माधव घिमिरेका हातबाट युवा वर्ष मोती पुरस्कार प्राप्त गरेपछि २०५९ सालमा घिमिरेसँग खिचिएको तस्बिर हो । यो पुरस्कारले मलाई साहित्य क्षेत्रमा लागिरहन थप उर्जा प्रदान गरेको थियो । उहाँसँगको सानिध्य झन् झन् बढेको अनुभव भएको थियो ।
दोस्रो तस्बिर मेरा छ वटा कृतिहरू लोकार्पण गर्न नेपाल गएका बेला राष्ट्रकवि घिमिरेकै निवासमा खिचिएको तस्बिर हो । उहाँसँगको अन्तिम भेट यही बन्यो । हाम्रो पृष्ठभूमिमा घिमिरेज्यूकै तस्बिर मुस्कुराइरहेको छ । -लालगोपाल सुवेदी