मणि नेपाली पनेरुको परिचय साहित्यसागरको माधव घिमिरे विशेषाङ्कमा समेटिइसकेको छ । उनी साहित्यसागरका प्रधान सम्पादक पनि हुन् । प्रस्तुत शृङ्खलामा उनको हामी बालक’ शीर्षकको बालकविता समेटिएको छ । यस कविताले बालबालिकाको उत्साही मनोभावलाई समेटेको छ । -सम्पा. |
साना साना छुनामुना,
हामी बालक
ईश्वर हाम्रा मातापिता
हाम्रा पालक ।
आकाशका तारा जस्तै
हामी चम्कन्छौ
धेरै पढी विकासमा
अघिहा लम्कन्छौं ।
नेपालका सपना हौं,
कोपिला छौँ फूल हौँ
सगरमाथा चढ्न सक्छौँ
हिमाल हेर्दै बढ्दैछौँ ।
वीर पुर्खा सन्तति हौँ
हामी पनि वीर छौँ
न्याय गरे मायालु छौँ
अन्यायमा झुक्तैनौँ ।