विलियम वड्स्वर्थ (१७७०-१८५०) बेलायतको पहाडी जिल्ला लेक डिसिट्रकमा जन्मेका थिए । जन्मस्थाका आधारममा र प्रकृति चित्रणका आधारमा उनलाई लेककवि पनि भनिन्छ। उनी रुमानी काव्य–धाराका सच्चा अग्रदूत थिए । उनले क्याम्ब्रिज विश्वविद्यालयबाट स्नातक उपाधि प्रप्त गरेका थिए। तरुण अवस्थामा नै उनी फ्रान्समा गएका थिए । त्यहाँको क्रान्तिमा उनको समर्थन रहेको थियो। उनको यानिट् व्यालन् नामकी युवतीसित प्रेम थियो र उनीहरूबाट एउटी छोरी जन्मेकी थिइन्। उनमा फ्रेन्च क्रान्तिको प्रभव परेको थियो र लेख्न सुरु गरे तर क्रान्तिको भयले पछिल्ला दिनमा आफ्नै भूमिमा फर्के । पछि उनकी प्रेमिका व्यलन् र उनको भेट भएन ।
वड्स्वर्थ स्वदेश फर्किएपछि उनकी बहिनी डोरोथीसित बसे । बहिनीकै विम्ब उनका कतिपय कवितामा पाइन्छ । पछि उनको सामुयल् टेलर् कोलरिजसित भेट भयो र अङ्ग्रेजी रुमानी काव्यधारा मौलायो। यिनीहरूको यो भेट ऐतिहासिक थियो । यसपछि यिनीहरूको सहलेखन आरम्भ भयो । सहलेखनको उपजहो : लिरिकल् ब्यलड (ब्यालेड) । यस कृतिमावड्स्वर्थर्को टिन्टर्न् याबी” लगायत केही अन्य कविता र कोल्ररिज्र्को द राइम् अफ दी एइन्सिन्ट म्यरिनर्” समेटिएको थिए । वर्डस्वर्थले प्रकृतिमा (१) युवती (२) पथप्रदर्शक (३) गुरु र (४) ईश्वर देख्तथे। यस अर्थमा उनका कवितामा प्रकृतिवादी र मानवतावादीचेतना पाइन्छ । उनी प्रकृतिका उपासाक थिए भन्ने कुरा उनका कविताबाट बुझिन्छ । उनले प्रकृति र मानवलाई केन्द्रमा राखेर निरन्तर लेखिरहे। उनका यस्ता अनगिन्ती कविता छन् । उनी स्वच्छन्दतावादी काव्यधारकका धेरैका प्रेरणाको स्रोत पनि भए । उनी त्यस युग र धाराका कवि शिरोमण्णि पनि भए । यहाँ वर्डस्वर्थको अंग्रेजी कविता LSolityary Reaper को नेपाली अनुवाद समेटिएको छ । यसलाई अनुवादक सीताराम अधिकारीले ‘बाली काट्तै गरेकी अकेली युवती’ शीर्षकमा पूर्वीय शास्त्रीय लयमा सिर्जनात्मक अनुवाद गरेका छन् । सम्पा. |
सीताराम अधिकारीको परिचय साहित्यसागरका अघिल्ला शृङ्खलामा समेटिइसकेको छ । उनी अङ्ग्रेजी र नेपाली भाषामा समानान्तर ज्ञान भएका विशिष्ट अनुवादक हुन् । उनको कवि प्रतिभा र भषिक सामथ्र्यले विशिष्ट अनुवाद नेपाली पाठकहरूले कलात्मक भाषामा पढ्ने अवसर प्राप्त गरिरहेका छन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा अधिकारीको वर्डस्वर्थको अङ्ग्रेजी कविता LSolityary Reaper को नेपाली अनुवाद ‘बाली काट्तै अकेली युवती’ शीर्षकको अनुदित रचना समेटिएको छ ।सम्पा. |
हेर ती फाँटमा एक्लै शैलपुत्री परिश्रमी
गाउँदै गहुँ काट्तै छिन् विरही गीतकी धनी
मीठा गीत मनै हर्ने रुकेर सुन हे मन
जाऊ सुनेर बिस्तारै गहिरो गीतको धुन ।
चरी बुल्बुलले गाए अरेबियन् प्रदेशमा
गर्दै स्वागत थाकेका यात्रीलाई हँसाउन
तथापि शैलपुत्रीको रुमानी गीत सुन्दर
चरीको गीत भन्दा त्यो निकै मीठो थियो स्वर ।
परिश्रम थियो उन्को गलाको मृदु कम्पन
वासन्ती कुक्कुको गीत भन्दा मीठो प्रकम्पन
भत्काई मौनतालाई हेब्रिन्डिज किनारको
समुद्र पनि ब्यूँझेछ सुन्दा गीत अजेय त्यो ।
कुनैले भन्न सक्तैन गीतका अर्थ के थियो
उदास मनको भाव तरङ्गसरि पोखियो
विरक्तिका थिए छाल युद्धका अथवा अरू
थिए अतीतका घाऊ दुखाइ वेदनाहरू ।
यद्वा ती कविका भाव मनको विरहीपन
उर्लेर कविता आयो गेय बनेर गाउन
यद्वा प्रकृतिको दुःख दर्द कष्ट विनाशको
भएका थे कतै पैले यद्वा हुने भविष्यको ।
जेसुकै होस् चुरो तत्त्व तिनको गीतको तर
थिएन गीतको अन्त गाउँदै छिन् निरन्तर
देखे थेँ काममा मैले गाउँदै गीत नन्दिनी
झुकेर हँसिया जस्तै बाली काट्दै थिइन् तिनी ।
बसेँ, मौन भएँ सुन्दै उनको गीत अन्तरा
सुन्दै सुन्दै उकालोमा पुगेँ म शैल टाकुरा
त्यो गाना अल्झियो मेरो दिलभित्र कुनाकुना ।
अनामनगर, काठमाडौँ