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको अमेरिकी कवि जेफ्री चसर (Geoffrey Chaucer) को ‘द लभ अन्फेइन्ड’ कविताको नेपाली अनुवाद ‘निष्कपट प्रेम’ शीर्षकमा समेटिएको छ । यस अङ्ग्रेजी कवितालाई पूर्वीय शास्त्रीय लयमा सिर्जनात्मक अनुवाद गरिएको छ। मूल लेखक
जेफ्री चसर (Geoffrey Chaucer)(इ.सं १३४३/४—१४००) लन्डनको विन्टर स्ट्रिट्मा जन्मेका प्रतिभा हुन् । उनका पिता र हजुरबुबा मद व्यापारी थिए। उनले भने बाबुबाजेले समालेको त्यो व्यवसाय गरेन् । उनले दरबरका विभिन्न पदमा रही काम गरेका थिए। उनी भन्सार अधिकृत र दरबारका कारिन्दा पनि भएर काम गरेको कुरा उनका जीवनीहरूबाट बुझिन्छ। उनले कुटनीतिज्ञ भएर फ्रान्स, स्पेन र इटालीमा काम पनि गरे थिए । उनी ब्ल्याक डेथ्, फ्रन्सको युद्ध र कृषि युद्ध पनि भोगेर बाँचेका व्यक्ति थिए। उनले दरबारको सेवा र आफ्ना निजी कुराहरू कतै पनि उल्लेख गरेको पाइन्न। उनले फ्लेमिस् भरदारकी छोरी फिलिपासित विवाह गरेका थिए । उनको मृत्युपछि उनका छोरा टोमसले बेलायती दरबारको महत्त्वपूर्ण पदमा रही काम गरेका थिए । चसरको दरबरिया सेवालाई सामान्य भनिएको छ तर कविता र अन्य सेवा भने असाधरण मानिएको छ । चसर दाँतेको Divine Cmedy सिर्जनाबाट निकै प्रभावित भएका छन् । उनले St. Paul Almony बाट ल्यटिन र फ्रेन्च भाषा सिकेका थिए । उनी अङ्ग्रेजीबाहेक यी दुई भाषामा पनि राम्रो दख्खल राख्दथे भनिन्छ । उनले आफ्नो जीवनमा यी तिनै भाषा उत्तिकै प्रयोग गरेका छन् । तर उनले अङ्ग्रेजीलाई नै प्रथमिकता दिएका छन् । उनलाई अङ्ग्रेजी आदिकवि भनिन्छ यद्यपि उनीभन्दा अगाडि अरू कवि पनि थिए । उनको कवित्व सामर्थ्य र सम्प्रेष्यताकै कारण उनी आदिकवि हुन् । उनका कृतिहरू यस प्रकार छन् : १. द रोमेन्ट अफ द रोज (The Romaunt of the Rose) चसरका कृतिमध्ये उनको द क्याटबेर टेल्स् सबै भन्दा महत्त्वपूर्ण मानिन्छ। यो तीर्थयात्रीहरूको कथा हो । वास्तवमा आधुनिक अङ्ग्रेजी साहित्यको सुरुवात यिनैबाट भएको मानिन्छ। यिनका कविता पढेर बुझ्न भने त्यति सजिला छैनन् । उनका कविता निकै मिहनत गरे मात्र बुझ्न सकिन्छ । साहित्यसागरको प्रस्तुत शृङ्खला चसरको ‘द लभ अन्फेइन्ड’ अङ्ग्रेजी कविताको नेपाली अनुवाद ‘निष्कपट प्रेम’ समेटिएको छ । यस कविताले निष्कपट प्रेमको महिमागान गरेको छ । सम्पा. |
तरुण तरुणी उम्दा हौ तिमी नौजवान
कुसुमसरि नयाँ छौ हुन्छ तिम्रै बयान
मनमय छ जवानी प्रेमको जिन्दगानी
वयसँग लय खेल्ने हुन्छ बैँसालु बानी ।
सुझबुझ पनि भन्दा तन्कने जोस हुन्छ
तम पनि घन बन्दा दु:खको धार मिल्छ
तम घन पर फाली चेतना आउने छ
वयसित भग बढ्दा ज्ञानको द्वार खुल्छ ।
परमपुरुष बारे सोच विस्तार हुन्छ
हरपल रमितामा रौसको राग बढ्छ
क्षणिक नव जवानी रूप वैलेर जान्छ
मगमग मह बास्ना बागमा ह्रास हुन्छ ।
परमपुरुषमाथि प्रेमको पूmल राखी
दहहत सब फाली पुज्दछन् माफ मागी
कलि कलुष बढेको देखी येसू उदाए
विशद रगत बगाई भक्तको पाप धोए ।
कतिपय नरनारी प्रेमको स्वाङ पार्छन्
ह्दय पनि उधारी दु:खको सास फेर्छन्
तर पछि चिति पाई धर्मकै मार्ग लिन्छन्
जय जय जय गाई ईशकै भक्त बन्छन् ।
२०७७।४।३१