विलियम वड्स्वर्थ (१७७०-१८५०) बेलायतको पहाडी जिल्ला लेक डिसिट्रकमा जन्मेका थिए । जन्मस्थाका आधारममा र प्रकृति चित्रणका आधारमा उनलाई लेककवि पनि भनिन्छ। उनी रुमानी काव्य–धाराका सच्चा अग्रदूत थिए । उनले क्याम्ब्रिज विश्वविद्यालयबाट स्नातक उपाधि प्रप्त गरेका थिए। तरुण अवस्थामा नै उनी फ्रान्समा गएका थिए । त्यहाँको क्रान्तिमा उनको समर्थन रहेको थियो। उनको यानिट् व्यालन् नामकी युवतीसित प्रेम थियो र उनीहरूबाट एउटी छोरी जन्मेकी थिइन्। उनमा फ्रेन्च क्रान्तिको प्रभव परेको थियो र लेख्न सुरु गरे तर क्रान्तिको भयले पछिल्ला दिनमा आफ्नै भूमिमा फर्के । पछि उनकी प्रेमिका व्यलन् र उनको भेट भएन । वड्स्वर्थ स्वदेश फर्किएपछि उनकी बहिनी डोरोथीसित बसे । बहिनीकै विम्ब उनका कतिपय कवितामा पाइन्छ । पछि उनको सामुयल् टेलर् कोलरिजसित भेट भयो र अङ्ग्रेजी रुमानी काव्यधारा मौलायो। यिनीहरूको यो भेट ऐतिहासिक थियो । यसपछि यिनीहरूको सहलेखन आरम्भ भयो । सहलेखनको उपजहो : लिरिकल् ब्यलड (ब्यालेड) । यस कृतिमावड्स्वर्थर्को टिन्टर्न् याबी” लगायत केही अन्य कविता र कोल्ररिज्र्को द राइम् अफ दी एइन्सिन्ट म्यरिनर्” समेटिएको थिए । वर्डस्वर्थले प्रकृतिमा (१) युवती (२) पथप्रदर्शक (३) गुरु र (४) ईश्वर देख्त थे। यस अर्थमा उनका कवितामा प्रकृतिवादी र मानवतावादीचेतना पाइन्छ । उनी प्रकृतिका उपासाक थिए भन्ने कुरा उनका कविताबाट बुझिन्छ । उनले प्रकृति र मानवलाई केन्द्रमा राखेर निरन्तर लेखिरहे। उनका यस्ता अनगिन्ती कविता छन् । उनी स्वच्छन्दतावादी काव्यधारकका धेरैका प्रेरणाको स्रोत पनि भए । उनी त्यस युग र धाराका कवि शिरोमण्णि पनि भए । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको लुसी ग्रे (Lucy Gray) कवितालाई नेपालीमा अनुवाद गरी प्रस्तुत गरिएको छ । यसको अनुवाद नेपाली काव्यका विशिष्ट कवि एवम् अनुवाद सीतारमा अधिकारीले गरेका हुन् ।-सम्पा. |
सीताराम अधिकारीको परिचय साहित्यसागरको माधव घिमिरे विशेषाङ्कमा समेटिइसकेको छ । उनी नेपाली साहित्यका कविताविधाका गद्यपद्य दुवै धारका कवितालाई सिर्जनात्मक अन’वाद गर्न सक्ने प्रतिभा हुन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको वर्डस्वर्थको कविता लुसीको अनुवाद समेटिएको छ । यस कवितालाई अधिकारीले भाव र विचार नबिग्रने गरी नेपाली पद्यानुवाद गरेका छन् । यो अनुदित कविता अनुष्टुप, उपजाति र शिखरिणी छन्दमा रहेको छ । यस कवितालाई वर्डस्वर्थको लुसीको पाँच भागअनुसार नै प्रस्तुत गरिएको छ । यसलाई नेपालीमा लघुकाव्यका रूपमा बुझ्न सकिने गरी अनुदित सिर्जना भएको छ । यस कविताले प्रकृतिप्रेमलाई नै मूल अभिव्यक्ति बनाएको देखिन्छ । यस कविताको लुसी प्रकृति विम्ब हो ।
–सम्पा.
