सीता पन्थी नेपाली साहित्यमै उच्चशिक्षा लिई नेपाली विषयकै अध्यापन गर्दै साहित्यसेवा गरिरहेकी प्रतिभा हुन् । उनको कलम सिर्जना र समीक्षा दुवै विधामा चलिरहेको छ । साहित्यसागरमा उनको एउटा साइनो रचना समेटिएको छ । यस रचनाले साइनो सिर्जनाको सैद्धान्तिक पक्षलाई नै समेटेको छ ।
-सम्पा. |
गाँसौँ प्रिय साइनो
अक्षर बिम्बको नातो
संसारमा छर्छ उज्यालो ।