लक्ष्मीप्रसाद देवकोटा बहुलवादी चेतनाका कवि हुन् । उनका कवितामा अनेक चेतना पाइन्छन् । उनका कविताका केही मननयोग्य अंशलाई यहाँ स्रोत नखुलाईकन प्रस्तुत गरिएको छ । यी अंशले देवकोटाका कृति पढ्ने अभिप्रेरणा जागोस् भन्ने सम्पादकीय उद्देश्य छ ।
-सम्पा.
म जस्तो राम्रो क्वै छैन हेरि ∕
ऐनामा हेर्दा म जस्तो सुन्दर
देखिन्न काहीं संसारमा फेरि
मेरो नै सधैँ बज्दछ भेरी
म उड्दा उड्दा स्वर्गमा पुगी
सिंहासन लिन्छु ईश्वरको हेरी ∕
× × ×
मपाईं नबन ।
सबैका निम्ति जिउ है बिन्ती
नभन्नु विश्व आफ्नो नै निम्ति
अनन्त अघि के मेरो गन्ती
आफूलाई नगन ।
× × ×
हिमालका छन् चा“दीका चुली
बिहान सा“झ सुनझै“ फुली
अभेद्य किल्ला रजतको बली
लहरमा पग्लेका ।
छन् नागबेली खोला र नाला
झलझल स“ग्लेका ।
× × ×
भाइ है फुटे ग“वारले लुटे
ऐक्यमा टुटे दुश्मन छुटे
चिरिए आफू अरू नै जुटे
नाशका सेनाले ।
× × ×
गरीब भन्छौ सुखको मझैँ धनी
मिल्दैन संसारभरी कतै पनि
बिलासको लालसा दास छैन म
मीठो छ मेरो रसिलो परिश्रम ।
× × ×
हे प्यारा शिशु बन्न फेरि म सके बन्ने थिएँ बालक
केटाकेटि भनून् बुझक्कड बुढा मान्दीन केही धक।
यो मीठो रसिलो खुला र हँसिलो यो मग्नमस्ती लिई
छाडी दिन्छु म मोलतोल जगको वात्सल्यलाई लिई ।।
× × ×
इन्द्रिय गोरु शरीर हलोमा
बाँधी बाँधी खनखन खेत ।
बिउ छन् जगमा कर्म हजारौँ
रोप फलाऊ लहलह खेत ।।
× × ×
हाडहरूको सुन्दर खम्बा
मांशपिण्डको दिवार
मस्तिष्कको यो सुनको छानो
मन्दिर आफू अपार ।
× × ×
हातका मैला सुनका थैला के गर्नु धनले
साग र सिस्नु खाएको बेस आनन्दी मनले ।
× × ×
क्षेत्रीको छोरो यो पाउ छुन्छ, घिनले छुँदैन
मानिस ठूलो दिलले हुन्छ, जातले हुँदैन ।
× × ×
‘उद्देश्य के लिनू उडी छुनू चन्द्र एक ।’
× × ×
जाडामा पनि कोयली कुसुमका वास्नाहरू सम्झँदै
फर्केलान् दिन फेरि उत्तर भनी बस्छे अकेली रुँदै ।।
× × ×
न अन्न हामीलाई न वस्त्र हामीलाई, पेट फुट्छ ठूलाको,
ठूलाका कुकुर दूध भात खान्छन्, हामी जौ धुलाको ।
× × ×
को यो फार्ने को यो पार्ने
मानिस मानिसमा अन्तर रु
यो हो चाँदी यो हो कागज–
बाट बनेको धूर्त चुकुल ।।।
जनतन्त्रलाई पुँजी राज्दछ १ पुँजी विभाज्दछ
नेता भैकन पुँजी गाँज्दछ १
हाय सहेको किन यो भूल रु
मिल ए गरिव मिल ए दीन
फ्याँक उखेल चुकुल १
× × ×
रोगी हुन्छ बिहान दुर्बल तथा रुन्चे निकम्वा अब
