मित्र भारद्वाज बालसाहित्य र बालअधिकारका क्षेत्रमा पनि परिचित प्रतिभा हुन् । उनको परिचय सहित्यसागरका अघिल्ला शृङखलामा समेटिइसकेको छ । उनी कुशल बालसाहित्य सर्जक र बालसाहित्यिक पत्रकारसमेत हुन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा भारद्वाजको एउटा बालगीत समेटिएको छ ।यस शिशुरचनाले बालिकाको स्वभावबाट आम शिशु/बालबालिकालाई स्वस्थ रहन अभिप्रेरित गरेको छ।
– सम्पा.
|
आहा ! हाम्री नानी
साँच्चै रैछन् ज्ञानीहात खुट्टा तानेर
व्यायाम गर्न भनेर
साँच्चै रैछन् ज्ञानीहात खुट्टा तानेर
व्यायाम गर्न भनेर
नाच्न पनि थालिछन्
पसिना नै झारिछन्
स्वास्थ्य आनिबानी
सुधार्दै छिन् नानी
दिनदिनै गर्ने रैछन्
ब्यायाम हो जानी
नियमित अभ्यासले
हुन्छ राम्रो बानी
फूलजस्ती नानी
कत्ति राम्रो बानी ।