धीरकुमार श्रेष्ठ नेपाली साहित्यमा सुपरिचित प्रतिभा हुन् । उनको परिचय साहित्यसागरका अघिल्ला शृङ्खलामा समेटिइसकेको छ । श्रेष्ठको कलम बहुविध विधामा चलिरहेको छ । प्रस्तुत शृङ्खलामा उनको बालकथा ‘सुरी र भुरी’ समेटिएको छ । यस कथामा बिरालो र कुकुरको विषयवस्तु समेटिएको छ । यहाँ बुढीआमा, कुकुर र विरालो पात्रका माध्यमबाट बिरालोले कुकुरलाई भगाएको विषयलाई बालमैत्री पाराले प्रस्तुत गरिएको छ ।
–सम्पा. |
भुरीले सुरीलाई लखेटी । सुरी कुर्सीमा चढी । तलबाट सुरीले भौँभौँ गरी । सुरी तल ओर्ली । भुरीले लखेटी । सुरी खाटमा उक्ली । भुरी पनि खाटमा उक्लिन खोजी । सकिनँ । पछारिई । माथिबाट सुरीले जिस्क्याई । भुरीलाई रिस उठ्यो । बुरुक्क उफ्री । फेरि पछारिई । फेरि उफ्री । यसपटक खाटमा उक्ली । सुरी दराजमा चढी । भुरीले भुकिरही । सुरी मस्तले निदाई।
भुइँमा मुसाले “च्वँच्वँ” ग¥यो । सुरीको निद्रा खुल्यो । उसले दाउ हेरेर टुक्रुक्क बसी । भुरीले चाल पाई । खाटबाट बुद्रुक्क ओर्ली । मुसा “च्वँच्वँ” गर्दै भाग्यो । सुरीलाई रिस उठ्यो । उसले भुरीलाई झम्टी । यसपटक भुरी भागी । सुरीले भुरीलाई लखेट्न थाली । दुवै आँगनमा निस्के । सुरी लखेट्ने, भुरी भाग्ने । आँगनवरिपरि भाग्न थाले । त्यो देखी हजुरआमाले भन्नुभयो, “यो कलिमा के देख्नुप¥यो नि ! बाख्रादेखि बाघ डराएजस्तो !”