छायातत्त न्यौपाने बालसाहित्यका क्षेत्रमा समर्पित प्रतिभा हुन् । उनको परिचय साहित्यसागरका अघिल्ला शृङ्खलामा समेटिइसकेको छ । उनी बहुविधामा कलम चलाएर बालसाहित्यमा समर्पित बनेका छन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको शिशु आवाज शीर्षकको कविता समेटिएको छ । यस कविताले बालबालिकाको व्यवहार र मनाेभावनालाई समेटेको छ ।– सम्पा. |
शिशु हामी चुलबुले
छिन्छिन कराउँछौ
बाबाआमा काख बस्छौं
त्यहीँ रमाउँँछौँ ।
बोली अलि फुट्या छैन
कनीकुथी गर्छौं
भोक लाग्दा तिर्खा लाग्दा
माम बुबु माग्छौँ ।
नमान्नु है झिजो गारो
स्याहार पुर्याउनू
अरू काम हुँदै गर्छ
हाम्लाई खेलाउनू ।
हुर्किने हो हामी छिटै
बाबाको पियार
खेल्दै खाँदै आमासँगै
घुम्ने हो संसार !