विपिन अगस्ति (वेदप्रसाद ढुङ्गेल) (२०२७ साल चैत्र २३ गते इलाम जिल्लाको साबिक नयाँबजार गा वि स ३ प्रेमेजुङ, सुपुत्रः खेमप्रसाद र खेमकुमारी ढुङेल) साहित्यिक क्षेत्रमा आफूलाई विपिन अगस्तिका नामले चिनाउँछन् । उनी हाल काठमाडौंँ बसोबास गर्छन् । विद्यार्थी जीवनदेखि नै साहित्यमा रुचि राख्ने उनी शिक्षण पेशाबाट अवकास लिएर हाल नेपाली साहित्यको अध्ययन गरिरहेका र साहित्य सिर्जनामा निरन्तर लागि परेका छन् । उनले छन्द , बहर र स्वतन्त्र गरी एक हजारभन्दा धेरै गजल र दर्जनौँ फुट्कर कविता तथा गीतहरूरचना गरिरहेका छन् । उनका लेखरचनाहरू विभिन्न साहित्यिक तथा अनलाइन पत्रिकामा पनि प्रकाशित छन् । साहित्य सागरको प्रस्तुत अंकमा ढुंगेलको माधव घिमिरेप्रति शीर्षकको गजल समेटिएको छ । यस गजलले घिमिरेको स्मृति गरेको छ । -सम्पा. |
बने फूल निर्धा गुमाएर मालीथियो बोट राम्रो असाध्यै सजेको
यता फूल झर्दा भयो रिक्त डाली
बनी भक्त यौटा तिमी शारदाको
सजायौ धरा आज भाषा उचाली
तिमी पुत्र रत्नै बनेछौ धराको
तिमी काव्यश्रष्टा तिमी भाग्यशाली ।
रूवाएर राष्ट्र निभ्यो दीप यौटा
बनाएर फिक्का गयौ आज लाली
पुकारेर तिम्रो नयाँ कृर्ति नाम
गरें शब्द श्रद्धा सजाएर थाली ।