एक समय त हामी एउटै घरमा पाँच पुस्तासम्म बस्थ्यौँ। यो चाहिँ विक्रम सम्वत् २०३४ सालतिर भट्टराई परिवारको चार पुस्ता कोपुण्डोलमा एकै घरमा बस्दाको तस्बिर हो। तस्बिरमा ९० वर्षकी जिजू-हजुरआमादेखि सानी “पुण्टे” पनातिनीसम्म देखिन्छन् । कलाकार उर्मिला गर्गले खिच्नुभएको यो तस्बिरले काठमाडौंका नलेखिएका धेरै ऐतिहासिक कथाहरूतिर सधैं मेरो मनलाई खिच्छ।
-अमोददेव भट्टराई