शरद् प्रधानको परिचय साहित्यसागरमा समेटिइसकेको छ । उनका जीवनी र विविध सामग्री यस सञ्चारमाध्यममा समेटिइसकेका छन् । यहाँ भने उनको एउटा तस्बिर साहित्य समेटिएको छ । -सम्पा. |
बि.स.२०५१ मा मदन पुरस्कारको इतिहासमा पहिलो पल्ट गैरनेपाली मातृभाषी क्यानाडियन मूलका भारतीय नेपाली साहित्यकार फादर विलियम बर्कले सही शब्द नामक पुस्तकमा मदन पुरस्कार पाए । ती फादरले मलाई सन्त रोबट्स विद्यालय, दार्जिलिङमा पठाएका पनि थिए । त्यही वर्ष इन्द्रबहादुर राईलाई जगदम्बाश्री पुरस्कार प्रदान गरियो । त्यही बखत इन्द्रबहादुर राई पुरस्कार ग्रहण गर्न आउँदा कमलमणि दिक्षितले आफ्नै निवासमा राखेका थिए । उपन्यासकार तथा नेपाली र अङ्ग्रेजी भाषाका लेखक पिटर कार्थक र म दिक्षितज्यूको निवासमा इन्दबहादुर राई सरलाई भेट्न गएका समयमा लिएको तस्वीर हो यो ।
पिटर कार्थकको प्रत्येक ठाँउ प्रत्येक मान्छे उपन्यासले वि.स. २०३४ सालमा साझा पुरस्कार पाएका थिए । यो पुस्तकको भूमिका शङ्कर लामिछानेले लेखिदिएका थिए । यो उपन्यासको अङ्ग्रेजी अनुवाद पनि लेखक आफैले गरी प्रकाशन भएको छ । पिटरका कथाहरू नामक कथा सङ्ग्रह पनि साझा प्रकाशनले प्रकाशित गरेको छ । उनका दुईवटा पुस्तक अङ्ग्रेजी भाषामा प्रकाशित छन् ।