|
तृष्णाको भुमरी चर्को अनुभूति भयो नयाँ
आँकुरा प्रेमका उम्रे भन्ने हिम्मत भो ममा
यो गोप्य मनको मूल उनैलाई पिलाउँला
एकान्तमा गई भेटी मनफूल चढाउँला ।हुर्केकी मस्त ती चारु मनकी फूल सुन्दर
आँखाकी पुतली मेरी फक्रेकी कविताक्षर
बिस्तारै उनकै बाटो लागेँ कुटी जता थियो
चन्द्रमाको दया पाएँ सरणी झरिलो भयो ।आँखामा चन्द्रको रश्मि लागे खेल्न बराबर
जति हिँड्छु नयाँ देख्छु घाँसे मैदान मास्तिर
निकै थकित भो घोडा रोकिएनौँ कतै तर
बाटो तैपनि भो प्यारो सम्झिएँ उनकै स्वर ।
हिँड्दा हिँड्दै पुग्यौँ हामी फलोद्यान जहाँ थियो
मनमोहक यो दृश्य दृष्टि–दर्पण नै भयो
उकालो माथिको दृश्य अत्यन्त रोचकै थियो
उक्लियौँ टाकुरामाथि ओर्लँदो चन्द्रमा भयो ।
मीठो निद्रा निदाएर सपना सल्बलाउँदो
सिरानीमा थियो हाँसो बैँसको खस्खसाउँदो
दृष्टि सौन्दर्यमा लिप्त रोकिएन निदाउँदा
चन्द्रमासितको स्नेह चोखो निर्मल पाउँदा ।
अघि बढ्दै गयो घोडा बिस्तारै सपनासँगै
रोकिएन कतै यात्रा नपुगी कुञ्जमा उसै
पुगेर कुञ्ज–कर्सामा रोकियो अश्व ओर्लिएँ
तत्कालै रातकी रानी डुब्दा एक्कासि तर्सिएँ ।
आसक्त रक्त–सञ्चार भयो कौतुक जागृत
प्रेमीको माथमा उर्ले प्रेम–कल्लोल झङ्कृत
हे ईश्वर बता ऐले कहाँ छिन् मनकी लुसी ?
अस्तायौ के तिमी साँच्चै ? रुँदै छु हौ तिमी खुसी ।
—
एकान्तमा प्रकृतिको ऋतुरङ्ग हेरी
बस्थिन् जहाँ छ सरिता डवको मितेरी
टाढा थियो असजिलो पथ प्रान्त एक
उम्दा थिइन् प्रिय लुसी झरिलो विवेक ।जाँदैन थे जन कुनै तर काव्यकार
पुग्थे अरे छ रचना उनकै अपार
अज्ञात चारु रसिली हँसिली मजाकी
लज्जालु नम्र मनकी प्रतिभा धराकी ।फक्रन्छ पुष्प नलिनी बिलमा लुकेर
घुम्टेर चारु उसरी चहकिन् झुकेर
हुन् शुभ्र शान्त मनकी जगकी जुनेली
त्यो चम्किलो गगनको खगझैँ उजेली ।
अज्ञात नै प्रिय थियो तिनको बसाइ
चिन्दैन थे अधिकले उनको उँचाइ
निष्प्राण चारु चिरकाल समाधिमा छिन्
शेकार्त छन् कवि युवा कविता रुदैछन् ।
—
निद्रा परेछ गहिरो प्रियमा उठाइन्
सन्त्रास छैन कविको मनमा उदाइन्
छैनन् उनी अव त शून्य भई बिलाइन्
यात्रा बिसाउन पुगिन् सुर चित् हराइन् ।देखिन्न देह तिनको स्वर नै बिलायो
कानै छ बन्द अनि दृष्टि गयो हरायो
घुम्छिन् कि रातदिन ती पथ मेदिनीको ?
