SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » देवकोटाको उच्च चेहरा
देवकोटा विशेषाङ्क

देवकोटाको उच्च चेहरा

Sahitya SagarBy Sahitya SagarJuly 6, 2021No Comments6 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

रमेश शुभेच्छु स्रष्टा, द्रष्टा र साहित्यिक सङ्गठक पनि हुन् । उनले त्रिभुवन विश्वविद्यालय परिसरमा लक्ष्मीप्रसाद देवकोटाको प्रतिमा निर्माण समितिमा रहेर काम गरेका थिए । त्यस समितिले २०७१ सालमा प्रतिमा अनावरण गरेका दिन समितिका तर्फबाट दिएको स्वागत मन्तव्यलाई यहाँ टेपबाट उतार गरी समेटिएको छ । यस मन्तव्यले देवकोटाले साहित्यिक र शैक्षिक क्षेत्रमा पुर्‍याएको योगदानको मूल्याङ्कन गरेको ठानी हामीले यहाँ समेटेका छौँ ।

-सम्पा.


महाकवि देवकोटाको प्रतिमा अनावरण समारोहका सभाध्यक्ष आदरणीय तेजविलास अधिकारीज्यू,
प्रमुख अतिथि आदरणीय प्राज्ञिक व्यक्तित्व, नेवारी र नेपाली भाषाका विशिष्ट विद्वान् संस्कृतिविद् सत्यमोहन जोशीज्यू,
त्रिभुवन विश्वविद्यालयका उपकुलपतिज्यू,
मानविकी सङ्कायका डीनज्यू,
सहायक डीनज्यू,
शिक्षा सङ्कायका डीनज्यू,
त्रिभुवन विश्वविद्यालयका प्राचार्य आदरणीय हीराबहादुर महर्जनज्यू,
नेपाली केन्द्रीय विभागका विभागीय प्रमुख एवम् प्रतिमा निर्माण समितिका सल्लाहकार प्रा. डा. दयाराम श्रेष्ठज्यू,
प्रतिमा निर्माणका सल्लाहकार एवम् अङ्‍ग्रेजी केन्द्रीय विभागका विभागीय प्रमुख प्रा.डा. पद्मप्रसाद देवकोटाज्यू,
प्रतिमा निर्माण समितिका सल्लाहकार एवम् लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठानका अध्यक्ष प्रा. घटराज भट्टराईज्यू,
त्रिभुवन विश्वविद्यालय प्राध्यापक सङ्घका सभापतिज्यू,
त्रिभुवन विश्वविद्यालय स्ववियु सभापति, उपाध्यक्ष एवम् सचिवज्यू,
विश्वविद्यालयका प्राध्यापकहरू,
नेपाली केन्द्रीय विभाग एवम् अङ्‍ग्रेजी केन्द्रीय विभागका हाम्रा मार्गदर्शक गुरुहरू ,
लक्ष्मीप्रसाद देवकोटाका परिवारका सदस्य एवम् स्वजन,
कार्यक्रममा उपस्थित साहित्यकार एवम् साहित्यानुरागी महानुभावहरू,
आदरणीय विद्यार्थी साथीहरू ।
सबै सबैमा मेरो व्यक्तिगत तर्फबाट र महाकवि देवकोटा स्मारक निर्माण समितिका तर्फबाट हार्दिक स्वागत अभिवादन ।

विषय प्रवेश
हामीले स्कुलदेखि नै लक्ष्मीप्रसाद देवकोटाका रचना पढेका थियौँ । उहाँको जीवनी र कृतित्वबारे पढेका थियौँ । हामी साहित्यका विद्यार्थी हुँदा बारम्बार देवकोटासँग मानसिक रूपमा भेट भइरहेको थियो । हामी विश्वविद्यालयका विद्यार्थी बनेर कीर्तिपुर आएपछि देवकोटालाई अझ चिन्यौँ । पढाइबाट पनि चिन्यौँ । उहाँका चेतनाबाट पनि चिन्यौँ । त्रिभुवन विश्वविद्यालयका लागि कीर्तिपुरको यो विशाल भूमि छुट्याउने व्यक्तित्व देवकोटा हुनुहुन्थ्यो भन्ने थाहा पायौँ । नेपालमा विश्वविद्यालय चाहिन्छ भनेर स्थापनाका लागि पहल कदमीका साथै योजनाकार व्यक्तित्व उहाँ हुनुहुन्थ्यो भन्ने थाहा पायौँ । यहाँ आएर यी कुरा थाहा पाएपछि हाम्रा मनमा देवकोटाप्रतिको आदर झन् झन् चुलिएर आयो ।

