कृष्ण सुवेदीको परिचय साहित्यसागरका अघिल्ला शृङ्खलामा समेटिइसकेको छ । यहाँ उनको सारभूत परिचयसहित ‘बालसहभागिता’ शीर्षकको बालगीत समेटिएको छ । यस बालगीतले बालबालिकाको एक आपसमा मिली काम गर्नुपर्छ भन्ने देखाएको छ । यहाँ साथीको महत्त्व र एकतालाई देखाइएको छ । यो रचना बालभन्दा पनि शिशुगीतका रूपमा संरचित छ ।
-सम्पा. |
साथ हाम्रो साथीको
जूनभन्दा माथी हो
मन मेरो साथीको
फूलभन्दा जाति हो
हिमाली या पहाडी
हामी बाला मधेसी
बिहानीका घाम हौँ
नेपालको सान हौँ
साथसाथै हिँनेछि
मन्का कुरा गरेछि
हात हात मिलेछि
सँगै अघि बढेछि ।