चट्टान या कड ढलेसरि या तरुझैँ ।
—
घ
घामपानी दुबै पाई हलक्क हुर्किइन् लुसी
तीन वर्ष बितेको रे प्रकृति काखमा बसी
भनिन् प्रकृतिले आफैँ उम्रिएकी लुसी थिइन्
रोपिएकी कसैद्वारा धर्तीकी फूल होइनन् ।लुसीलाई म नै लिन्छु स्नेहको फूल–पत्रमा
मेरै बनाउँछु भन्दै कवि हुन्छन् अठोटमा
उनै म हुँ उनैसाथ रहन्छु कविता गरी
प्रकृति न्याय मायमा हामी रम्छौ सधैँभरि ।
लुसी चौतर्फी देखिन्छिन् मूर्त अमूर्त रूपमा
पहरा कुञ्ज मैदान बेंसी भञ्ज्याङ, दूनमा
लिन्छिन् आनन्द एक्लै ती हेर्दै दृश्य अनेकन
कैले भावुक ती बन्छिन् कैले अत्यन्त संयम ।
मृगशावकजस्तै ती विनोदी बनी खेल्दछिन्
वनकी सुकुमारी ती शैल मैदान घुम्दछिन्
वास्ना मग्मग हावमा पस्केर मुस्कुराउँछिन्
सुनसान र शान्तिको घुम्टो ओढी चियाउँछिन्।
शुभ बादलले दिन्छन् लुसीलाई नयाँ बल
निगाला बाँसको सैर हेर्दछिन् भई चञ्चल
आँधीको मार ती खप्छिन् उदास नबनीकन
सौन्दर्य रूपमा देख्छिन् विवर्त धमिलोपन ।
तरा स्नेही बनी हेर्छन् उनलाई फकाउँदै
कान थापेर ती घुम्छिन् गोप्य ठाउँ रमाउँदै
मनोज्ञ सरिता–नाच गीत गुञ्जन कल्कल
मन फुर्फुर झन् आँखा ओठ छन् अति चञ्चल।
खुसीको खँदिलो भाव तर्रतर्र भर्दछन्
उँचाइ तिनको अग्लो राजकीय बनाउँछन्
कुमारी मस्त फक्रेकी रतिकेलि छ फूलको
लुसीसितै म बस्तै छु छ यो ठाउँ उम∙को ।
थिइन् ती प्रेमले सिक्त भनिन् प्रकृतिले रुँदै
छैनन् ऐले लुसी अल्पिन् छोडी कवि धरा दुबै
सुनसान भयो सारा वाटिका नै विरक्त छ
आख्यान सम्झना उन्को जे थियो अब शून्य छ ।
ङ
भयो यात्रा मेरो उदधि परका मानिससँगै
थिएनन् ती मेरा परिचित सखा गाउँ घरकै
जसै लेखेँ मैले प्रकृति तनयाको सुकविता
भयो बेलायत् नै कवि ह्दयको धड्कन कथा ।
पलायो मायाको मुकुल कविमा चारु दिलको
छचल्केको छल्का उदधि तिरको काव्य रस भो
त्यहीँ डुल्थिन् देवी प्रकृतिसित खेल्दै दिनदनै
उनै हुन् ती चारु प्रकृति–तनया पुष्पित कुनै ?
पहाडैमा जन्मँे वरिपरि थिए झील र झरी
त्यहीँ खेली डुल्थेँ कवि–ह्दय पोखी दिनभरी
त्यहीँ पाएँ आत्मा प्रकृतिसित खेल्र्दै विनत भै
तरङ्गिन्थ्यो धेरै ह्दय कहिले भावुक हुँदै ।
सिकेँ लेखेँ केही प्रकृति–कविता गीत सपना
यहीँ झुल्क्यो प्यारो अरूणिसित जीवन्त विपना
थियो तातो हावा कथित युगको लन्डनभरि।
भयो धेरै चर्चा सरल रचना चारु कसरी ? ।
जसै ओल्र्यो प्रात: तम घन निशा अल्पिन गयो
थियो आशा सङ्लो तर मुकुलको स्वप्न हरियो
सुके अल्झे आँखा अब त उनको मात्र सपना
यहाँ छैनन् छैनन् तन बदन भो शून्य भवमा ।