उहाँका नाममा केही गरूँ भन्ने लाग्यो । हामी देवकोटाले देशको शिक्षाका लागि बचाएको भूमि घुम्यौँ । यहाँ देवकोटालाई सम्झने कुनै प्रतीक आवश्यक छ भन्ने लाग्यो र हामीले महाकवि लक्ष्मीप्रसाद देवकोटा स्मारक निर्माण समिति २०५९ गठन गरेर उहाँलाई यस पवित्र भूमिमा उभ्याउने अठोट गर्यौँ । यस विषयमा पहिला विद्यार्थीमाझमा कुरा भयो । यसका सूत्रधार माधव ढुङ्‍गेलज्यू अहिले पेसाका कारण काठमाडौँबाहिर हुनुहुन्छ । हामीले अनेक छलफलपछि मानविकी सङ्कायको भवनअगाडि नेपाली र अङ्‍ग्रेजी विभागको आँगन देवकोटाका लागि उपयुक्त ठाऊँ ठहर्‍यायौँ र आज निर्माण कार्य सम्पन्न पनि गर्‍याैँ । हाम्रो यस महत्वकांक्षाको सफलताका लागि यहाँहरूले पुर्याउनुभएको योगदानलाई आदर ठर्दछौँ । देवकोटाको नेपाली शिक्षा र साहित्यप्रतिको समर्पण प्रति आदर अभिवादन गर्दछौँ । र त्यो आदर अभिवादन गर्न सकेको ठान्दछौँ ।

विस्तार
देवकोटा स्मारक निर्माण समितिमा हामी नेपाली केन्द्रीय विभागका तीन व्याजका विद्यार्थी रहेका छौँ । म यस समितिको कनिष्ठ सदस्य हुँ । पहिलो व्याजबाट चार जना, दोस्रो व्याजबाट दुई जना र तेस्रो व्याजबाट मसमेत यो समितिमा सात जना संलग्न छौँ । यस समितिमा संलग्न दाइ पुस्ताका कतिपय दाइहरू अध्ययन सकेर कर्म क्षेत्रमा प्रवेश गरिसक्नुभएको छ । बिचमा अनेक आरोह अवरोह हुँदा हुँदै पनि आज हामी यो कार्य सम्पन्न गर्न सफल भएका छौँ । यहाँहरूका अगाडि देवकोटालाई उभ्याउन सकेका छौँ । यस बेला हामी असाध्य काम साध्य भएझैँ हर्षविभोर बनेका छौँ ।

देवकोटा स्मारक निर्माणमा हामी नेपाली विषयका उच्च शिक्षार्थी र त्यसमा देवकोटा नै मूल विषय पढ्ने विद्यार्थी छौँ । हामी त देवकोटालाई चिनिहाल्छौँ तर त्रिभुवन विश्वविद्यालय पढ्ने अन्य विद्यार्थी र प्राध्यापकले पनि देवकोटा चिन्नुपर्छ भन्ने हामीलाई लाग्यो । त्रिभुवन विश्वविद्यालय भ्रमण गर्न मात्र आउने पर्यटकले पनि देवकोटा चिन्नुपर्छ भन्ने लाग्यो । यहाँभित्र शुवर्णशमशेर र महारानीहरूको मात्र सालिक देख्दा देवकोटाको खोइ त भन्ने जिज्ञासा जाग्यो र यो प्रतिमा निर्माण अभियानमा जुट्यौँ । रित्तै हातले मनभरि देवकोटालाई लिएर कार्य थालनी गर्‍याैँ । रित्तै हातले पनि मन दह्रो बनाएर काम गरे सफल भइने रहेछ । हामी आज सफल पनि भयौँ ।

आज अनावरण हुँदै गरेको प्रतिभा ढुङ्गामा बनेको प्रतिमा हो । यसले नेपाली कलाको इतिहासमा मध्यकाललाई सम्झाउला । यो प्रतिमा बनाउने ढुङ्गो हामीले मच्छेगाउँको पाखाबाट लियौँ । मच्छेगाउँकै ढुङ्गो रोज्नुमा यहीँको हावापानीको ढुङ्गो टिकाउ हुन्छ भन्ने विज्ञहरूको सुझाव रहेको छ । यसको निर्माणमा श्रीकृष्ण श्रेष्ठले मच्छेगाउँमै लिएको एउटा कोठामा छ महिनासम्म ढुङ्गामा छिनो चलाउनुभएको छ । हामीले माटोको डमी बनाएर देवकोटालाई देख्नेचिन्ने दर्जनौँ मानिसलाई भ्रमण गराएर यसको अवलोकन गराई यो आकृति उतार्न उहाँलाई सहयोग गरेका छौँ । यस आकृतिमा देवकोटाको उच्च चेहरा देखिन्छ । मानूँ त्यो उच्च चेहराले देवकोटा कीर्तिपुरमा उभिएर चन्द्रागिरिको अवलोकन गरिरहनुभएको छ । उच्च शिरका साथ नेपाली पढ्ने विद्यार्थी हेरिरहनुभएको छ । उच्च शिरका साथ अङ्‍ग्रेजी साहित्य पढ्ने विद्यार्थी हेरिरहनुभएको छ र अझ देवकोटा त्रिभुवन विश्वविद्यालयमा प्रवेश गर्ने र निस्कने विद्यार्थी, प्राध्यापक सबैलाई हेरिरहनुभएको छ ।

