धीरकुमार श्रेष्ठ (२०१८ साल असार २५ गते, पकरी ६, सप्तरी) नेपाली साहित्य र साहित्यिक पत्रकारिताका क्षेत्रमा सुपरिचित प्रतिभा हु्न् । २०२८ सालतिर ‘वसन्त’ शीर्षकको कविता प्रकाशन गरी साहित्य क्षेत्रमा सार्वजनिक भएका श्रेष्ठले कथा, उपन्यास, कविता, निबन्ध, समालोचना, बालसाहित्य जस्ता विविध विधाका साथै भाषा–व्याकरण र पाठ्यपुस्तक लेखनमा कलम चलाउँदै आएका छन् । उनका बालसाहित्यतर्फ : जेब्रा क्रसिङ (सचित्र बालकथा, २०६५), अग्लो घाँस (तथ्य पुस्तक, सन् २०१०), हलो जोते खाए माम (बालकथासङ्ग्रह, २०६८) जस्ता कृति प्रकाशित छन् । सरल नेपाली बालव्याकरण र रचना (२०६४, सहलेखन) मेरो प्यारो नेपाली (२०६६, सहलेखन) जस्ता व्याकरण र पाठ्यपुस्तकका लेखक श्रेष्ठका बालकथामा बालमनोविज्ञान पनि समेटिएको हुन्छ । उनी बालबालिकालाई जीवजन्तुसँग सहचरीका रूपमा उभ्याएर बालसाहित्य सिर्जना गर्ने सर्जक हुन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको कसको घर शीर्षकको बालकथा समेटिएको छ । यसमा सर्प र वन्दनालाई पात्र बनाई सबैले पृथ्वीमा बस्न पाउनुपर्छ भन्ने सन्देश दिइएको छ ।
– सम्पा.
|
“अबुई ! कति लामो सर्प !” गाउँको घरको आँगनमा खेलिरहेकी वन्दना अचानक चिच्याई । उसले हत्तपत्त लट्ठी टिपी ।
“मलाई नहान ।” सर्पले भन्यो ।
“किन ?” उसले सोधी ।
“लट्ठीले हानेपछि म मरिहाल्छु नि ।”
“अनि मेरो घरमा किन आएको त ?” उसले रिसाउँदै सोधी ।
“म तिम्रो घरमा आएको हो ?” सर्पले सोध्यो ।
“नभए के त ! म तिम्रो घरमा आएको हो ?” उसको रिस कम भएको थिएन ।
“हो, हामी दशौँ पुस्तादेखि यहीँ छौँ । तिमरूले याँ’ कै’ले घर बना’को ? आमालाई सोध त ।”
“आमा ! आमा ! हाम्ले याँ’ घर कै’ले बना’को ?” खुरर्र घरभित्र पसेर उसले सोधी ।
“किन चाहियो तँलाई ?” उल्टै आमाले सोध्नुभयो ।
“भन्नु न क्या ।” ऊ लाडिई ।
“दश वर्षअगाडि ।” आमाले भन्नुभयो ।
“हो रहेछ ।” आँगनमा फर्केर उसले स्विकारी ।
“ल भैगो । तिम्रो घरमा तिमी बस । मचाहिँ बसाइँ सरेर जङ्गल जान्छु । त्यहीँ घर बनाउँछु । हुन्छ ?”
“हुन्छ ।”