आँधी हो कि कराउने रु विफल भो विष्फोटको गौरव
काँपी थुर्थुर घाम माग्छ दुनिया आशा टुसैमा मरी
आगो बाल्नु पर्यो घरै घर बसी को खप्छ यो थुर्थुरी ।
× × ×
गिज्याई मर अन्धकार, रातो वा सेतो रापमा
अमरत्वको लेउ चेत स्वर्ग विरुद्ध उठ १
× × ×
आँखा रुन्छन् रुधिर दिलका बाहिरीमा सितारा
लिन्छन् छाती सुन, तिलहरी बन्छ फाँसी हजाराँ
लाई कल्ली रँग रँग चुरी नेल गल्फन्दी सारा
जान्छौं हामी घरतिर सबै जेलमा झैं अँध्यारा ।
× × ×
पानी पिउनसम्म हामीलाई झर्नुपर्ने कोस
धर्तीको यो मालिक्याइँ ठालूबाट खोस †
एक आवाज गर किसान एकै डल्लो बनी
हज्जार गरिव एकातिर अर्कातिर धनी ।
× × ×
शाकपातलाई घामपानी हरियो छ र¨
उज्यालो खै तिमीलाई भाइ रु सुकेका छन् अ¨
पृथिवीका धनी हो रु पैदायस छवि हो
लुट्यो अनि कसले हो रु
इन्साफ यस्तो ढ¨ रु
जाग्दैनौ किन हो
हक आफ्नो लिन हो
गास, बास, कपास निम्ति लड भाइ हो ।।।।
× × ×
विदेशीका सामु झुक स्वदेशीलाई थुक
ठूला चोक्टा देशका हे तिमीहरू नै लुछ ।।।
लुटको यो धनलाई श्राद्ध फुपूको छ
लाली लगाऊ देशको मुटु तिम्रो बटुको छ
ए गिद्ध १ छौ दूरदर्शी मसान हो समाज खँगार १
× × ×
भेडा र बाख्रा सरिका हामी हक आफ्नो देख्दैनौँ
भेंडा त बिक्छ रुपैयाँ पाँचमा, हामी चाहिँ बिक्दैनौँ ।
× × ×
न अन्न हामीलाई न बस्न हामीलाई पेट फुट्छ ठूलाको
ठूलाका कुकुर दूधभात खान्छन् हामी जौ धूलाको….
गरिवको निम्ति आवाज झिक्ने झ्यालखाना कुहिन्छन्
रुखमा फल्छन् गोली पो खान्छन् अथवा मुडिन्छन् …
मर्नु त एकदिन अवश्य पर्छ पशुझैं नजिऊँ
मानिस हौँ भने मानिसझैं जिऊँ मानिसकै हक लिऊँ ।
× × ×
पानी पिउनसम्म हामीलाई झर्नुपर्ने कोस
धर्तीको यो मालिक्याइँ ठालूबाट खोस †
एक आवाज गर किसान एकै डल्लो बनी
हज्जार गरिव एकातिर अर्कातिर धनी ।
× × ×
कठैबरा ! किसान भाइ हो तिम्रो निम्ति प्राणैको शङ्कट छ
चिथरामा भोका र मैला हड्डी खाली पसिना चिट्चिट् छ
शाकपातलाई घामपानी हरियो छ र¨
उज्यालो खै तिमीलाई भाइ ? सुकेका छन् अ¨
पृथिवीका धनी हो ? पैदायस छवि हो
लुट्यो अनि कसले हो ?
इन्साफ यस्तो ढ¨ ?
जाग्दैनौ किन हो
हक आफ्नो लिन हो
गास, बास, कपास निम्ति लड भाइ हो …।
× × ×
विदेशीका सामु झुक स्वदेशीलाई थुक
ठूला चोक्टा देशका हे तिमीहरू नै लुछ …
लुटको यो धनलाई श्राद्ध फुपूको छ
लाली लगाऊ देशको मुटु तिम्रो बटुको छ
ए गिद्ध ! छौ दूरदर्शी मसान हो समाज खँगार !