हामी प्रतिमा निर्माणको खर्चका लागि पनि धेरै ठाउँ घुम्यौँ । धेरै जनासँग भेट्यौँ । कसैले आशा देखाउनुभयो । कसैले हाम्रो आशाको घैलामा यथासक्य सहयोग गर्नुभयो । हामीले पाँच हजारमाथि सहयोग गर्ने सबै दाताको नाम प्रतिमाकै स्तम्भमा लेखेका छौँ । रु. १ देखि पाँच, दश, बीस पचास, सय हुँदै चारहजारसम्म चन्दा दिएर सहयोग गर्नुहुने सहयोगी व्यक्तित्वहरूको नाम आज विमोचन हुने स्मारिकामा राखेका छौँ । हामीले यो काम गरिरहँदा गरिएको खर्च पारदर्शी रूपमा प्रस्तुत गरेका छौँ । आज प्रतिमा निर्माणमा सथ दिनुहुने दाताहरूलाई प्रमुख अतिथिका हातबाट सम्मान पनि गर्दैछौँ । यो हाम्रो सौभाग्य हो ।

यो काम विद्यार्थीले भन्दा त्रिभुवन विश्वविद्यालयले नै गर्नुपर्थ्यो । अझ देवकोटाका नाममा हाम्रा लागि तीर्थस्थल हुने खालको विशेष सङ्‍ग्रहालय बनि सक्नुपर्थ्यो । त्यसो भएको छैन । भोलि यहाँहरूको साथ पाए हामीले नै पनि सङ्‍ग्रहालय निर्माणको कदम उठाउन सक्छौँ । यो आवश्यक पनि छ ।

हामीलाई प्रतिमा निर्माणको थालनी गर्दैगर्दा सुरु सुरुमा अनेक अवरोध आए । हामीले विद्यार्थी सङ्गठन, प्राध्यापक सङ्घलगायत सबैसँग संवाद गर्दै, चुनौतिहरू चिर्दै यो सफलता पाएका छौँ । अब हामीमा यो विश्वविद्यालय पढ्दा देवकोटाको स्थापनाकालको त्यागको ऋण हामीले बोकेर जानुपर्ने छैन भन्ने लागेको छ ।

म धेरै नबोलूँ । म यो समितिको सबैभन्दा कनिष्ठ सदस्य हुँ । यहाँ मभन्दा अग्रज पुस्ताका चार दाइहरू हुनुहुन्छ । दोस्रो अग्रज पुस्ताका दुई दाइहरू हुनुहुन्छ र मात्र म छु । यहाँहरूले हाम्रो विवरण आज विमोचन हुने स्मारिकामा हेर्न पाउनुहुनेछ । हामीले स्मारिका सम्पादनमा सल्लाहकार गुरुहरूको पनि सहयोग लिएका छौँ । यो कामको संयोजन हामीले गरेका भए पनि यसमा गुरुहरूको मार्गदर्शन, साथीहरूको साथसहयोग, कलाकारको समर्पणदेखि यहाँसम्म प्रतिमा ल्याइदिनुहुने र स्तम्भमा सुरक्षित ढङ्गले चढाउनुहुने मजदुर दाजुभाइको पनि योगदान छ । यहाँ उपस्थित सबैलाई कार्यक्रम अवधिभर रहेर कार्यक्रमको शोभा बढाइदिनुहुन नम्र निवेदन गर्दै स्वागत गर्दछु । स्वागतम् । धन्यवाद ।

  • Sahitya Sagar
    Sahitya Sagar
Sahitya Sagar
Sahitya Sagar
Post Views: 2,091
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

July 6, 2021

साहित्यको सागर

July 6, 2021

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

July 6, 2021

देवकोटा साहित्यका मननीय अंश

July 6, 2021

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

July 6, 2021

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

July 6, 2021

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.